logo

जादा जादै महान्यायधीवक्ताले लगाए तोक,अदालतमा बिचराधिन मुद्धालाई प्रभाव पार्ने खेल

 इसीमाना सम्वाददाता     २०७९ माघ ६ गते ०८: ५२ मा प्रकाशित     582   पटक पढिएको

२०७७ कार्तिक ६ मा तत्कालीन नेकपाको बिन्दवासीनी गाउँपालिका कमिटीको शपथगहण कार्यक्रममा पार्टी भित्रको दुईवटा गुटकावीचमा भएको झडपमा परि मुकेश चौरसियाको मृत्यु भएको थियो ।

 


चौरसिया मृत्यु प्रकरणमा नेकपाकै नेताहरुका बिरुद्ध जाहेरी परेको थियो । जिल्ला सरकारी न्यायधीवक्ताको कार्यालय पर्साले एक पक्षबाट राज कुमार गुप्ता, धीरज चौरसिया, वकील गद्दी तथा अर्को पक्षबाट नागेन्द्र चौधरी, रामचन्द्र साह, छोटेलाल यादव, परशुराम साहलगायत सात जनालाई घटनामा संलग्न नभएको भन्दै मुद्दा नचलाउने निर्णय गरेको थियो ।


यही प्रकरणमा पूर्ववर्ती सरकारका महान्यायधीवक्ता खम्व बहादुर खातीले पुष ११ गते थप प्रमाणका आधारमा पूर्न जाहेरी दर्ता गर्न जिल्ला सरकारी न्यायधीवक्ताको कार्यालय पर्सालाई निर्देशन दिएपछि यो बिषय फेरी चर्चामा आएको छ । राष्ट्रपतीको कार्यालयले पुष ११ गते देखी लागू हुने गरि तत्कालानि महान्यायधीवक्ताको राजीनामा स्वीकृत गरेको बिज्ञप्ति जारी गरेको छ ।

 

राजीनामा स्वकृत भएको अवधीमा महान्यायधीवक्ताले दिएको निर्देशनले बैधता नराख्ने एक कानून ब्यवसायीको भनाई छ । महान्याधीवक्ताले पून जाहेरी दर्ताकोलागि निर्देश गरेको भएतापनि कार्यबिधि कानूनले एउटै मुद्धामा पटक पटक जाहेरी दर्ताको प्रवन्ध नरहेको ति कानून ब्यवसायीको भनाई छ । यो मुद्धा अदालतमा बिचराधिन पनि रहेको छ ।

 

बिचाराधिन मुद्धाको सन्दर्भमा शुक्रवार नेपाली कांग्रेसका नेता सुरेन्द्र चौधरी र मृतकका भाई महेश चौरसियाले वीरगंजमा पत्रकार सम्मेलनको आयोजना गरि मुद्धाको अनुसन्धानकालागि माँग गरेका छन ।

 

प्रहरीले दिएको प्रतिवेदनका आधारमा पनि मुद्धाको अभियोजन नभएको भन्दै उनीहरुले न्याय पाउनु पर्ने नागरिक अधिकारको सम्मानकोलागि आग्रह गरेका छन ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

मेडिकल ब्यवसायी दुर्गा प्रसाई साधारण तारेखमा रिहा

बीरगंज ।  ‘राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ महाभियानका संयोजक एवं मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई अदालतले हिरासतमुक्त गर्न आदेश दिएको छ ।

बसको ठक्करबाट जलेश्वरमा पैदल यात्री साहको मृत्यु

बर्दिवास । महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरमा आज बिहान यात्रुवाहक बसले ठक्कर दिँदा एक पैदल यात्रीको मृत्यु भएको छ ।

खेलकुद

मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता शुरु ,पूर्वमन्त्री जयसवालले गरे उद्धघाटन

सिमरा । मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता मंगलबारदेखि सिमरामा सुरु भएको छ । राष्ट्रिय स्तरको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुने खेलाडी छनोट गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो ।

नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगितामाअ आज  चात्यासा फुटबल क्लब र विराटनगर भिड्ने

गोलबजार  । सिरहाको गोलबजार नगरपालिकाद्वारा आयोजित नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो दिनको खेलमा सलहेश युवा क्लब, सिरहा विजयी भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.