logo

नारायणी अस्पताललाई पूर्वत संचालन गर्न सर्वदलीय माँग, स्वास्थ्यमंत्रीलाई बुझाइयो ज्ञापन

      5/3/2020 गते 00 00 मा प्रकाशित     1309   पटक पढिएको

बीरगंज २१ बैशाख । 

पर्सामा क्रियशिल राजनीतिक दलले बीरगंजमा छुट्टै कोभिड अस्पताल बनाउन माँग गर्दै पर्साका प्रमुख जिल्ला अधिकारी मार्फत  स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकाललाई  ज्ञापनपत्र बुझाएका छन् ।

 

बीरगंज महानगरपालिकाका प्रमुख बिजय सरावगीले आव्हान गरेको सर्वदलीय बैठकले कोभिड अस्पताल निर्माणमा  एकिकृत पहलकदमी आवश्यक ठानेर उहाँकै अगुवाईमा  नारायणी अस्पतालमा पूर्ववत सेवा संचालनको माँग गरेका हुन ।

ज्ञापन पत्रमा मध्य तराईका सर्व साधारणले उपचार पाउने नारायणी उपक्षेत्रीय अस्पताललाई कोभिड बिशेष अस्पताल बनाउदा नागरिक, स्वास्थ्य सेवा पाउने आधारभूत अधिकारबाट बन्चित भएको भन्दै दलहरुले नारायणी अस्पताललाई पूर्ववत संचालनकालागि माँग गरेका हुन ।

 

नारायणी अस्पतालमा गरिव दुःखी नागरिकको निशुल्क उपचारको ब्यवस्था थियो । अन्य सेवाहरु पनि सस्तो र सुलभ थियो त्यही सेवा नारायणी बाहेक अन्यत्र लिनु पर्दा नागरिकले आर्थिक भार बहन गर्न नसक्ने अवस्था प्रति ज्ञापन पत्र मार्फत सरकारको ध्यानाकर्षण गराइएको छ   । 

 

 ज्ञापनपत्रमा कोभिड–१९ महामारीको कारण मध्य तराई सबैभन्दा बढी प्रभावित रहेको र सरकारको समन्वयात्मक व्यवहार नदेखिएको भन्दै आक्रोश समेत ब्यक्त गरिएको छ ।  

 

सर्वसाधारण जनतालाई स्वास्थ्य सेवा दिंदै आएको नारायणी अस्पताललाई कोभिड अस्पतालमा रुपान्तरण गरेपछि सर्वसाधारण नागरिकले समयमा उपचार नपाएका कारण अकालमै मृत्युवरण गर्नुपर्ने अवस्था उत्पन्न भएकोले गर्दा अन्यत्र कोभिड अस्पताल सञ्चालन गर्नको निम्ति माननीय स्वास्थ्यमन्त्रीको ध्यानाकर्षण गराउदछौ ज्ञापन पत्रमा भनिएको छ ।

 

सर्बदलीय प्रतिनिधि मण्डलको तर्फबाट महानगर प्रमुख बिजय कुमार सरावगीले पर्साका प्रमुख जिल्ला अधिकारी बिष्णु प्रसाद कार्कीलाई ज्ञापन पत्र बुझाउनु भएको थियो ।  

 

ज्ञापन पत्रमा  नेकपा पर्साका अध्यक्ष प्रभु हजरा, नेपाली कांग्रेस पर्साका सभापति अजयकुमार द्विवेदी, जसपाका अध्यक्ष रामनरेश प्रसाद यादव, जसपाका अध्यक्ष जगदिश पटेल, नगरप्रमुख बिजयकुमार सरावगीको संयुक्त हस्ताक्षर  रहेको छ ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

मेडिकल ब्यवसायी दुर्गा प्रसाई साधारण तारेखमा रिहा

बीरगंज ।  ‘राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ महाभियानका संयोजक एवं मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई अदालतले हिरासतमुक्त गर्न आदेश दिएको छ ।

बसको ठक्करबाट जलेश्वरमा पैदल यात्री साहको मृत्यु

बर्दिवास । महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरमा आज बिहान यात्रुवाहक बसले ठक्कर दिँदा एक पैदल यात्रीको मृत्यु भएको छ ।

खेलकुद

मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता शुरु ,पूर्वमन्त्री जयसवालले गरे उद्धघाटन

सिमरा । मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता मंगलबारदेखि सिमरामा सुरु भएको छ । राष्ट्रिय स्तरको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुने खेलाडी छनोट गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो ।

नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगितामाअ आज  चात्यासा फुटबल क्लब र विराटनगर भिड्ने

गोलबजार  । सिरहाको गोलबजार नगरपालिकाद्वारा आयोजित नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो दिनको खेलमा सलहेश युवा क्लब, सिरहा विजयी भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.