logo

नौं बूंदे वीरगज घोषणा जारी गर्दै पत्रकार महासंघको अधिवेश सम्पन्न,प्रदेश ऐन राम्रो बनाउन भूमिका खेल्ने मुख्यमंत्री राउतको भनाई

 इसीमाना सम्वाददाता     २०७९ पौष ३ गते ०८: ५४ मा प्रकाशित     625   पटक पढिएको

प्रदेश संचार ऐनका पत्रकार बिरोधी प्रावधानहरु संशोधन र खारेजीको लागि संघर्षको नीति पास गर्दै नेपाल पत्रकार महासंघ मधेश प्रदेश समितिको तेश्रो प्रदेश अधिवेशन वीरगंजमा सकिएको छ ।


अभिवेशनले बिभिन्न नौं बुदे वीरगंज घोषणा जारी गरेको छ ।


मधेश प्रदेह सरकारले ल्याएको प्रदेश संचार ऐनमा आफना कार्यकर्ता भर्ती गर्ने नियतले मिडिया काउन्सिलको अध्यक्षको नियुक्तिको ब्यवस्था सम्बन्धि दफा ८ र आमसंचार प्राधिकरणको अध्यक्षको नियुक्ति सम्बन्धि ब्यवस्थाको दफा २९ लाई संशोधन गरेर मंत्रालयले स्पष्टीकरण सोध्ने र चित्त बुझदो जवाफ नदिए पदबाट अवकास दिने ब्यवस्था गरेकोमा महासंघ प्रदेश समितिले गम्भिर असहमती जनाएको छ ।


प्रदेश संचार ऐनमा पत्रकारलाई फौजदारी मुद्धामा अभियोजन गर्ने प्रवन्ध गरेकोमा नेपाल पत्रकार महासंघले यो दफा संशोधनको माँग गरेको छ ।


प्रदेश भरिका पत्रकारहरुको दुर्घटना तथा स्वास्थ्य विमा गरिनु पर्ने , श्रमजीवी पत्रकारहरुको पेशागत तथा भौतीक सुरक्षाकालागि योजनाको निर्माण र कार्यान्वनय गरिनु पर्ने लगायतका प्रस्ताव पारित गर्दै अधिवेशन सफलतापूर्वक सम्पन्न भएको महासंघ मधेश प्रदेशका महासचिव श्याम बन्जाराले जानकारी दिए ।


यस अघि अधिवेशनको उद्धघाटन गर्दै मधेश सरकारका मुख्यमंत्री लालबाबु राउतले पत्रकार र संचार संस्थाको बिकास र दीगोपनाको पवित्र उद्धेश्य राखेर प्रदेश संचार ऐन ल्याइएको बताए ।

उनले पत्रकारहरुले धन्यवाद दिनु पर्नेमा गुनासो मात्रै गरेको चर्चा गर्दै मुख्यमंत्री राउतले तपाईहरुको गुनासो सुन्दा पनि ऐन निर्माणको बेलामा अरु गम्भिर हुनु आवश्यक थियो भन्ने कुरा महशुस भएको प्रष्ट पारे ।


राम्रो शुरुवात गरेका छौ राउतले भन्े पत्रकारहरुको संरचना खडा भएको छ भूमिका जे होला तर यसलाई अझ राम्रो बनाउन आफनो तर्फबाट योगदा रहने बताए ।


कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रीय बरिष्ठ उपाध्यक्ष रमेश बिष्टले नेपाल पत्रकार महासंघका अधिवेशनहरुलाई एउटा बिशेष मुद्धामा अनुसन्धान गरेर छलफल गर्ने गरि सम्पादन गर्ने ब्यवस्था मिलाउने बताए । उनले मधेश प्रदेश सरकारको संचार सम्बद्ध ऐन संरचनाको निर्माणको कामको प्रशंसा गर्दै मिडिया काउन्सिलाई अर्को कुनै नाममा रुपान्तरित गर्न सुझाव दिए ।


कार्यक्रममा प्रदेश सभा सदस्य एन नेपाली कांग्रेसका नेता श्याम पटेल नेपाल पत्रकरा महासंघका सचिव दीपेन्द्र चौहान, केन्द्रीय सदस्यहरु के.सी.लामिछाने, शिव पुरी रिन्कु मिश्र,सुभाष साह पर्साको सहायक प्रमुख जिल्ला अधिकारी महेश कार्की,वीरगंज उधोग वाणिज्य संघका अध्यक्ष डा. सुवोध गुप्ता, प्रेस चौतारी नेपालका केन्द्रीय सचिव कमल उपाध्याय, प्रेस युनियनका सचिव अशोक तिवारी, प्रेस सेन्टर नेपालका केन्द्रीय सदस्य निरज पिठाकोटे,समाजवादी प्रेस संगठनका केन्द्रीय सदस्य राघव साह, नेपाल पत्रकार महासंघ महोत्तरीका कार्यवाहक अध्यक्ष सुनिता बराल लगायतले अधिवेशनको सफलताको शुभकामना ब्यक्त गरेका थिए ।


अधिवेशनको बन्द सत्रमा महासचिव श्याम बन्जारा र कोषाध्यक्ष बिश्वनाथ ठाकुरले प्रस्तुत गरेको सांगठानीक तथा आर्थिक प्रतिवेदन सर्वसम्मत रुपमा पारित गरेको थियो ।


महासंघ मधेश प्रदशेका अध्यक्ष राजेश कर्णको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष ज्योती झाले धन्यवाद ज्ञापन र नेपाल पत्रकार महासंघ पर्साका अध्यक्ष अशोक तिवारीले स्वागत र महासचिव श्याम बन्जाराले संचालन गरेका थिए ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

मेडिकल ब्यवसायी दुर्गा प्रसाई साधारण तारेखमा रिहा

बीरगंज ।  ‘राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ महाभियानका संयोजक एवं मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई अदालतले हिरासतमुक्त गर्न आदेश दिएको छ ।

बसको ठक्करबाट जलेश्वरमा पैदल यात्री साहको मृत्यु

बर्दिवास । महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरमा आज बिहान यात्रुवाहक बसले ठक्कर दिँदा एक पैदल यात्रीको मृत्यु भएको छ ।

खेलकुद

मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता शुरु ,पूर्वमन्त्री जयसवालले गरे उद्धघाटन

सिमरा । मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता मंगलबारदेखि सिमरामा सुरु भएको छ । राष्ट्रिय स्तरको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुने खेलाडी छनोट गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो ।

नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगितामाअ आज  चात्यासा फुटबल क्लब र विराटनगर भिड्ने

गोलबजार  । सिरहाको गोलबजार नगरपालिकाद्वारा आयोजित नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो दिनको खेलमा सलहेश युवा क्लब, सिरहा विजयी भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.