logo

पर्सामा शान्तिपूर्ण रुपमा उम्मेदवारी मनोनयन सम्पन्न , दलीय अनुशासन भंग ,बागीको भरमार

 इसीमाना सम्वाददाता     २०७९ असोज २३ गते ०८: १५ मा प्रकाशित     569   पटक पढिएको

संविधान सभाका सदस्य तथा नेकपा एमालेका केन्द्रीय सदस्य राजकुमार गुप्ताले संघीय सांसद पदमा पर्सा जिल्ला निर्बाचन क्षेत्र नम्बर ३ बाट उम्मेदवारी दर्ता गराएका छन् ।

 

उनी जसपा र एमालेका साझा उम्मेदवार हुन । सो क्षेत्रमा एमाले जसपाका गठबन्धनका तर्फबाट क्षेत्र नम्बर ३ कै “क” र “ख” मा मञ्जुर अन्सारी र डाक्टर मधु गुप्ताले प्रदेश सदस्यको उम्मेदवार दर्ता गराएका छन् । यसैगरी पर्सा १ बाट नेपाली कांग्रेससँग बिद्रोह गरि स्वतन्त्र उम्मेदवारको रुपमा अजय दिबेदीले संघीय संसद पदको उम्मेदवारी दर्ता गराएका छन् ।

 

उनी नेपाली कांग्रेस पर्साका पूर्व सभापति हुन । बिद्यार्थी राजनीतिबाट आएका द्विवेदी शालिन तथा बैचारिक नेताका रुपमा स्थापित छन ।

 

उनको पार्टी र लोसपाको गठबन्धनमा सो क्षेत्रमा लोसपाका नेता लक्ष्मणलाल कर्णले उम्मेदवारी दर्ता गराएका छन भने एमालेको तर्फबाट प्रदेश सभाको “क” मा प्रदेशसभा सदस्यमा बिचारी यादवले र “ख” मा मधेश प्रदेशका मुख्यमंत्री लालबाबु राउतको उम्मेदवारी दर्ता भएको छ ।

 

पाँच दलीय गठबन्धनको तर्फबाट प्रदेशको “क ” मा नेकपा माओवादी केन्द्रका रहबर अन्सारी, र प्रदेश “ख” बाट नेपाली कांग्रेसका पासृ जिल्ला उपसभापति रामनारायण कुर्मीको उम्मेदवारी परेको छ । त्यसैगरि निर्वाचन क्षेत्र नं २ को “क” मा जसपाका निर्वतमान प्रदेश सभा सदस्य जन्नत अन्सारी नेपाली कांग्रेसबाट बिद्रोह गरि युवा नेता सुधिर पटेल,े स्वतन्त्र रुपमा उम्मेदवारी दर्ता गरेका छन । यसै गरि पार्सको निर्वाचन क्षेत्र नं १ को “ख” मा लोसपा बाट त्रिद्रोह गरि ओम प्रकाश सर्राफले प्रदेश सभास सदस्य पदकालागि उम्मेदवारी दिएका छन ।

 

सर्राफ लोसपाको वीरगंज महानगर अध्यक्ष हुन । लोसपाका अर्का नेता शशीकपुर मियाँले पनि स्वतन्त्र रुपमा उम्मेदवारी दिएका छन । पर्सा निर्वाचन क्षेत्र नं २ को “ख” मा जसपा बाट बिद्रोह गरि युवा नेता मुकेश द्विवेदी, रुपेशमान श्रेष्ठ नेकपा एमालेबाट बिद्रोह गरि सन्तोष श्रेष्ठ लगायतले उम्मेदवारी दर्ता गराएका छन् ।

 

यसैगरी क्षेत्र नम्बर २ मा एमाले जसपा गठबन्धन बाट जसपाका सुरेन्द्र कुर्मी, नेपाली कांग्रेसका अजय चौरसियाले संघीय सांसद पदमा उम्मेदवारी दर्ता गराएका छन । सोही क्षेत्रको प्रदेश सभा “क” मा जसपाका रामनरेश यादव, नेपाली कांग्रेसका श्याम पटेल, प्रदेश सभा “ख” मा लोसपाका तर्फबाट निर्वतमान प्रदेश सभा सदस्य रमेश पटेल, एमालेका हरेराम पटेल, जसपा बाट बिद्रोह गरेकी निर्वतमान प्रदेश सभा सदस्य करिमा बेगम लगायतले उम्मेदवारी दर्ता गराएका छन् ।

 

यसैगरी पर्साको क्षेत्र नं ३ मा पाँच दलीय गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका सुरेन्द्र चौधरीले संघीय संसदका पदमा उम्मेदवारी दर्ता गराएका छन् प्रदेश सभाको “ख”मा नेपाली काँग्रेस पर्साका सभापति जर्नादन सिंह क्षेत्री, नेकपा स्माजवदाीको तर्फबाट निर्वतमानप्रदेश सभा सदस्य प्रहलाद गिरीको उम्मेदवारी परेको छ । पदेश सभा “क ”को लागि नेकपा माओवादीका बालेश्वर गौरोले उम्मेदवारी दर्ता गराएका छन् ।

 

४ मा एमालेका जालिम मियाँ, नेपाली कांग्रेसका रमेश रिजालले संघीय संसदमा उम्मेदवारी दर्ता गराएका छन् भने एमालेका पर्सा अध्यक्ष प्रदेश सभाको “क” मा जयप्रकाश थारु, गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका निर्वतमान सदस्य शंकर चौधरी ,प्रदेश सभा “ख” मा एमाले जसपाको गठबन्धनका तर्फबाट जसपाका सिघासन कलवारले प्रदेश सदस्य पदमा उम्मेदवारी दर्ता गराएका छन् ।

 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

मेडिकल ब्यवसायी दुर्गा प्रसाई साधारण तारेखमा रिहा

बीरगंज ।  ‘राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ महाभियानका संयोजक एवं मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई अदालतले हिरासतमुक्त गर्न आदेश दिएको छ ।

बसको ठक्करबाट जलेश्वरमा पैदल यात्री साहको मृत्यु

बर्दिवास । महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरमा आज बिहान यात्रुवाहक बसले ठक्कर दिँदा एक पैदल यात्रीको मृत्यु भएको छ ।

खेलकुद

मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता शुरु ,पूर्वमन्त्री जयसवालले गरे उद्धघाटन

सिमरा । मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता मंगलबारदेखि सिमरामा सुरु भएको छ । राष्ट्रिय स्तरको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुने खेलाडी छनोट गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो ।

नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगितामाअ आज  चात्यासा फुटबल क्लब र विराटनगर भिड्ने

गोलबजार  । सिरहाको गोलबजार नगरपालिकाद्वारा आयोजित नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो दिनको खेलमा सलहेश युवा क्लब, सिरहा विजयी भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.