logo

नारायणी अस्पताललाई पूर्ववत संचालन गरौ ,कोभिड अस्पताल गण्डकमा स्थाजना गरौः अध्यक्ष हजरा

      4/28/2020 गते 00 00 मा प्रकाशित     1477   पटक पढिएको

बीरगंज  १६ बैशाख ।

नेपाल कम्युनिष्ट पार्टी पर्साले बीरगंजको नारायणी अस्पताललाई सर्वसाधारणले सबै प्रकारका उपचार पाउने  अस्पतालकै रुपमा संचालन गर्न माँग गरेको छ ।

 

पार्टीका अध्यक्ष प्रभू हजराले मंगलवार जारी गर्नु भएको बिज्ञप्तिमा गण्डक अस्पताललाई कोरोना बिशेष अस्पतालको रुपमा संचालन गरि सर्वसाधारणकालागि नारयाणी अस्पतालको पूर्ववत सेवा संचालन गर्न माँग गर्नु भएको हो । 


उहाँले गण्डक अस्पतालसंग समझौता भइसकेको परिवेशमा नारायणीलाई आम नगरिकको पहुच भएको अस्पतालकै रुपमा चलाउन आवश्यक रहेको पार्टीले जारी बिज्ञप्तिमा उल्लेख छ । 

 


कोरोना भाइरसको संक्रमणको नियन्त्रणकालािग अग्रिम मोर्चामा क्रियाशिल चिकित्सक,स्वास्थ्यकर्मी सुरक्षाकर्मी सफाईकर्मी संचारकर्मी लगायत सबैलाई पार्टीले उच्च सम्मान प्रकट गरेको छ । 

 


बन्दाबन्दीका कारण समस्यामा परेका बिपन्न र अति बिपन्न नागरिकलाई राहत उपलबध गराउन र राहत बितरणमा अनियमितता गर्नेहरुलाई कारवाही गर्न समेत पार्टीले माँग गरेको छ ।

 

दैनीक उपभोग्य बस्तुको  कृत्रिम अभाव सृजना गरेर कालोबजारी गर्नेहरुलाई समेत कारवाही गर्न , किसानले उत्पादन गरेको कृषि उपजको बजार सँम्म जाने वतावरण बनाउन समेत पार्टीले बिज्ञप्ति मार्फत माँग गरेको छ ।

 


अहिले कृषि कर्मको बेला भएकोले किसानलाई मल बिउ सहज रुपमा पाउने ब्यवस्था मिलाउन ,खाद्य उधोग औषधी उधोगहरु  निर्माण उधोगहरुको को सुरक्षीत संचालनको बतावरण र  मिलाउन बिज्ञप्ति मार्फत आग्रह गरिएको छ । 


 बैंक तथा बित्तिय  संस्थाहरुले प्रवाह गरेको ऋणका ब्याज मिनाह गर्न ,बैदेशीक रोजगारीबाट फर्किएका वा फर्किने नेपाली युवाहरुलाई रोजगार सृजना गर्ने तर्फ राज्यको गम्भिर ध्यानाकर्षण गराउदछौ बिज्ञप्तिमा भनिएको  छ । बन्दाबन्दीको बेलामा बन बिनाश बढेको भन्दै काठको अवैध चोरी निकसी रोक्न र त्यस्तो काममा संलग्नहरुलाई कारवाही गर्न समेत पार्टीले माँग गरेका छ । 

 


पार्टीले कोरोना भाइरसको संक्रमणबाट मृत्युवरण गर्नेहरुप्रति श्रद्धाञ्जली अर्पण गरेको छ । उपचाररतहरुको शिघ्रस्वास्थ्य लाभको कामना गरेको छ । पार्टीले पिसीआर मेशिन संचालनको आवश्यक प्रवन्ध मिलाउन समेत माँग गरेको छ ।  

अध्यक्ष हजराले राज्यद्वारा जारी नीति र निर्देशन विश्वस्वास्थ्य संगठनको मपदण्ड र प्रदेश तथा स्थानीय सरकारका निर्णयलाई अझ कडाईका साथ पालना गर्न आम जनमसुदायसंग अनुरोध गर्नु भएको छ ।  
 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

मेडिकल ब्यवसायी दुर्गा प्रसाई साधारण तारेखमा रिहा

बीरगंज ।  ‘राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ महाभियानका संयोजक एवं मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई अदालतले हिरासतमुक्त गर्न आदेश दिएको छ ।

बसको ठक्करबाट जलेश्वरमा पैदल यात्री साहको मृत्यु

बर्दिवास । महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरमा आज बिहान यात्रुवाहक बसले ठक्कर दिँदा एक पैदल यात्रीको मृत्यु भएको छ ।

खेलकुद

मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता शुरु ,पूर्वमन्त्री जयसवालले गरे उद्धघाटन

सिमरा । मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता मंगलबारदेखि सिमरामा सुरु भएको छ । राष्ट्रिय स्तरको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुने खेलाडी छनोट गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो ।

नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगितामाअ आज  चात्यासा फुटबल क्लब र विराटनगर भिड्ने

गोलबजार  । सिरहाको गोलबजार नगरपालिकाद्वारा आयोजित नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो दिनको खेलमा सलहेश युवा क्लब, सिरहा विजयी भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.