logo

जनमत पार्टीको सर्मथन द्विवेदीलाई,जनताको बलमा जनतन्त्रको जित हुने द्विवेदीको भनाई

 इसीमाना सम्बाददाता     २०७९ कार्तिक २३ गते ०७: ३६ मा प्रकाशित     899   पटक पढिएको

जनमत पार्टी पर्साले पर्सा क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभामा स्वतन्त्र चुनाव लडेका अजय द्धिवेदीलाई जिताउँन आम मतदातासंग अपिल गरेको छ ।

बुधबार माईस्थान मन्दिरको पूर्वपट्टी रहेको होटल कन्टीनेन्टलमा एक कार्यक्रमको आयोजना गरी जनमत पार्टी पर्साका ईन्चार्ज श्याम शंकर चौरसियाको नेतृत्वमा रहेको करिब २ सय जना बढी नेता कार्यकर्ताले द्धिवेदीलाई जिताउँन संस्थागत निर्णय गरेर अभियान चलाउने भएका छन ।

 


जनमत पार्टी पर्सा क्षेत्र नम्बर १ को (ख) बाट प्रदेश सभा सदस्यका उम्मेदवार शिव प्रसाद यादवले पनि खुलेर द्धिवेदीलाई साथ दिने निर्णय भएको बताए ।

 

चौरसियाको नेतृत्वमा रहेका पार्टीका जिल्ला सदस्य एवं महिला नेतृ अनिता रौनियार, पार्टीका जिल्ला पूर्व सह सचिव विजय साह, सदस्य विराज साह कानु, क्षेत्र नम्बर ३ का क्षेत्रिय पर्यवेक्षक ईन्दर राठौर लगायत करिब २ सय जनाले द्धिवेदीलाई जिताउँन खुलेर सहयोग गर्ने जनाएका हुन ।

जनमत पार्टीले समर्थन मात्र जनाएन उनको पक्षमा घर घरमा पुगेर मतदाता संग मत माँग्ने काम समेत गर्ने जिल्ला ईन्चार्ज चौरसियाले बताए ।

 

उनले भने, ‘सत्तागठबन्ध र जसपा एमाले गठबन्धनले देशको विकास भन्दा पनि आफनो सत्ता र कुर्सी जोगाउँन जनतालाई झुक्याउँन खोजेको आरोप लगाउँदै स्वतन्त्र उम्मेदवार द्धिवेदीलाई जिताउँन जनमतले पुरा सहयोग गर्ने जनाए ।

कार्यक्रममा स्वतन्त्र उम्मेदवार अजय द्धिवेदीले जनताको लोकतन्त्रको रक्षाको एजेण्डालाई स्थापित गर्न आफूले उम्मेदवारी दिएको बताए ।

 

यो चुनाव मार्फत राजनीति हार्ने कि जित्ने भन्ने कुराको फैसला हुने भएकोले राजनीतिको पक्षका जनमत पार्टीले लिएको निर्णयलाई उच्च सम्मान गरेको बताए ।


उनले आफू प्रतिनिधि पात्र मात्र भएको बताउदै जनताको बलमा जनतन्त्रको जित हुने बताए ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

मेडिकल ब्यवसायी दुर्गा प्रसाई साधारण तारेखमा रिहा

बीरगंज ।  ‘राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ महाभियानका संयोजक एवं मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई अदालतले हिरासतमुक्त गर्न आदेश दिएको छ ।

बसको ठक्करबाट जलेश्वरमा पैदल यात्री साहको मृत्यु

बर्दिवास । महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरमा आज बिहान यात्रुवाहक बसले ठक्कर दिँदा एक पैदल यात्रीको मृत्यु भएको छ ।

खेलकुद

मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता शुरु ,पूर्वमन्त्री जयसवालले गरे उद्धघाटन

सिमरा । मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता मंगलबारदेखि सिमरामा सुरु भएको छ । राष्ट्रिय स्तरको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुने खेलाडी छनोट गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो ।

नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगितामाअ आज  चात्यासा फुटबल क्लब र विराटनगर भिड्ने

गोलबजार  । सिरहाको गोलबजार नगरपालिकाद्वारा आयोजित नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो दिनको खेलमा सलहेश युवा क्लब, सिरहा विजयी भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.