logo

तथ्यमा रहेर बहस गर्न, पर्सा एमाले नेतृत्वलाई ठोरीका अध्यक्ष श्रेष्ठको खुल्ला चुनौती

 इसीमाना सम्वाददाता     २०७९ मंसिर १८ गते ०७: ३९ मा प्रकाशित     1384   पटक पढिएको

नेकपा एमाले पर्सा भित्रको कारवाही काण्डका बारेमा नेताहरुको धारणा क्रमश सार्वजनीक हुदै छ । नेकपा एमालेका ठोरी गाउँपालिका कमिटीका अध्यक्ष खगेन्द्र श्रेष्ठले आफ्नो सामाजिक संजालको पेजमा प्रतिक्रिया लेख्दै नेतृत्वलाई तथ्यमा आधारित रहेर बहस गर्न चुनौती दिएका छन ।


उनले गाउँपालिका कमिटी बहसकालागि तयार रहेको र त्यसले निकाल्ने निष्कर्ष वा निर्णय स्वीकार्य हुने उल्लेख गर्दै कथित “पदाधिकारी ”बैठकको हवला दिदै सार्वजनीक गरिएको कारवाही काण्डलाई अस्वीकार गरिएको संकेत गरेका छन ।


उनले लामो प्रतिक्रिया लेख्दै पार्टी सम्पूर्ण एकताको आधार हुनु पर्नेमा ब्यक्तिवादी प्रवृति हावी भएको उल्लेख गरेका छन । पार्टीले एउटा प्रक्रिया र पद्धतीको घुम्ती पार गरेर निष्पक्ष रुपमा कार्य सम्पादन गर्नु पर्नेमा अहिले लहड, आवेग र प्रतिशोध लिने प्रवृतिको माध्यम बन्न पुगेको भन्दै अध्यक्ष श्रेष्ठले चिन्ता ब्यक्त गरेका छन ।

 

उनले प्रश्न गर्दै भनेका छन के माथिल्लो कमिटी भनेको तलको कमिटीलाई कार्यवाही अथवा स्पस्टिकरण सोध्नका लागि मात्र हो कि तलको कमिटीको पनि कुनै कुरा सुनुवाइ गर्नकालागि हो ?

स्थानीय चुनाबमा तल्लो कमिटीका केही जिम्मेवार नेताहरुबाट अन्तर्घात हुँदा कार्वाहीको मांग गर्दा झन बढुवा भएको प्रसंगलाई स्मरण गर्दै उनले पार्टीको लोकतान्त्रिक चरित्र समाप्त पारिएको बताएका छन ।

 

उनले नेतृत्वलाई सोधेका छन “ बिना दोस कसैलाई सनक चलेको भरमा कार्वाही अथवा स्पस्टिकरण किन र के को लागि कामरेड ? ” । उनले ठोरी गाउँपालिकाको नेतृत्व सम्हाले देखी आजको मिति सम्म कुनै नेता कार्यकर्ताबाट अध्यक्षले सहि गरेन भन्ने आवज आयो भने त्यही दिन बाट राजीनामा दिन सक्ने उल्लेख गर्दै बिना कारण मेरो राजनीतिक यात्रालाई रोक्ने कोसिस किन हुदैछ भनेर प्रश्न गरेका छन । श्रेष्ठले झै एमालेका अनेकौ नेता कार्यकर्ताले प्रतिक्रिया जनाई रहेका छन ।

 

अहिलेको कारवाही काण्ड पार्टीको स्थापित बिधि प्रक्रिया भन्दा बाहिरबाट प्रतिशोध साध्नकालागि भएको भन्दै एमाले भित्र तिब्र असन्तुष्टि बढेको छ ।

 

नेकपा एमालेको केन्द्रीय नेतृत्वले समेत पर्साको नेतृत्वको कामलाई बेठीक भनेको एमालेका एक नेताले बताएका छन । एमाले भित्र अहिलेका जिल्ला अध्यक्ष जयप्रकाश थारुको नेतृत्वको क्षमता कमजोर रहेको भन्दै एमालेको पर्सा जिल्ला कमिटीको बिघठनको माँग चर्को रुपमा उठन थालेको छ ।

शनिवार जिल्ला सचिवालय कमिटीको बैठकले पार्टीका जिल्ला सचिव एंव छिपहरमाई गाउँपालिकका अध्यक्ष मनोज गुप्ता, पर्सा जिल्ला सचिवालय सदस्य एवं सखुवा प्रसौनी गाउँपालिका अध्यक्ष यसवन्त यादव, गाउँपालिका कमिटी अध्यक्ष एवं वडा अध्यक्ष वासुदेव महत्तो थारु, जिल्ला कमिटि सदस्य ताजदिन अंसारी, जिल्ला कमिटी सदस्यहरु इमरान हुसेन, मंजूर आलम, पवन तिवारी, सुबास साह कानु, वीरेन्द्र साह कानु, रामप्रित महतो थारु र अमानत अंसारीलाई पार्टीको साधारण सदस्य समेत नरहने गरी कारवाही गरेको सार्वजनीक भएको थियो । त्यही बैठकका हवला दिदै पार्टीका केन्द्रीय सदस्य प्रभु हजरा र प्रदेश कमिटी सदस्य बसरुदिन अन्सारीलाई पार्टीको साधारण सदस्यबाट निष्काशनकोलागि प्रदेश तथा केन्द्रमा सिफारिश गर्ने निर्णय गरेको थियो ।


सचिवालयको बैठकले पार्टीको निर्देशन विपरित काम गरेको भन्दै २६ लाई स्पष्टीकरण सोधेको छ । यसरी स्पष्टीकरण सोध्नेमा वीरगञ्ज महानगर कमिटिका उपाध्यक्ष महेश दास, नरेस टिवडेवाल, आमोद यादव, वीरगञ्ज महानगरपालिका वडा नंं. १७ का वडा अध्यक्ष संजिब बहादुर छत्कुली, विश्वराज कुर्मी, जितेन्द्र पटेल, सम्सुदिन अंसारी, सुनिल कुशवाहा, रामबाबु साह, प्रमोद यादव, महादेव साह कलवार, इनरदेव चौधरी, रामनाथ चौधरी, रामराज यादव, जिल्ला कमिटि सदस्यहरु हरिनारायण चौधरी, रामेश्वर साह कानु, फरिन्द्र कुशवाहा, जितेन्द्र साह कलवार, नाजिर मियाँ, गौरी शंकर साह कानु, महेन्द्र साह कलवार, विनोद साह कानु, विश्वेश्वर यादव, कुरान अलि, फुलमहमद मियाँ, रियाजुल मियाँ, र ठोरी गाउँपालिका कमिटिका अध्यक्ष खगेन्द्र बहादुर श्रेष्ठसहित पालिका कमिटीलाई पनि स्पषटीकरण सोधेको छ ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

समाज

निजगढ नगरपालिका–९ पश्चिम लच्कामा  मोटरसाइकल ठोक्किँदा दुईको मृत्यु

निजगढ ।  पूर्वपश्चिम राजमार्गअन्तर्गत बाराको निजगढमा बुधवार दिउँसो दुई मोटरसाइकल एकापसमा ठोक्किँदा दुवै मोटरसाइकलका चालकको मृत्यु भएको छ ।

तिर्थ स्मृति प्रतिष्ठानद्वारा बरिष्ठ समाजसेवी बख्रेल सम्मानीत

काठमाण्डौ । बरिष्ठ समाजसेवी चन्द्रप्रसाद बख्रेल तिर्थ स्मृति प्रतिष्ठान नेपालबाट सम्मानीत भएका छन ।  काठमाण्डौ सामाखुशी स्थित लिंकन कलेजमा मंगलवार आयोजीत एक कार्यक्रका वीच उनलाई सम्मान गरिएको हो ।

खेलकुद

गोलबजार मेयर गोल्ड कप चैत तेस्रो सातादेखि, बिजेताले ४ लाख ४४ हजार ४ सय ४४ रुपैया पुरस्कार पाउने

गोबजार ।  नवौँ संस्करणको मेयर गोल्ड कप फुटबल प्रतियोगिता चैत २३ देखि २९ गतेसम्म सञ्चालन हुने भएको छ । गोलबजार नगरपालिकाले पत्रकार सम्मेलनमार्फत प्रतियोगिताको तालिका सार्वजनिक गरेको हो ।

वीरगञ्ज प्रिमियर लिगको तेस्रो संस्करणको ट्रफि सार्वजनिक

वीरगन्ज । वीरगञ्जमा ‘टिम आदर्शनगर’ को आयोजनामा हुने वीरगञ्ज प्रिमियर लिगको तेस्रो संस्करण (बीपीएल–३) ट्रफी सार्वजनिक गरिएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.