logo

वडाध्यक्षमा कांग्रेस, एमाले जसपा र लोसपाका उम्मेदवारहरु बिजयी

 इसीमाना सम्वाददता     २०७९ जेठ २ गते ०८: ५५ मा प्रकाशित     588   पटक पढिएको

तस्विर बाँयाबाट नेपाली कांग्रेसका बिजय गैरे, नेकपा एमालेका रामप्रवेश प्रसाद चाई, लोसपाका नितेश मिश्र र जसपाका रियाज अहमद

 

पटेर्वा सुगौली गाउँपालिकाको वडा नं २ मा नेपाली कांग्रेसका बिजय गैरे बिजयी भएका छन । उनले ८ सय १३ मत प्राप्त गरी बिजय हासिल गरेका हुन ।

 

उनका निकटतम प्रतिद्वण्दी नेकपा एमालेका बागी उम्मेदवार महम्मद नवसाद आलमले छ सय ५२ मत प्राप्त गरेका थिए । गैरे निर्वतमान वडाध्यक्ष हुन । उनी गएको निर्वाचनमा ८ सय ५६ मत प्राप्त गरी बिजयी भएका थिए ।


त्यसैगरी पोखरिया नगरपालिकाको वडा नम्बर ३ को वडाअध्यक्षमा नेकपा एमालेका रामप्रवेश प्रसाद चाई निर्वाचित भएका छन् । १ हजार २९ मत पाएर एमालेका चाई वडाअध्यक्षमा निर्वाचित भएका हुन् ।

 

उनका निकटम प्रतिद्वन्दी नेपाली कांग्रेसका अजय कुमारले ६ सय ८ मत ल्याएका छन् । बीरगंज महानगरपालिकाको वडा नं ३२ मा नसपाका रियाज अहमद बिजयी भएका छन ।


वडा नम्बर ३२ मा जसपाबाट उम्मेदवारी दिएका रियाज अहमद मिया १ हजार ९९ मत ल्याइ निर्वाचित भएका हुन् । रियाज निर्वतमान वडाध्यक्ष पनि हुन । उनका निकटतम प्रतिद्वण्दी नेकपा एमालेका बासुदेव यादवले ९ सय ५२ मत प्राप्त गरेका छन ।


कालिकामाई गाउँपालिकाको वडा नं २ को वडाध्यक्षमा सोनालाल चौरसिया बिजयी भएका छन । त्यस्तै ठोरी गाउँपालिकाको वडा नं ३ मा नेकपा एमालेका शम्भु खडका वडाध्यक्षमा बिजयी भएका छन ।

 

उनी संगै उनको प्यानलका अन्य तीन जना सदस्यपनि निर्वाचित भएका छन । पुरुष सदस्यमा नेकपा माओवादी केन्द्रका टीका बहादुर श्रेष्ठ बिजयी भएका छन ।


त्यस्तै पर्सागढी नगरपालिकाको वडा नं ५ मा लोकतान्त्रिक समाजवादी पार्टी नेपाल नितेश मिश्र बिजयी भएका छन् ।


६ सय २३ मत प्राप्त गरेर बिजयी भएका हुन । मिश्रका निकटम प्रतिद्वन्दी नेकपा एमालेका मोहमद मेराजुदिनले ५ सय ४६ मत प्राप्त गरेका छन् ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

मेडिकल ब्यवसायी दुर्गा प्रसाई साधारण तारेखमा रिहा

बीरगंज ।  ‘राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ महाभियानका संयोजक एवं मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई अदालतले हिरासतमुक्त गर्न आदेश दिएको छ ।

बसको ठक्करबाट जलेश्वरमा पैदल यात्री साहको मृत्यु

बर्दिवास । महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरमा आज बिहान यात्रुवाहक बसले ठक्कर दिँदा एक पैदल यात्रीको मृत्यु भएको छ ।

खेलकुद

मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता शुरु ,पूर्वमन्त्री जयसवालले गरे उद्धघाटन

सिमरा । मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता मंगलबारदेखि सिमरामा सुरु भएको छ । राष्ट्रिय स्तरको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुने खेलाडी छनोट गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो ।

नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगितामाअ आज  चात्यासा फुटबल क्लब र विराटनगर भिड्ने

गोलबजार  । सिरहाको गोलबजार नगरपालिकाद्वारा आयोजित नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो दिनको खेलमा सलहेश युवा क्लब, सिरहा विजयी भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.