logo

पत्रकार महासंघ पर्साको २५ औं साधारण सभा सम्पन्न,पत्रकारिताको गुणात्मक बिकासका गम्भिर चिन्ता ब्यक्त

 इसीमाना सम्वाददाता     २०७९ पौष १ गते ०८: ४५ मा प्रकाशित     570   पटक पढिएको

नेपाल पत्रकार महासंघ पर्साको २५ औ साधारण सभा बिभिन्न प्रास्तावहरु पारित गर्दै सम्पन्न भएको छ। । साधारण सभाले महासंघ पर्साका सचिव भूषण यादवले प्रस्तुत गरेको सांगठानीक प्रतिवेदन र कोषाध्यक्ष संजीव मिश्रले प्रस्तुत गरेको आर्थिक प्रतिवेदन सर्वसम्मत रुपमा पारित गरेको छ ।


साधारण सभामा पर्साको पत्रकारिताको गुणात्मक बिकास, पत्रकारको भौतीक तथा पेशागत सुरक्षा, दक्षता अभिभृद्धि ,पत्रकारको बिमा जस्ता बिषयमा घनीभूत छलफल भएको थियो ।

नयाँ सदस्यता बितरण र पेशागत शुद्धताको बिषयमा पनि गम्भिर बिमर्श भएको महासंघका अध्यक्ष अनुप तिवारीले बताए । उनले साधारण सभामा उठेका बिषयहरुले नेपाल पत्रकार महासंघ पर्सा शाखाको आगामी कार्ययोजनामा बिशेष महत्व राख्ने बताए । महत्वपूर्ण सुझावहरु आएका छन त्यसकै आधारमा महासंघको आगामी दिशा तय गरिने उनले बताए ।


साधारण सभाको बन्द सत्र नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव दीपेन्द्र चौहानको अध्यक्षतामा निर्माण भएको अध्यक्ष मण्डलले संचालन गरेको थियो । बन्दसत्रको संचालन नेपाल पत्रकार महासंघका मधेश प्रदेशका महासचिव श्याम बन्जाराले संचालन गरेका थिए ।

 

बन्द सत्रको सफलता पछि नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य के.सी.लामिछाने पूर्व केन्द्रीय सदस्य महेश दास शाखाका पूर्व अध्यक्ष अशोक तिवारी नेपाल पत्रकार महासंघ प्रदेशका सदस्य लक्ष्मी खरेल र महेश्वर अधिकारीले मन्तब् ब्यक्त गरेका थिए ।
यस अघि नेपाल पत्रकार महासंघ पर्सा शाखको सभाकक्षमा उद्धघाटन समारोह सम्पन्न भएको थियो ।

उद्घाटन सत्रलाई सम्बोधन गर्ने वक्ताहरुले पत्रकारितमा देखिएका विकृतिले सिंगो पत्रकारिता क्षेत्रकै लागि चुनौती देखिएकाले यसप्रति ध्यान दिनुपर्नेमा जोड दिए । उनीहरुले संख्यात्मक बढोत्तरी हुँदै गएपनि त्यस अनुसार गुणस्तरीयता भने बढ्न नसकेको अनुभुति पाठक, दर्शक र श्रोताले गरिरहेको पनि ओैंल्याए ।

प्रविधिको विकाससंगै पत्रकारिता गर्न सहज हुँदै गएपनि विकृति पनि बढेको भन्दै उनिहरुले गुणस्तरीय पत्रकारिता, पत्रकारको क्षमता अभिवृद्धि र पेशागत सुरक्षाका सवालमा महासंघले थप नेतृत्वदायी भूमिका बढाउन पनि सुझाव दिए ।

महासंघका शाखा अध्यक्ष अनुप तिवारीको अध्यक्षता तथा महासंघका केन्द्रीय सचिव दिपेन्द्र चौहानको प्रमुख आतिथ्यतामा सम्पन्न उद्घाटन सत्रमा महासंघका केन्द्रीय सदस्य के.सी.लामिछाने , महासंघका मधेस प्रदेश महासचिव श्याम बन्जारा, पर्साका सहायक प्रमुख जिल्ला अधिकारी भीमकान्त पौडेल , प्रहरी उपरीक्षक रमेश बस्नेत, महासंघका पूर्व केन्द्रीय सदस्य महेश दास, प्रेस युनियनका केन्द्रीय सचिव अशोक तिवारी, पर्सा शाखा उपाध्यक्ष विजय चौहान, प्रेस सेन्टरका केन्द्रीय सदस्य निरज पिठाकोटे मगर,पर्सा अध्यक्ष दिपक गौतम, समाजवादी प्रेस संगठनका केन्द्रीय सदस्य राघव साह, प्राध्यापक डाक्टर विश्वम्भर शर्मा, प्रेस चौतारी नेपाल पर्साका उपाध्यक्ष विजय भण्डारी , लक्ष्मी खरेल लगायतले साधरणसभाको सफलताको शुभकामना मन्तव्य गरेका थिए।

 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

मेडिकल ब्यवसायी दुर्गा प्रसाई साधारण तारेखमा रिहा

बीरगंज ।  ‘राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ महाभियानका संयोजक एवं मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई अदालतले हिरासतमुक्त गर्न आदेश दिएको छ ।

बसको ठक्करबाट जलेश्वरमा पैदल यात्री साहको मृत्यु

बर्दिवास । महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरमा आज बिहान यात्रुवाहक बसले ठक्कर दिँदा एक पैदल यात्रीको मृत्यु भएको छ ।

खेलकुद

मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता शुरु ,पूर्वमन्त्री जयसवालले गरे उद्धघाटन

सिमरा । मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता मंगलबारदेखि सिमरामा सुरु भएको छ । राष्ट्रिय स्तरको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुने खेलाडी छनोट गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो ।

नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगितामाअ आज  चात्यासा फुटबल क्लब र विराटनगर भिड्ने

गोलबजार  । सिरहाको गोलबजार नगरपालिकाद्वारा आयोजित नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो दिनको खेलमा सलहेश युवा क्लब, सिरहा विजयी भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.