logo

एमाले जसपा गठबन्धनमा समस्या, एमालेमाथि कुठाराघात भए सहन गरिदैनः नेता गुप्ता

 इसीमाना सम्वाददाता     २०७९ असोज २९ गते ०६: ३१ मा प्रकाशित     594   पटक पढिएको

नेकपा एमालेका केन्द्रीय सदस्य एवं पर्सा क्षेत्र नं ३ का प्रतिनिधि सभा सदस्यका उम्मेदवार राजकुमार गुप्ताले नेकपा एमाले जसपा गठबन्धन प्रति गम्भिर आशंका ब्यक्त गरेका छन ।

 

प्रेस चौतारी नेपाल पर्सा शाखाले एमाले उम्मेदवारहरुसंग आयोजना गरेको अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै गुप्ताले यस्तो आशंका ब्यक्त गरेका हुन ।


निर्वाचन प्रचारको क्रममा आक्रमक शैलीमा अगाडि बढेका गुप्ताले आफनो क्षेत्रको पकाह मैनपुरमा घरदैलो कार्यक्रम सकेका छन ।

उनको कार्यक्रममा जसपाका उम्मेदवार बाहेक नेतृत्व पंक्तिको सहभागिता नभएपछि उनले गठबन्धनको औचित्य माथि प्रश्न गर्दै आशंका ब्यक्तगरेका हुन ।

उनले आफनो क्षेत्रमा कतै गठबन्धन नदेखिएको बताए । प्रचार अभियानमा जसपाको सहभागिता नभएपछि स्वाभाविक रुपमा गठबन्धनको बिषमा प्रश्न उठेको छ ।

एमाले नेता गुप्ताले एमाले अरुको मतदाता बन्ने तर अरुको मत एमालेलाई नआउने हो भने यो परिपाटी पाच्य नहुने चेतावनी दिए ।


उनले पार्टी नेतृत्वलाई आग्रह गरे कमरेडहरु जसपाको नेतृत्वसंग बस्नुहोस स्वतन्त्र उम्मेदवारी निष्क्रिय बनाएर गठबन्धनको धर्म निर्वाह गर्ने वतावरण बनाउनुहोस अन्यथा एमालेमाथि कुठाराघात हुने अवस्था आए त्यो एमालेले सहेर नबस्ने बताए ।


नेता राजकुमार गुप्ताले भने जस्तै पर्साका अन्य क्षेत्रमा पनि गठबन्धनमा गम्भिर समस्या छ । गठबन्धन पार्टीले एकले अर्कोलाई बिश्वास नगरेको देखिन्छ ।


जसपाका निर्वतमान प्रदेश सभा सदस्यहरु , केन्द्रीय सदस्यका परिवारका सदस्यहरुको स्वतन्त्र उम्मेदवारीका कारण पनि बिश्वासको वतावरण बन्न नसकेको नेकपा एमाले वीरगंज महानगर कमिटीका सचिव सुन्दर कुर्मीको टिप्पणी छ ।


निर्वाचन परिचालनकालागि दुबै पार्टीका नेताहरुको सहभागितामा निर्वाचन परिचालन कमिटी बनेको छ । संयुक्त कार्यक्रमको निर्माण भएको छैन ।

तर आ आफ्ना गतिविधिहरुको संचालनले पनि समस्या उत्पन्न भएको एमालेका उक नेताले बताए ।
प्रेस चौतारी नेपाल पर्साले राखेको कार्यक्रममा नेताहरुले गठबन्धन प्रति बिभिन्न कोणबाट प्रश्न उठाएका थिए ।

एमाले पर्साका इन्चार्ज प्रभू हजराले गठबन्धको बिषयमा देखिएको असमझदारी र अबिश्वासको वतावरण अन्त्य गरिने बताए । उनले गठबन्धनको धर्म पालनाको बिकल्प नभएको बताए ।


प्रेस चौतारी नेपाल पर्सा शाखाका अध्यक्ष श्याम बन्जाराको अध्यक्षतामा भएको कार्यक्रममा पर्सा क्षेत्र नं ४ का संघीय सासदका उम्मेदवार जालीम मिया, पर्सा क्षेत्र नं ३ को “क” का प्रदेश सभाका उम्मेदवार मन्जुर अन्सारी, पर्सा क्षेत्र नं २ को “ख” का उम्म्ेदवार हरेराम कुर्मी पर्सा क्षेत्र नं १ को “क” का बिचारी यादव लगायतका उम्मेदवारले आफनो भनाई राखेका थिए ।
संगठनका जिल्ला सचिव राजेन्द्र सिंहले संचालन ग।रेको कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य के.सी.लामिछाने प्रेस चौतारी नेपालका सचिव कमल उपाध्याय, केन्द्रीय सदस्य अच्यूत पौडेल शत्रुघ्न नेपालले पत्रकारहरुको समस्याहरुको बारेमा प्रकाश पारेका थिए ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

समाज

सशस्त्र प्रहरी पर्सा द्वारा संचालीत विपद् स्वयंसेवक परिचालन विस्तारित  तालिम समापन

वीरगंज । सशस्त्र प्रहरी बल नेपाल १३ नम्बर हेडक्वार्टरले संचालन गरेको “विपद् स्वयंसेवक परिचालन विस्तारित तालिम ” समापन भएको छ ।

आचार संहिता पालना नगरे नागरिकमा पत्रकारिता प्रतिको विश्वास घट्ने वक्ताहरुको चेतावनी

वीरगन्ज । पत्रकारिता क्षेत्रमा कार्यरत सञ्चारकर्मीहरूले आचारसंहिताको पालना नगरेसम्म पत्रकारिताले आर्जन गरेको विश्वास र साख गुम्ने जोखिम बढ्दै गएको बताएका छन् ।

खेलकुद

वीरगञ्ज प्रिमियर लिगको तेस्रो संस्करणको ट्रफि सार्वजनिक

वीरगन्ज । वीरगञ्जमा ‘टिम आदर्शनगर’ को आयोजनामा हुने वीरगञ्ज प्रिमियर लिगको तेस्रो संस्करण (बीपीएल–३) ट्रफी सार्वजनिक गरिएको छ ।

प्रधानमन्त्री कप क्रिकेटः सुदूरपश्चिम प्रदेशलाई हराउदै मधेस प्रदेश पाँच विकेटले विजयी

वीरगञ्ज । प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत आजको खेलमा मधेस प्रदेश पाँच विकेटले विजयी भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.