logo

पर्सा ३ मा गुप्ताको नामसर्वसम्मत सिफारिश, एमाले भित्र उत्सव उत्साह र आन्दोलनको संचार

 इसीमाना सम्वाददाता     २०७९ भदौ १६ गते ०९: १५ मा प्रकाशित     659   पटक पढिएको

नेकपा एमाले पर्सा क्षेत्र नम्बर ३ को क्षेत्रीय समन्वय कमिटीले प्रतिनिधि सभा निर्वाचनकालागि संविधान सभाका सदस्य पार्टीका केन्द्रीय सदस्य राजकुमार गुप्ताको एकल नाम सर्वसम्मत रुपमा शिफारिश गरेको छ ।

 


पार्टीका अध्यक्ष राजेश रौनीयारको अध्यक्षतामा भएको बैठकले गुप्ताको नाम सर्वसम्मत रुपमा सिफारिश गरेको हो ।
७० को संविधान सभामा निर्वाचित गुप्ता पार्टीकाममा खटने नेताको रुपमा स्थापित छन ।

 

अघिल्ला निर्वाचनमा जसपाका हरिनारायण रौनियार बिजयी भएका थिए । तर निर्माण ब्यवसायी रौनीयार बांकेको जब्दी पुल निर्माणमा भ्रष्टचार गरेको ठहर गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बिशेष अदालतमा मुद्धा दायर गरेपछि निलम्वित भएका छन ।

 

उनको निलम्वनसंगै संघीय संसदमा प्रतिनिधि विहिन भएका पर्सा क्षेत्र नं ३ का जनतामा एमाले नेता गुप्ताको लोकप्रियता बढ्दो क्रममा छ ।


गुप्ताको उम्मेदवारीलाई पर्सा ३ को एमालेपंक्तिले उत्सव उत्साह र आन्दोलनको रुपमा लिएको छ । पटेर्वा सुगौली गाउँपालिकाका निर्वतमान अध्यक्ष हरिनारायण रौनीयारले गुप्ताको नाममा

सर्वसम्मत सिफारिश हुनुले पार्टीमा उत्साह संचार भएको र चुनाव जित्ने आन्दोलनको ज्वारभाटा सृजना भएको बताए ।
सखुवा प्रसौनी गाउँपालिकाका अध्यक्ष यशवन्त यादवले चुनाव जितिसकिएको त्यसको औपचारिकताकालागि मंसीर ४ को प्रतिक्षा रहेको बताए ।

उनले गठबन्धन दलहरुमा एमालेमा जस्तो उत्साह पनि छैन जोश र जाँगर पनि देखिदैन एमालेको पंक्ति निकै गतिशिल छ । एजेण्डा गतिशिलता र के.पी.ओलीलाई प्रधानमंत्री बनाउनकालागि एमालेपंक्ति जुरुक्क उठेको यादवको बुझाई छ ।


क्षेत्री बैठकमा पार्टीका नेता प्रहलाद गिरी, नेकपा एमाले पर्साका इन्चार्ज प्रभू हजरा, जिल्ला अध्यक्ष जयप्काश थारु पोखरिया नगरपालिकाका प्रमुख प्रदुम्न चौहान लगायतका नेताले चुनावी संग्रामको बिषयमा प्रकाश पारेका थिए ।


बैठकले पुरन यादव, सुरेश पासवान, तेतरी देवी, सुरेन्द्र पासवान ,शिव आझैया लगायतका नेताहरुको नाम समानुपातिक सासदकालागि सिफारिश गरेको छ ।

 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

समाज

सशस्त्र प्रहरी पर्सा द्वारा संचालीत विपद् स्वयंसेवक परिचालन विस्तारित  तालिम समापन

वीरगंज । सशस्त्र प्रहरी बल नेपाल १३ नम्बर हेडक्वार्टरले संचालन गरेको “विपद् स्वयंसेवक परिचालन विस्तारित तालिम ” समापन भएको छ ।

आचार संहिता पालना नगरे नागरिकमा पत्रकारिता प्रतिको विश्वास घट्ने वक्ताहरुको चेतावनी

वीरगन्ज । पत्रकारिता क्षेत्रमा कार्यरत सञ्चारकर्मीहरूले आचारसंहिताको पालना नगरेसम्म पत्रकारिताले आर्जन गरेको विश्वास र साख गुम्ने जोखिम बढ्दै गएको बताएका छन् ।

खेलकुद

वीरगञ्ज प्रिमियर लिगको तेस्रो संस्करणको ट्रफि सार्वजनिक

वीरगन्ज । वीरगञ्जमा ‘टिम आदर्शनगर’ को आयोजनामा हुने वीरगञ्ज प्रिमियर लिगको तेस्रो संस्करण (बीपीएल–३) ट्रफी सार्वजनिक गरिएको छ ।

प्रधानमन्त्री कप क्रिकेटः सुदूरपश्चिम प्रदेशलाई हराउदै मधेस प्रदेश पाँच विकेटले विजयी

वीरगञ्ज । प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत आजको खेलमा मधेस प्रदेश पाँच विकेटले विजयी भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.