logo

राष्ट्रीय राजनीतिमा एमाले घेराबन्दीमा ग्राउण्डमा आकर्षण बढदो रौतहटमा लोसपा नेता एमाले प्रवेश

 इसीमाना सम्वाददता     २०७९ सावन २३ गते ०८: १२ मा प्रकाशित     629   पटक पढिएको

राष्ट्रिय राजनीतिमा नेकपा एमाले र त्यसका अध्यक्ष के.पी.शर्मा ओली बिरुद्ध जर्वजस्त घेरावन्दी गदिैछ । नेकपा एमाले कमजोर भएको भए यो घेराबन्दी हुने थिएन ।

 

एमाले र त्यसका अध्यक्ष ओली नपाली राजनीतिको शक्तिशाली मियो भएकोले त्यसलाई भाँच्न सबैदल एक भएका छन । सबैदलको एन्टी ओली मुभमेन्टले आम मानसमा भने ओली प्रतिको आकर्षण भने बढदो छ ।

 

ओलीलाई सबैभन्दा बढी मधेश बिरोधी भनेर चित्रित गरिएको मध्यतराईको रौतहटमा त्यही मधेशकेन्द्रीत दल परित्याग गरि एमाले प्रवेश कार्यक्रमले पनि यही कुरा देखाउछ । सबैभन्द बढी मधेशमा ओली क्रेज बढेको छ ।

 

सोमवार रौतहटमा लोकतान्त्रिक समाजवादी पार्टीका दुईजना केन्द्रीय सदस्य सहित हजारौं मानिसहरु अन्य पार्टी त्यागेर नेकपा एमालेमा प्रवेश गरे ।


नेकपा एमाले मधेस प्रदेश कमिटीका सचिव आरती भण्डारीका अनुसार लोसपाका केन्द्रीय सदस्य एवं गौर नगरपालिकाका पूर्व मेयर अजय गुप्ता,अर्का केन्द्रीय सदस्य एवं संविधानसभा सदस्य चन्दन साहलाई अध्यक्ष केपी शर्मा ओलीले टिका लगाएर भब्यकार्यक्रमकावीच पार्टीमा प्रवेश गराएका हुन ।


त्यसैगरी नेपाली काँग्रेसका जिल्ला सचिव राजेश चौधरी र गढीमाइ नगरपालिकाकी पूर्व उपमेयर सुभद्रा गुप्ता पनि एमालेमा प्रवेश गरेका छन ।

 

नव प्रवेशीलाई अध्यक्ष ओली तथा एमाले नेता प्रभु साहले स्वागत गरेका थिए । नेकपा एसका अध्यक्ष माधव नेपालको क्षेत्रमा पुगेर ओलीले विभिन्न दलका प्रभावशाली नेतालाई एमालेमा प्रवेश गराएका हुन् । नेपाल सोही क्षेत्रबाट चुनाव लड्ने तयारीमा छन् ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

मेडिकल ब्यवसायी दुर्गा प्रसाई साधारण तारेखमा रिहा

बीरगंज ।  ‘राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ महाभियानका संयोजक एवं मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई अदालतले हिरासतमुक्त गर्न आदेश दिएको छ ।

बसको ठक्करबाट जलेश्वरमा पैदल यात्री साहको मृत्यु

बर्दिवास । महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरमा आज बिहान यात्रुवाहक बसले ठक्कर दिँदा एक पैदल यात्रीको मृत्यु भएको छ ।

खेलकुद

मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता शुरु ,पूर्वमन्त्री जयसवालले गरे उद्धघाटन

सिमरा । मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता मंगलबारदेखि सिमरामा सुरु भएको छ । राष्ट्रिय स्तरको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुने खेलाडी छनोट गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो ।

नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगितामाअ आज  चात्यासा फुटबल क्लब र विराटनगर भिड्ने

गोलबजार  । सिरहाको गोलबजार नगरपालिकाद्वारा आयोजित नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो दिनको खेलमा सलहेश युवा क्लब, सिरहा विजयी भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.