logo

आचार्यलाई मर्न बाध्य बनाउनेहरुलाई कारवाही गर्न खेलकुद महासंघको माँग

 इसीमाना सम्वाददाता     २०७९ माघ १२ गते ०७: १२ मा प्रकाशित     1132   पटक पढिएको

वीरगंज । नेकपा एमाले निकटको नेपाल खेलकुद महासंघ वीरगंज महानगर कमिटिले वीरगंजमा प्रदर्शन गरेको छ । मंगलबार आत्मदाहको प्रयास गरेका प्रेमप्रसाद आचार्यको बुधवार उपचारको क्रमा मृत्यु भएको घटनालाई लिएर महासंघ सडकमा उत्रिएको हो ।

 


महासंघले आचार्यलाई श्रद्धाञ्जली दिन र सरकारलाई खवरदारी गर्नकालागि प्रर्दशन गरिएको महासंघ महानगरका अध्यक्ष श्याम रौनीयारले जानकारी दिए ।

 

स्वदेशमै केही गर्ने भनेर लागेका उनलाई राज्य र नीजि क्षेत्रले ‘मर्न बाध्य पारेको’ भन्दै नेपाल खेलकुद महासंघ वीरगंज महानगर कमिटिले प्रदर्शन गरेको हो। उनीहरूले बिहिवार बेलुका ४ बजे देखि वीरगंज घन्टाघर देखि आदर्शनगर सम्म प्रदर्शन गरेका थिए।

 

प्रदर्शनमा वीरगंजका युवाहरु लगायत विभिन् संघ संस्थाका युवाहरुको पनि सहभागी रहेको थियो । सामाजिक सञ्जाल फेसबुकमा लामो विज्ञप्ति लेख्दै आर्चायले मंगलबार नयाँ बानेश्वरस्थित संसद् भवन अगाडि आत्मदाहको प्रयास गरेका थिए।

 

उनको उपचारका क्रममा बुधबार बिहान कीर्तिपुरस्थित बर्न अस्पतालमा निधन भएको हो।

यस प्रति नेपाल खेलकुद महासंघ वीरगंज महानगर कमिटीले आत्मदा गर्न बाध्य बनाउने दोषीलाई कानूनकोदायरामा ल्याएर काववाही गर्न माँग गर्दै जिल्ला प्रशासन कार्यालय पर्सा मार्फत प्रधानमंत्री तथा मंत्रीपरिषदको कार्यालयमा ज्ञापन पत्र बुझाइएको छ ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

समाज

निजगढ नगरपालिका–९ पश्चिम लच्कामा  मोटरसाइकल ठोक्किँदा दुईको मृत्यु

निजगढ ।  पूर्वपश्चिम राजमार्गअन्तर्गत बाराको निजगढमा बुधवार दिउँसो दुई मोटरसाइकल एकापसमा ठोक्किँदा दुवै मोटरसाइकलका चालकको मृत्यु भएको छ ।

तिर्थ स्मृति प्रतिष्ठानद्वारा बरिष्ठ समाजसेवी बख्रेल सम्मानीत

काठमाण्डौ । बरिष्ठ समाजसेवी चन्द्रप्रसाद बख्रेल तिर्थ स्मृति प्रतिष्ठान नेपालबाट सम्मानीत भएका छन ।  काठमाण्डौ सामाखुशी स्थित लिंकन कलेजमा मंगलवार आयोजीत एक कार्यक्रका वीच उनलाई सम्मान गरिएको हो ।

खेलकुद

गोलबजार मेयर गोल्ड कप चैत तेस्रो सातादेखि, बिजेताले ४ लाख ४४ हजार ४ सय ४४ रुपैया पुरस्कार पाउने

गोबजार ।  नवौँ संस्करणको मेयर गोल्ड कप फुटबल प्रतियोगिता चैत २३ देखि २९ गतेसम्म सञ्चालन हुने भएको छ । गोलबजार नगरपालिकाले पत्रकार सम्मेलनमार्फत प्रतियोगिताको तालिका सार्वजनिक गरेको हो ।

वीरगञ्ज प्रिमियर लिगको तेस्रो संस्करणको ट्रफि सार्वजनिक

वीरगन्ज । वीरगञ्जमा ‘टिम आदर्शनगर’ को आयोजनामा हुने वीरगञ्ज प्रिमियर लिगको तेस्रो संस्करण (बीपीएल–३) ट्रफी सार्वजनिक गरिएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.