logo

मधेशका जिल्लामा आजपाले तोक्यो कमाण्डरहरु, जसपाका रौतहट सचिव आजपामा प्रवेश

 इसीमाना सम्वाददाता     २०७९ पौष १७ गते ०९: २९ मा प्रकाशित     507   पटक पढिएको

आम जनता पार्टीले आइतवार मधेश प्रदेशको ८ जिल्लाकै अध्यक्ष, सचिव र इन्चार्जको जिम्मेवारी तोकेको छ । पार्टीका केन्द्रीय अध्यक्ष प्रभु साहले आइतवार एक विज्ञप्ती जारी गर्दैै जिम्मेवारी तोकेको जनाएका हुन । पर्सा जिल्लामा सयोंजकमा कदम रसुललाई जिम्मेवारी दिएको छ भने सचिवमा विश्वराज पटेल र बाबुराम कौशिकलाई जिल्ला ईन्चार्ज तोकिएको छ ।

पार्टीको अन्तरीम विधान २०७९ बमोजिम मधेश प्रदेशको ८ जिल्लाकै जिम्मेवारी दिईएको आम जनता पार्टीका अध्यक्ष प्रभु साहले जानकारी दिए ।

यसैगरी पार्टीले बारा जिल्लामा सयोंजक उमेश कुशवाहा, सचिवमा राजकिशोर साह र ईन्चार्जमा अशोक लामालाई जिम्मेवारी दिएको छ ।

त्यस्तै रौतहटतर्फ धर्मेन्द्र पटेलकको सयोंजकत्वमा, पलट चौधरी सचिव र जिल्ला ईन्चार्ज त्रिभुवन साह अमरले जिम्मेवारी सम्हाल्ने छन् ।

सर्लाहीमा भने तुल्सी प्रसाद हुमागाई सयोंजक, नविन साह जिल्ला सचिव र रिता देविलाई इन्चार्जको जिम्मेवारी दिएको छ ।

यसैबिच महोत्तरीमा सयोंजक विजय साह, सचिव प्रमोद महतो र ईन्चार्जमा राधेश्याम सााहलाई जिम्मेवारी पाएका छन् ।

पार्टीले धनुषा जिल्लामा बलदेव साहलाई सचिवतर्फ र श्रीलाल महासेठलाई भने जिल्ला सयोंजकका साथै ईन्चाजको समेत जिम्मा दिएको छ ।

यस्तै सिरहामा उदय साहलाई सयोंजक, धर्मेन्द्र महरा सचिव र जिल्ला ईन्चार्जमा बिल्टु यादवलाई जिम्मेवारी दिइएको छ ।

सप्तरीमा शिव कुमार महरा सयोंजकत्वमा, सुनिल राज दास सचिव र जिल्ला ईन्चार्जमा आर। डि।आजादलाई जिम्मा तोकिएकोे अध्यक्ष साहले बताए । जनता समाजवादी पार्टी नेपालका रौतहट जिल्ला सचिव लखिन्द्र यादव प्रभु साह नेतृत्वको नवगठित आम जनता पार्टीमा प्रवेश गरेका छन् ।

 

आइतबार आजपा अध्यक्ष प्रभु साहले आफ्नो निवासमा यादवलाई माला लगाई पार्टीमा प्रवेश गराएको प्रचारप्रसार विभाग उपप्रमुख निवेश यादवले जानकारी दिए ।

सचिव यादवसहित जसपाका प्रभावशाली नेता सर्जुग राय यादव र लालबाबु राय यादव पनि आजपा प्रवेश गरेका छन् । यही पुस ६ गते यादवलाई जसपाले जिल्ला सचिवको जिम्मेवारी दिएको थियो ।

 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

मेडिकल ब्यवसायी दुर्गा प्रसाई साधारण तारेखमा रिहा

बीरगंज ।  ‘राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ महाभियानका संयोजक एवं मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई अदालतले हिरासतमुक्त गर्न आदेश दिएको छ ।

बसको ठक्करबाट जलेश्वरमा पैदल यात्री साहको मृत्यु

बर्दिवास । महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरमा आज बिहान यात्रुवाहक बसले ठक्कर दिँदा एक पैदल यात्रीको मृत्यु भएको छ ।

खेलकुद

मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता शुरु ,पूर्वमन्त्री जयसवालले गरे उद्धघाटन

सिमरा । मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता मंगलबारदेखि सिमरामा सुरु भएको छ । राष्ट्रिय स्तरको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुने खेलाडी छनोट गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो ।

नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगितामाअ आज  चात्यासा फुटबल क्लब र विराटनगर भिड्ने

गोलबजार  । सिरहाको गोलबजार नगरपालिकाद्वारा आयोजित नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो दिनको खेलमा सलहेश युवा क्लब, सिरहा विजयी भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.