logo

वीरगञ्ज महानगरको १२ औँ नगरपरिषद ,असार मसान्तसम्म नक्सा पास गर्न आउनेलाई जरिवाना छुट

 इसीमाना सम्वाददाता     २०७९ पौष २२ गते ०७: १० मा प्रकाशित     539   पटक पढिएको

वीरगञ्ज महानगरपालिकाले इजाजत बेगर निर्माण भएका भौतिक संरचनाको नक्सा पास गर्न चालु आर्थिक वर्षको असार मसान्तसम्म जरिवानामा छुट दिने भएको छ ।


शुक्रबार आयोजित महानगरको १२ औँ नगर अधिवेनमा पेश भएको संशोधित आर्थिक ऐन २०७९ ले यस्तो व्यवस्था गरेको हो ।


नगरसभाबाट पारित संशोधित ऐनले विगतमा नक्सा पास नगरी इजाजत बेगर निर्माण भएका संचरना चालु आर्थिक वर्षको असार मसान्त भित्र अनुमतिका लागि आएमा नक्सा पास दस्तुरमा लाग्ने सम्पूर्ण जरिवाना छुट दिई नियमित गर्ने व्यवस्था थप गरेको हो ।


यस्तै पछि थपिएका वडाहरु वडा नम्वर १७ देखि ३२ मा निर्माण गरिएका संरचनाहरु अनुमतिका लागि आएमा जरिवाना छुटका साथै भवनको नक्सा डिजाईन गर्न पनि महानगरले प्राविधिक सहायता उपलब्ध गराउने व्यवस्था गरेको छ ।


महानगरले सबैलाई नक्सा पासको दायरामा ल्याउन जरिवाना छुट सुविधा असारसम्म लम्ब्याएको हो ।


यस्तै नगरपरिषदले आदर्शनगर रंगशालामा कार्यक्रम आयोजना गर्न लाग्ने शुल्क पनि संशोधन गरेको छ ।


विगतमा टिकट नलाग्ने कार्यक्रम निशुल्क हुने गरेकोमा अब भने प्रति दिन १ हजार रुपैयाँ सेवा शुल्क र सरसफाई वापत थप ५ सय रुपैयाँ सरसफाई शुल्क लाग्ने व्यवस्था थप भएको छ ।


स्टल बुकिङ सहितको टिकट लाग्ने कार्यक्रम रहेमा भने दैनिक ६ हजार रुपैयाँ सेवा शुल्क र २ हजार रुपैयाँ सरसफाई शुल्कको प्रावधान थपिएको छ ।


यस्तै औद्योगिक व्यापार मेला सहितको जादु सरकास आदि मनोरन्जनात्मक कार्यक्रम गरेमा भने दैनिक १५ हजार ५ सय सेवा शुल्क र २ हजार रुपैयाँ सरसफाई शुल्क लाग्ने प्रावधान थपिएको छ ।


यस्तै परिषदले विनियोजन ऐन २०७९ मा चालु आर्थिक वर्षको बजेट ३ अर्ब ३३ करोड ६३ लाख २६ हजार रहेकोमा यसमा थप आम्दानीलाई स्वीकार गर्दै ४ अर्ब ७८ लाख ८३ हजार पुर्याएको छ ।


जसमा सडक बोर्ड तर्फ १ करोड ६५ लाख, आन्तरिक आय तर्फ २ करोड ६० लाख र गत वर्षको नगद मौज्दात ६२ करोड ९० लाख रहेकाले चालु बजेट बृद्धि हुन पुगेको हो ।


संसोधित आर्थिक ऐन प्रस्तुत गर्दै महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मिप्रसाद पौडेलले काम हुन नसकेका र आवश्यक रहेका केही कार्यक्रमहरुमा बजेट रकमान्तर गरिएको पनि जानकारी दिए ।


यस्तै महानगरपालिकाको आमसञ्चार माध्यम प्रवद्र्धन तथा नियमन समितिको ऐन २०७८ पनि संशोधन गरेको छ ।
नगर परिषदमा महानगरपालिकाका उपप्रमुख इम्तियाज आलमले न्यायिक समितिको प्रतिवेदन पेश गरेका थिए ।


महानगरप्रमुख राजेशमान सिंहको सभाध्यक्षमा भएको परिषदमा पेश भएका प्रतिवेदनहरु सर्वसम्मत पारित भएका हुन् ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

समाज

सशस्त्र प्रहरी पर्सा द्वारा संचालीत विपद् स्वयंसेवक परिचालन विस्तारित  तालिम समापन

वीरगंज । सशस्त्र प्रहरी बल नेपाल १३ नम्बर हेडक्वार्टरले संचालन गरेको “विपद् स्वयंसेवक परिचालन विस्तारित तालिम ” समापन भएको छ ।

आचार संहिता पालना नगरे नागरिकमा पत्रकारिता प्रतिको विश्वास घट्ने वक्ताहरुको चेतावनी

वीरगन्ज । पत्रकारिता क्षेत्रमा कार्यरत सञ्चारकर्मीहरूले आचारसंहिताको पालना नगरेसम्म पत्रकारिताले आर्जन गरेको विश्वास र साख गुम्ने जोखिम बढ्दै गएको बताएका छन् ।

खेलकुद

वीरगञ्ज प्रिमियर लिगको तेस्रो संस्करणको ट्रफि सार्वजनिक

वीरगन्ज । वीरगञ्जमा ‘टिम आदर्शनगर’ को आयोजनामा हुने वीरगञ्ज प्रिमियर लिगको तेस्रो संस्करण (बीपीएल–३) ट्रफी सार्वजनिक गरिएको छ ।

प्रधानमन्त्री कप क्रिकेटः सुदूरपश्चिम प्रदेशलाई हराउदै मधेस प्रदेश पाँच विकेटले विजयी

वीरगञ्ज । प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत आजको खेलमा मधेस प्रदेश पाँच विकेटले विजयी भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.