logo

नारायणी अस्पताललाई पूर्वत संचालन गर्न सर्वदलीय माँग, स्वास्थ्यमंत्रीलाई बुझाइयो ज्ञापन

      5/3/2020 गते 00 00 मा प्रकाशित     1203   पटक पढिएको

बीरगंज २१ बैशाख । 

पर्सामा क्रियशिल राजनीतिक दलले बीरगंजमा छुट्टै कोभिड अस्पताल बनाउन माँग गर्दै पर्साका प्रमुख जिल्ला अधिकारी मार्फत  स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकाललाई  ज्ञापनपत्र बुझाएका छन् ।

 

बीरगंज महानगरपालिकाका प्रमुख बिजय सरावगीले आव्हान गरेको सर्वदलीय बैठकले कोभिड अस्पताल निर्माणमा  एकिकृत पहलकदमी आवश्यक ठानेर उहाँकै अगुवाईमा  नारायणी अस्पतालमा पूर्ववत सेवा संचालनको माँग गरेका हुन ।

ज्ञापन पत्रमा मध्य तराईका सर्व साधारणले उपचार पाउने नारायणी उपक्षेत्रीय अस्पताललाई कोभिड बिशेष अस्पताल बनाउदा नागरिक, स्वास्थ्य सेवा पाउने आधारभूत अधिकारबाट बन्चित भएको भन्दै दलहरुले नारायणी अस्पताललाई पूर्ववत संचालनकालागि माँग गरेका हुन ।

 

नारायणी अस्पतालमा गरिव दुःखी नागरिकको निशुल्क उपचारको ब्यवस्था थियो । अन्य सेवाहरु पनि सस्तो र सुलभ थियो त्यही सेवा नारायणी बाहेक अन्यत्र लिनु पर्दा नागरिकले आर्थिक भार बहन गर्न नसक्ने अवस्था प्रति ज्ञापन पत्र मार्फत सरकारको ध्यानाकर्षण गराइएको छ   । 

 

 ज्ञापनपत्रमा कोभिड–१९ महामारीको कारण मध्य तराई सबैभन्दा बढी प्रभावित रहेको र सरकारको समन्वयात्मक व्यवहार नदेखिएको भन्दै आक्रोश समेत ब्यक्त गरिएको छ ।  

 

सर्वसाधारण जनतालाई स्वास्थ्य सेवा दिंदै आएको नारायणी अस्पताललाई कोभिड अस्पतालमा रुपान्तरण गरेपछि सर्वसाधारण नागरिकले समयमा उपचार नपाएका कारण अकालमै मृत्युवरण गर्नुपर्ने अवस्था उत्पन्न भएकोले गर्दा अन्यत्र कोभिड अस्पताल सञ्चालन गर्नको निम्ति माननीय स्वास्थ्यमन्त्रीको ध्यानाकर्षण गराउदछौ ज्ञापन पत्रमा भनिएको छ ।

 

सर्बदलीय प्रतिनिधि मण्डलको तर्फबाट महानगर प्रमुख बिजय कुमार सरावगीले पर्साका प्रमुख जिल्ला अधिकारी बिष्णु प्रसाद कार्कीलाई ज्ञापन पत्र बुझाउनु भएको थियो ।  

 

ज्ञापन पत्रमा  नेकपा पर्साका अध्यक्ष प्रभु हजरा, नेपाली कांग्रेस पर्साका सभापति अजयकुमार द्विवेदी, जसपाका अध्यक्ष रामनरेश प्रसाद यादव, जसपाका अध्यक्ष जगदिश पटेल, नगरप्रमुख बिजयकुमार सरावगीको संयुक्त हस्ताक्षर  रहेको छ ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

भारतको लद्दाखमा राज्यको माग र स्वायत्तताका लागि चर्कियो आन्दोलन,४ को मृत्यु,भाजपा कार्यालयमा आगजनी

लेह ।  लद्दाखमा राज्यको माग र छैठौँ अनुसूचीमा समावेश गर्नुपर्ने आन्दोलन तीव्र बनेको छ।

प्रवासी नेपाली मंच स्लोभाकियाको अध्यक्षमा रुद्र किसन चयन

बेल्जियम । प्रवासी नेपाली मन्च स्लोभाकियाले रुद्र किसनलाई मन्चको अध्यक्ष चुनेको छ । मन्चको प्रथम अनलाइन भेलाले किसनको अध्यक्षतामा नयाँ कार्यसमिति चुनेको हो। भेलाले  ३१ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो।

समाज

पत्रकार कर्णमाथि भएको आक्रमणप्रति महासंघको गम्भीर ध्यानाकर्षण, दोषीमाथि कडा कारबाहीको माग

जनकपुरधाम । नेपाल पत्रकार महासंघ मधेश प्रदेश समितिले पत्रकार राजेश कर्णमाथि भएको शारीरिक आक्रमणप्रति गम्भीर ध्यानाकर्षण जनाउँदै घटनाको तीव्र निन्दा गरेको छ।

मधेश प्रदेश प्रहरी प्रमुख डीआईजी थपलियाको निर्देशन, अपराध नियन्त्रणमा कुनै सम्झौता हुँदैन

वीरगन्ज। मधेश प्रदेश प्रहरी प्रमुख डीआईजी गोविन्द थपलियाले मातहतका प्रहरी अधिकृतहरूलाई संगठनको अनुशासन र अपराध नियन्त्रणमा पूर्ण प्रतिबद्ध रहन कडा निर्देशन दिएका छन्।

खेलकुद

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।

वीरगंज युनाइटेडलाई टाइब्रेकरमा हराउँदै प्रतिभा युवा क्लब फाइनलमा प्रवेश

ठोरी ।स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा जारी चौथो ठोरी गोल्डकप–२०८२ अन्तर्गत हिजो सम्पन्न दोस्रो सेमिफाइनल खेलमा आयोजक प्रतिभा युवा क्लब बिजयबस्तीले वीरगंज युनाइटेडलाई रोमाञ्चक टाइब्रेकरमा पराजित गर्दै फाइनलमा स्थान सुनिश्चित गरेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.