logo

पूर्वमंत्री यादवको पक्षमा भोट माग्दै शिक्षीकाहरु, निर्वाचन आचार संहिताको उल्लंघन,निर्वाचन आयोग बेखवर

 इसीमाना सम्वाददाता     २०७९ कार्तिक १९ गते ०३: ३६ मा प्रकाशित     813   पटक पढिएको

निर्वाचन आयोगले जारी गरेको आचारसंहिता उल्लंघन गर्दै पर्सामा दर्जनौ कर्मचारीहरु चुनावी प्रचार प्रसारमा लागेका छन् ।

पर्साको क्षेत्र नं १ मा पूर्व मन्त्री एवम् पर्सा क्षेत्र नम्बर १ का जनता समाजावादी पार्टीका उम्मेदवार प्रदीप यादवकी जेठी श्रीमती पिन्कि यादवले समेत आचारसंहिता उल्लंघन गरेको पाइएको छ ।

 

उनी वीरगञ्ज महानगरपालिका अन्तर्गत श्रीनेरा प्राथमिक विद्यायल मनियारीमा राहत शिक्षिका हुन । उनले आफ्ना श्रीमानका लागि केही शिक्षिकाहरुको टोलीसहित मत मागी रहेको देखिएको छ ।

 

पिन्कि यादव शिक्षीका भएको कुरा जिल्ला निर्वाचन कार्यालयले भने पत्तो पाएको छैन । निर्वाचन कार्यालय पर्साकी प्रमुख रंजिता झाले पिंकी यादव शिक्षीका भएको आफूलाई जानकारी नभएको बताइन ।

 

त्यसै गरि यादवलाई जिताउनकालागि वीरगंज महानगरपालिकाका मेयर राजेशमान सिंहको श्रीमती अन्नपूर्ण मान्नधर पनि यादवको टोलीमा भोट माग्न सहभागि छिन । उनी पनि शिक्षीका हुन ।


निर्वाचन आचार संहित २०७९ को े परिच्छेद ३ को दफा १० को प्रवन्धको प्रतिकूल हुने गरि यादव चुनाव प्रचारमा संलग्न भएकी छिन ।

दफा १० मा बिद्यालय , महाविद्यालय बिश्वबिद्यालयमा कार्यरत कर्मचारी अध्यापक शिक्षकले पालना गर्नु पर्ने बिषयको प्रवन्ध गरिएको छ । दफा १० को “क” मा कुनै पनि राजनीतिक दलको उम्मेदवारको पक्षमा गरिने प्रचार प्रसार गर्न नहुने उल्लेख छ ।

श्रीनेरा प्राथमिक विद्यालय मनियारीका प्रधानाध्यापक गम्भीरा यादवले उक्त विद्यालयमा पिन्कि यादव राहत दरबन्दी तर्फको शिक्षिका रहेको जानकारी दिए ।

 

 निर्वाचन आयोगले आचार संहिता मार्फत सरकारी कर्मचारीलाई निर्वाचन प्रचारमा संलग्न हुन बाट रोक लगाएपनि वीरगंजमा शिक्षकहरुनै चुनाव प्रचारमा सहभागि भएका छन ।

निर्वाचनको प्रचारको काम उत्कर्षमा पुगेका बेला निर्वाचन आयोगले तयार पारेको निर्वाचन आचार संहिताको उल्लघंन पनि बढेको छ । निर्वाचन नजिकिदै गर्दा उम्मेदवारका घरदैलो कार्यक्रम पनि फरक फरक समुहको निर्माण गरेर भइरहेको छ ।


निर्वाचन आयोगले आचारसंहिता उल्लंघन गर्नेमाथि निगरानी बढाइएको दाबी गरिएको बेला पर्सामा दर्जनौ कर्मचारी तथा जनप्रतिनिधिहरु उम्मेदवारहरुको पक्षमा भोट माग्दै हिडेको पाइएको हो ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

भारतको लद्दाखमा राज्यको माग र स्वायत्तताका लागि चर्कियो आन्दोलन,४ को मृत्यु,भाजपा कार्यालयमा आगजनी

लेह ।  लद्दाखमा राज्यको माग र छैठौँ अनुसूचीमा समावेश गर्नुपर्ने आन्दोलन तीव्र बनेको छ।

प्रवासी नेपाली मंच स्लोभाकियाको अध्यक्षमा रुद्र किसन चयन

बेल्जियम । प्रवासी नेपाली मन्च स्लोभाकियाले रुद्र किसनलाई मन्चको अध्यक्ष चुनेको छ । मन्चको प्रथम अनलाइन भेलाले किसनको अध्यक्षतामा नयाँ कार्यसमिति चुनेको हो। भेलाले  ३१ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो।

समाज

पत्रकार कर्णमाथि भएको आक्रमणप्रति महासंघको गम्भीर ध्यानाकर्षण, दोषीमाथि कडा कारबाहीको माग

जनकपुरधाम । नेपाल पत्रकार महासंघ मधेश प्रदेश समितिले पत्रकार राजेश कर्णमाथि भएको शारीरिक आक्रमणप्रति गम्भीर ध्यानाकर्षण जनाउँदै घटनाको तीव्र निन्दा गरेको छ।

मधेश प्रदेश प्रहरी प्रमुख डीआईजी थपलियाको निर्देशन, अपराध नियन्त्रणमा कुनै सम्झौता हुँदैन

वीरगन्ज। मधेश प्रदेश प्रहरी प्रमुख डीआईजी गोविन्द थपलियाले मातहतका प्रहरी अधिकृतहरूलाई संगठनको अनुशासन र अपराध नियन्त्रणमा पूर्ण प्रतिबद्ध रहन कडा निर्देशन दिएका छन्।

खेलकुद

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।

वीरगंज युनाइटेडलाई टाइब्रेकरमा हराउँदै प्रतिभा युवा क्लब फाइनलमा प्रवेश

ठोरी ।स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा जारी चौथो ठोरी गोल्डकप–२०८२ अन्तर्गत हिजो सम्पन्न दोस्रो सेमिफाइनल खेलमा आयोजक प्रतिभा युवा क्लब बिजयबस्तीले वीरगंज युनाइटेडलाई रोमाञ्चक टाइब्रेकरमा पराजित गर्दै फाइनलमा स्थान सुनिश्चित गरेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.