logo

२१ वर्षिय युवा गुप्ता बने कालीकामाई गाउँपालिकाको अध्यक्ष,धोविनीमा चौहान निर्वाचित

 इसीमाना सम्वाददता     २०७९ जेठ ४ गते ०२: २६ मा प्रकाशित     521   पटक पढिएको

पर्साको कालिकामाई गाउँपालिकाको अध्यक्षमा जनता समाजवादी पार्टी  का २१ वर्षीय वशिष्ट कुमार गुप्ता निर्वाचित भएका छन् । २१ वर्षकै उमेरमा गाउँपालिका अध्यक्ष बनेर गुप्ता सम्भवतः नेपालकै कान्छो जनप्रतिनिधि बनेका छन् ।


निकटम प्रतिद्वन्दी नेपाली कांग्रेसका अजय कुमारलाई १ सय १७ मतले पराजित गर्दै गुप्ता विजयी भएका हुन् । गुप्ताले ३ हजार ७ सय ४३ मत पाउँदा उनका निकटम प्रतिद्वन्द्वी अजयले ३ हजार ६ सय २६ मत पाएका छन् । नेकपा एमालेका राजेश कुमार चौरसियाले १ हजार ३ सय १७ मत पाएका छन् ।


अध्यक्षका लागि १० हजार ९ सय ३२ मत खसेको मध्ये ९ हजार ८ सय ६२ मत सदर हुँदा १ हजार ७० मत बदर भएको निर्वाचन अधिकृत प्रकाश कोइरालाले जानकारी दिए ।


गाउँपालिका उपाध्यक्षमा नेपाली कांग्रेसकी राजमति बरैनी ३ हजार ९ सय ८२ मत पाएर निर्वाचित भएकी छिन् । निकटम प्रतिद्वन्द्वी जसपाकी सहानी खातुनले ३ हजार ८ सय ५९ मत पाएकी छिन् । त्यस्तै नेकपा एमालेकी अंशु देवी तिवारीले १ हजार २ सय ३६ मत पाएकी छिन् ।


गाउँपालिकाको ३ वटा वडामा जसपाले जित्दा नेपाली कांग्रेस र नेकपा एमालेले १र१ वटा वडा जितेका छन् । वडा नम्बर १ को अध्यक्षमा जसपाका लालबाबु राउत बरै १ हजार ४ सय १८ मत पाएर निर्वाचित हुँदा वडा नम्बर २ मा नेकपा एमालेका सोनालाल प्रसाद चौरसिया ५७२, वडा नम्बर ३ मा पनि जसपाका संजय कुमार पटेल ६५०, ४ मा नेपाली कांग्रेसकै संजय कुमार साह ७६९ र ५ मा पनि जसपाकै जयनारायण प्रसाद कुर्मी ९७०९० मत पाएर विजयी भएका छन् ।

 

यसैगरि पर्साको धोविनी गाउँपालिका अध्यक्षमा जसपाका मदन प्रसाद चौहान निर्वाचित भएका छन । उनी २० मतको अन्तरले बिजयी भएका हुन । उनले ३ हजार ९१ मत प्राप्त गरेका थिए । उनका निकटतम प्रतिद्वण्दी नेपाली कांग्रेसका बशिष्ठ नारायण कुर्मीले उनी भन्दा जम्मा २० मत कम अर्थाथ ३ हजार ७१ मत प्राप्त गरेका थिए ।

धोविनीको उपाध्यक्षमा नेपाली कांग्रेसकी मञ्जु देवी निर्वाचित भएकी छिन् । निकटतम प्रतिस्पर्धी जनता समाजवादी पार्टीकी प्रियंकादेवी यादवलाई ५ सय ६६ मतले पराजित गर्दै मञ्जु देवी उपाध्यक्षमा निर्वाचित भएकी हुन् । मञ्जुले ३ हजार १ सय ४३ मत पाउँदा प्रियंकाले २ हजार ५ सय ७७ मत पाएकी निर्वाचन अधिकृत कैलाश दहालले जानकारी दिए ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

भारतको लद्दाखमा राज्यको माग र स्वायत्तताका लागि चर्कियो आन्दोलन,४ को मृत्यु,भाजपा कार्यालयमा आगजनी

लेह ।  लद्दाखमा राज्यको माग र छैठौँ अनुसूचीमा समावेश गर्नुपर्ने आन्दोलन तीव्र बनेको छ।

प्रवासी नेपाली मंच स्लोभाकियाको अध्यक्षमा रुद्र किसन चयन

बेल्जियम । प्रवासी नेपाली मन्च स्लोभाकियाले रुद्र किसनलाई मन्चको अध्यक्ष चुनेको छ । मन्चको प्रथम अनलाइन भेलाले किसनको अध्यक्षतामा नयाँ कार्यसमिति चुनेको हो। भेलाले  ३१ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो।

समाज

पत्रकार कर्णमाथि भएको आक्रमणप्रति महासंघको गम्भीर ध्यानाकर्षण, दोषीमाथि कडा कारबाहीको माग

जनकपुरधाम । नेपाल पत्रकार महासंघ मधेश प्रदेश समितिले पत्रकार राजेश कर्णमाथि भएको शारीरिक आक्रमणप्रति गम्भीर ध्यानाकर्षण जनाउँदै घटनाको तीव्र निन्दा गरेको छ।

मधेश प्रदेश प्रहरी प्रमुख डीआईजी थपलियाको निर्देशन, अपराध नियन्त्रणमा कुनै सम्झौता हुँदैन

वीरगन्ज। मधेश प्रदेश प्रहरी प्रमुख डीआईजी गोविन्द थपलियाले मातहतका प्रहरी अधिकृतहरूलाई संगठनको अनुशासन र अपराध नियन्त्रणमा पूर्ण प्रतिबद्ध रहन कडा निर्देशन दिएका छन्।

खेलकुद

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।

वीरगंज युनाइटेडलाई टाइब्रेकरमा हराउँदै प्रतिभा युवा क्लब फाइनलमा प्रवेश

ठोरी ।स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा जारी चौथो ठोरी गोल्डकप–२०८२ अन्तर्गत हिजो सम्पन्न दोस्रो सेमिफाइनल खेलमा आयोजक प्रतिभा युवा क्लब बिजयबस्तीले वीरगंज युनाइटेडलाई रोमाञ्चक टाइब्रेकरमा पराजित गर्दै फाइनलमा स्थान सुनिश्चित गरेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.