logo

मेयर सिंह, राजनीतिक पूर्वाग्रह साध्न उत्रिएको ब्यवसायीको आरोप , स्थानीय सरकारप्रतिको भरोसाप्रति प्रश्न उठदै

 इसीमाना सम्वाददाता     २०७९ मंसिर १३ गते ०८: २२ मा प्रकाशित     571   पटक पढिएको

०७९ जेठ १२ गते वीरगंजको पुरानो बसपार्कमा आयोजीत भब्य समारोहमा जसपाका अध्यक्ष उपेन्द्र यादवको अगाडि उभिएर वीगंज महानगरका प्रमुख राजेशमान सिंहले कसम खाएको दृश्य निकै उत्साहजनक थियो ।

 

सिंहले खाएको कसममा “म कसैप्रति पूर्वाग्रह राख्ने छैन सबैकालागि मेयर बन्ने छु ” भन्ने भाव थियो । उनले कसम खाएको ६ महिना दिन पुगेकै बेला उक जना ब्यवसायीले उनीमाथि “पूर्वाग्रही” भएको आरोप लगाउदै पत्रकार सम्मेलन गरे ।


सबैको मेयर बन्ने र सबैको महानगर बनाउने सिंहको “कसम” फगत कसम मात्र रहेको कुराको पुष्टि भएको छ ।

वीरगञ्ज छपकैया निवासी निर्माण व्यावसायी नुरेनबी ठकुराईले पत्रकार सम्मेलनको आयोजना गरेर वीरगन्ज महानगरपाकाका नगर प्रमुख राजेशमान सिंहले पूर्वाग्रहपूर्ण ब्यवहार गरेको बताए ।

ठकुराई वीरगंजका स्थापित निर्माण ब्यवसायी हुन । कुनै बेला सिंह र ठकुराईको सम्बन्ध लोभलाग्दो थियो । त्यस्ते सम्बन्ध भएका ब्यक्ति मध्यका महानगर प्रमुख सिंहले ठकुराईलाई को हो ? भनेर सार्वजनीक संचार माध्यममा अभिब्यक्ति दिएकोमा त्यसको पनि निकै आलोचना भयो ।

 

ठकुराई परिवारले स्थानीय तहको निर्वाचनमा सिंहलाई सहयोग नगरेकै कारण उनलाई दुःख दिनु महानगरप्रमुख सिंहमाथि लागेको गम्भिर आरोप हो ।

 

महानगरप्रमुख राजनीतिक रुपमा असहिष्ण्ुा र बदला लिने गरि प्रस्तुत हुने हो भने स्थानीय सरकाप्रति नागरिकको भरोसा समाप्त हुने खतरा पैदा हुन्छ । महानगर प्रमुख सिंहका कदमहरु बदला लिनेगरि पूर्वाग्रह प्रेरित हुदै गएको भूक्तभोगीहरुको टिप्पणी पनि छ ।

नेपाल पत्रकार महासंघको सभाकक्षमा आयोजित पत्रकार सम्मेलनमा निर्माण व्यवसायी ठकुराईले वीरगन्ज महानगपालिकाबाट कब्रिस्तानको कम्पाउण्ड वाल र माटो पुर्ने कामको धरौटी बापतको रकम कट्टा गरेर पाउनुपर्ने बाँकी एक लाख ८९ हजार ४१५ रुपैंया नगर प्रमुख सिंहको आदेशमा आफूले फिर्ता नपाएको गुनासो गरेका छन ।

उनले आफूले पाउनुपर्ने भुक्तानी वीरगन्ज महानगरपालिकाले अहिलेसम्म नगरेकोले पीडित भएर पत्रकार सम्मेलन गर्नुपरेको बताए । ठकुराईका अनुसार वीरगन्ज महानगरपालिकाको आर्थिक बर्ष २०७८/०७९ को बजेट नीति तथा कार्यक्रम अन्तर्गतको नगर स्तरीय बजेटबाट खर्च हुनेगरी वीरगन्ज महानगरपालिकाको वडा नम्बर ३ मा रहेको कब्रिस्तानमा कम्पाउण्डवाल तथा माटो पुर्ने कामको लागि ११ लाख १० हजार ७४५ रुपैंयाको लागत अनुमान स्वीकृत भई फुलकी उपभोक्ता समिति वीरगन्ज ३ ले १० प्रतिशत लागत सहभागिता बापत व्यहोर्ने गरी सम्झौता गरेको थियो ।

वीरगन्ज महानगरपालिकाले व्यहोर्ने ९० प्रतिशतले हुन आउने ९९ लाख ९ हजार ६७१ रुपैंया र उपभोक्ता समितिले गरेको कामको नाप जाँच गरी दोश्रो तथा अन्तिम बिल बनेको ११ लाख ८ हजार १ सय ४८ बाट प्रथम रनिङ्ग बिलको ८ लाख ८६ हजार ६१० कट्टा हुने गरी बाँकी रकम २ लाख २१ हजार ५३८ रुपैंयामा उपभोक्ता समितिले व्यहोर्ने २२ हजार १५३ कट्टा गरी १ लाख ९९ हजार ३८४ बाट फेरी ५ प्रतिशत हुन आउने ९ हजार ९ सय ६९ रुपैंया धरौटी रकम कट्टा गरी बाँकी हुन आउने १ लाख ८९ हजार ४१५ रुपैंया फुलकी उपभोक्ता समितिलाई भुक्तानी दिनुपर्ने सम्झौतामा उल्लेख गरिएको र महानगरपालिकाकाले पनि भुक्तानी दिन मुनासिब देखिएको टिप्पणी उठाएर आदेश गरेपनि नगर प्रमुखको राजनीतिक प्रतिशोधको भावनाका कारणले आफूले पाउनुपर्ने रकम नपाएको ठकुराईले बताए ।

 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

समाज

सशस्त्र प्रहरी पर्सा द्वारा संचालीत विपद् स्वयंसेवक परिचालन विस्तारित  तालिम समापन

वीरगंज । सशस्त्र प्रहरी बल नेपाल १३ नम्बर हेडक्वार्टरले संचालन गरेको “विपद् स्वयंसेवक परिचालन विस्तारित तालिम ” समापन भएको छ ।

आचार संहिता पालना नगरे नागरिकमा पत्रकारिता प्रतिको विश्वास घट्ने वक्ताहरुको चेतावनी

वीरगन्ज । पत्रकारिता क्षेत्रमा कार्यरत सञ्चारकर्मीहरूले आचारसंहिताको पालना नगरेसम्म पत्रकारिताले आर्जन गरेको विश्वास र साख गुम्ने जोखिम बढ्दै गएको बताएका छन् ।

खेलकुद

वीरगञ्ज प्रिमियर लिगको तेस्रो संस्करणको ट्रफि सार्वजनिक

वीरगन्ज । वीरगञ्जमा ‘टिम आदर्शनगर’ को आयोजनामा हुने वीरगञ्ज प्रिमियर लिगको तेस्रो संस्करण (बीपीएल–३) ट्रफी सार्वजनिक गरिएको छ ।

प्रधानमन्त्री कप क्रिकेटः सुदूरपश्चिम प्रदेशलाई हराउदै मधेस प्रदेश पाँच विकेटले विजयी

वीरगञ्ज । प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत आजको खेलमा मधेस प्रदेश पाँच विकेटले विजयी भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.