logo

प्रेस सेण्टर नेपाल पर्साले संगठनको राष्ट्रिय सम्मेलन वीरगंजमै गर्न केन्द्रलाई गर्यो अनुरोध

 इसीमाना सम्वाददाता     २०७९ माघ १० गते ०४: २५ मा प्रकाशित     516   पटक पढिएको

प्रेस सेण्टर नेपाल पर्साले संगठनको राष्ट्रिय सम्मेलन फागुन १४ देखि १६ गते सम्म वीरगंजमै गर्ने प्रस्ताव केन्द्रीय समितिमा पठाउने निर्णय गरेको छ । सेण्टरको मंगलवार वीरगंजमा बसेको बैठकले यस्तो निर्णय गरेको सेण्टरका जिल्ला अध्यक्ष दीपक गौतमले जानकारी दिए ।

 


माघ १ गते संगठनका उपाध्यक्ष त्रिभुवन पौडेल र सदस्य अनिल शाहीको विमान दुर्घटनामा परेर निधन भएपछि माघ १४, १५ र १६ गते वीरगन्जमा आयोजना हुने पूर्व निर्धारित राष्ट्रिय भेला स्थगित गरिएको थियो । उक्त भेला एक महिनापछि फागुन १४, १५ र १६ गते गर्न केन्द्रलाई प्रस्ताव गर्ने निर्णय सेण्टरको आजको बैठकले गरेको हो ।

 


बैठकले प्रेस सेण्टरका उपाध्यक्ष त्रिभुवन पौडेल र पोखरा महानगरपालिका सदस्य अनिल शाहीको विमान दुर्घटनमा परी निधन भएको १३ औं दिनको पुण्य तिथिमा श्रद्धाञ्जली सभाको आयोजना गर्ने निर्णय गरेको छ ।

माघ १३ गते नेपाल पत्रकार महासंघको सभाकक्षमा प्रेस सेण्टर पर्सा जिल्ला समन्वय समितिले श्रद्धाञ्जली सभाको आयोजना गर्ने निर्णय गरेको सेण्टरका अध्यक्ष दीपक गौतमले जानकारी दिए । त्यस्तै बैठकले माघ १५ गते संगठनको स्थापना दिवस पनि मनाउने निर्णय गरेको छ ।

 

स्थापना दिवसको अवसरमा रक्तदान कार्यक्रमको आयोजना गर्ने निर्णय गरेको अध्यक्ष गौतमले बताए ।

 

अध्यक्ष दीप गौतमको अध्यक्षतमा बसेको बैठकमा केन्द्रीय उपाध्यक्ष गोविन्द देवकोटा, केन्द्रीय सचिव एवं राष्ट्रिय समाचार समिति वीरगन्जका प्रमुख राजु विश्वकर्मा, केन्द्रीय सदस्य नीरज पिठाकोटे मगर, जगत राई, प्रदेश सचिव मूनेश लायो मगर, सदस्य अशोक श्रीवास्तव, सञ्जीप गुप्ता, जिल्ला उपाध्यक्ष कृष्णमोहन साह, कोषाध्यक्ष विदुर गौतम, सदस्य प्रणय साह लगायतको उपस्थिति रहेको थियो ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

मेडिकल ब्यवसायी दुर्गा प्रसाई साधारण तारेखमा रिहा

बीरगंज ।  ‘राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ महाभियानका संयोजक एवं मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई अदालतले हिरासतमुक्त गर्न आदेश दिएको छ ।

बसको ठक्करबाट जलेश्वरमा पैदल यात्री साहको मृत्यु

बर्दिवास । महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरमा आज बिहान यात्रुवाहक बसले ठक्कर दिँदा एक पैदल यात्रीको मृत्यु भएको छ ।

खेलकुद

मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता शुरु ,पूर्वमन्त्री जयसवालले गरे उद्धघाटन

सिमरा । मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता मंगलबारदेखि सिमरामा सुरु भएको छ । राष्ट्रिय स्तरको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुने खेलाडी छनोट गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो ।

नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगितामाअ आज  चात्यासा फुटबल क्लब र विराटनगर भिड्ने

गोलबजार  । सिरहाको गोलबजार नगरपालिकाद्वारा आयोजित नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो दिनको खेलमा सलहेश युवा क्लब, सिरहा विजयी भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.