logo

पत्रकार महासंघको टोली बीरगंजमा ,पत्रकारहरुका समस्याका बारेमा छलफल

      4/29/2020 गते 00 00 मा प्रकाशित     1376   पटक पढिएको



बीरगंज १७ बैशाख ।


नेपालमा कोरोना भाइरस (कोभिड–१९) बाट बढी प्रभावित पर्सा जिल्लामा  नेपाल पत्रकार महासंघ र प्रेस काउन्सिलको टोलीले स्थानीय पत्रकारसंग अन्तरक्रिया गरेको छ ।   

 

कोरोना भाइरस बाट संक्रमीत हुने संख्या धेरै भएको स्थानमा पर्ने बीरगंजमा जिल्लाका पत्रकारको अवस्था बुझ्न महासंघ महासचिव रमेश बिष्ट र प्रेस काउन्सिलका सदस्य ईश्वरी ओझा बीरगंज आउनु भएको हो।

 

उहाँहरुले बुधवार बिहान नेपाल पत्रकार महासंघ प्रदेश २ का बीरगंजमा उपलक्ध पदाधिकारी बारा र पर्साका पत्रकार महासंघका अध्यक्ष पेशागत संगठनका अध्यक्षरु संग  बीरगंजको अवस्था र  पत्रकारका समस्याका बारेमा छलफल गर्नुभएको थियो ।

 


छलफलमा पत्रकारहरुले रिर्पोटिङ गर्न जादा आवश्यक पर्ने सुरक्षा सामग्री मास्क, ग्लोब्स, सेनिटाइजर, प्रहरीको चेकजाँच कडाई गरेकाले प्रेस ज्याकेटलगातका आधारभुत सामाग्रीहरु अभाव र त्यही अभावमा पनि पत्रकारले आफनो पेशागत दायित्व निर्वाह गरेको पत्रकारहरुले टोलीलाई अवगत गराएका थिए ।

 

पत्रकारहरु अगुवाहरुले नागरिकको सूचना पाउने अधिकारलाई सम्मान गर्दै त्यो अधिकार वहाल गराउन क्रियाहिल संचारजगत प्रति सरकारी दृष्टिकोण अनुदार रहेको भन्दे सरकारको आलोचना गरेका थिए ।


सोही क्रममा नेपाल पत्रकार महासंघ तथा प्रेस काउन्सिलको टोलीले बीरगंजको नारायणी अस्पताललाई १० थान पिपीई पूर्ण सेट र अन्य स्वाास्थ्य समाग्री उपलब्ध गराएको थियो । बीरगंज महानगरपालिकाका प्रमुख बिजय कुमार सरावगीले ति समानहरु अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डा. मदन कुमार उपाध्यायलाई हस्तान्तरण गर्नु भएको थियो । 

 

साथै उक्त टोलीले पत्रकारहरुलाई मास्क र सेनिटाइजर पनि उपलब्ध गराएको थियो ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

मेडिकल ब्यवसायी दुर्गा प्रसाई साधारण तारेखमा रिहा

बीरगंज ।  ‘राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ महाभियानका संयोजक एवं मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई अदालतले हिरासतमुक्त गर्न आदेश दिएको छ ।

बसको ठक्करबाट जलेश्वरमा पैदल यात्री साहको मृत्यु

बर्दिवास । महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरमा आज बिहान यात्रुवाहक बसले ठक्कर दिँदा एक पैदल यात्रीको मृत्यु भएको छ ।

खेलकुद

मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता शुरु ,पूर्वमन्त्री जयसवालले गरे उद्धघाटन

सिमरा । मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता मंगलबारदेखि सिमरामा सुरु भएको छ । राष्ट्रिय स्तरको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुने खेलाडी छनोट गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो ।

नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगितामाअ आज  चात्यासा फुटबल क्लब र विराटनगर भिड्ने

गोलबजार  । सिरहाको गोलबजार नगरपालिकाद्वारा आयोजित नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो दिनको खेलमा सलहेश युवा क्लब, सिरहा विजयी भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.