logo

माओवादी केन्द्रका नगर कमिटी अध्यक्ष र उपाध्यक्षनै एमालेमा प्रवेश

 इसीमाना सम्बाददाता      २०७९ कार्तिक २० गते ०९: ०० मा प्रकाशित     551   पटक पढिएको

जिल्लाको वृन्दावन नगरपालिकाका नगर कमिटी अध्यक्ष, उपाध्यक्षसहित माओवादी केन्द्रका दर्जनौं नेता कार्यकर्ता नेकपा (एमाले)मा प्रवेश गरेका छन् ।

 

आइतबार आयोजित नेकपा (एमाले)को घरदैलो कार्यक्रममा माओवादी नगर अध्यक्ष संजिव पटेल, नगर उपाध्यक्ष कृष्णनन्दन पटेल लगायतका नेता कार्यकर्ता नेकपा (एमाले) मा प्रवेश गरेका हुन् ।

 

नव प्रवेशीहरुलाई रौतहट क्षेत्र नम्बर ४ का प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार उद्धव रेग्मी, प्रदेश सभा सदस्य पदका उम्मेदवार अखिलेश्वर चौधरी, प्रतिनिधि सभा समानुपातिक उम्मेदवार बिना साह, मधेस प्रदेश समानुपातिक उम्मेदवार आरती भण्डारी, जित बहादुर बि.क., क्षेत्रीय इन्चार्ज प्रेम शंकर यादव लगायतले अबिर माला लगाएर पार्टीमा स्वागत गरेका थिए ।

 

नवप्रवेशी नगर अध्यक्ष पटेलले देश बनाउने एकमात्र पार्टी नेकपा (एमाले) भएकाले आफुहरु माओवादी परित्याग गरेर एमालेमा आएको बताए । उनले समय क्रमसँगै माओवादीले जनयुद्धको मर्मलाई चट्टकै बिर्सिएर कांग्रेसको भुँई चढ्ने काम गर्दै कम्यूनिष्ट चरित्र त्याग गरेकाले आफुहरुले वास्तविक कम्यूनिष्ट शक्तिको रुपमा नेकपा (एमाले)लाई छानेको प्रतिक्रिया दिए ।

 

सो कार्यक्रममा माओवादी केन्द्र प्रवेश गर्नेहरुमा माओवादी केन्द्रका बाबुलाल राउत, हेमन पटेल, राम प्रवेश, मुकेश पटेल, सावन पटेल, लक्ष्मी पटेल, सञ्जय पटेल, राम विनोद पटेल, जितेन्द्र चौधरी, डल्लु कुमार पटेल, चन्द्रदेव पटेल, पवन पटेल, नेपाली कांग्रेस परित्याग गरेर उमेश पंडित लगायत रहेका नेकपा (एमाले) मधेश प्रदेश सदस्य बैजनाथ सहनीले जानकारी दिए ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

मेडिकल ब्यवसायी दुर्गा प्रसाई साधारण तारेखमा रिहा

बीरगंज ।  ‘राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ महाभियानका संयोजक एवं मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई अदालतले हिरासतमुक्त गर्न आदेश दिएको छ ।

बसको ठक्करबाट जलेश्वरमा पैदल यात्री साहको मृत्यु

बर्दिवास । महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरमा आज बिहान यात्रुवाहक बसले ठक्कर दिँदा एक पैदल यात्रीको मृत्यु भएको छ ।

खेलकुद

मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता शुरु ,पूर्वमन्त्री जयसवालले गरे उद्धघाटन

सिमरा । मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता मंगलबारदेखि सिमरामा सुरु भएको छ । राष्ट्रिय स्तरको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुने खेलाडी छनोट गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो ।

नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगितामाअ आज  चात्यासा फुटबल क्लब र विराटनगर भिड्ने

गोलबजार  । सिरहाको गोलबजार नगरपालिकाद्वारा आयोजित नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो दिनको खेलमा सलहेश युवा क्लब, सिरहा विजयी भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.