logo

सांसद यादवले झुट बोलेर सदनलाई नै भ्रममा पारे 

      6/11/2020 गते 00 00 मा प्रकाशित     3385   पटक पढिएको

पर्सा क्षेत्र नम्बर १ का सांसद प्रदिप यादवले प्रतिनिधिसभा सांसदमा भूmटो बोलेर सदनलाई नै भ्रममा पार्नुभएको छ । संघीय संसदको प्रतिनिधिसभामा बजेटको विषयमा चलेको छलफलमा बोल्दै सांसद यादवले कोरोना भाईरस संक्रमण रोकथाम र नियन्त्रणका लागि सरकारले १० अर्ब खर्च गरेको हिसाबको जानकारी माग्ने क्रममा वीरगन्ज महानगरपालिकाले घर घरमा चन्दा मागेको भन्दै सदनमा झुटो बोल्नु भएको छ ।

वीरगन्जको नारायणी अस्पतालको मातहतमा निजी अस्पताललाई कोभिड अस्पताल बनाएर त्यसको व्यावस्थापन वीरगन्ज महानगरपालिकाले गर्दै आएको र केन्द्र सरकारले खर्च नदिएको भन्दै घर घरमा चन्दा मागेको भनेर सांसद यादवले सदनमा नै झुट बोलेका हो ।

उहाँले भन्नुभएको छ, “सरकारले कोभिड १९ को नियन्त्रणका लागि १० अर्ब खर्च भयो भनेर मिडियामा आईरहेको छ । त्यो त्यो त्यति बढी रकम के के मा खर्च भयो ? सम्मानित सदनलाई कहिले जानकारी हुन्छ ? र सरकारले कोभिड १९ अस्पताल वीरगन्ज नारायणी अस्पतालको पार्टको रुपमा एउटा प्राईभेट अस्पताल गण्डकलाई बनायो  ? तर, खर्च चाहिँ भनिरहेको छ कि स्थानीय निकायले तिर्छ । तर, स्थानीय निकायले के भन्छ भने संघले मलाई एक रुपैया पठाएको छैन ।
 

त्यसैले अहिले वीरगन्ज बजारमा स्थानीय निकायले चन्दा घर घरमा गएर मागी रहेको छ । किनकी यहाँको नागरिकलाई बचाउनको निमित्त संघ तयार भएन र अब नागरिकले नै पैसाको व्यावस्था गर्नुपर्ने यो बारेमा सम्माननीय प्रधानमन्त्रीको जवाफ चाहियो धन्यवाद !”

सांसद यादवको उक्त भनाईले सदनमा भूट बोलेको देखिएको छ । किनभने वीरगन्ज महानगरपालिकाले सार्वजनिक सूचना मार्फत नै आह्वान गरेको छ । सार्वजनिक सूचना मार्फत आह्वान गरेकै ले अहिले वीरगन्ज महानगरपालिकामा व्यक्तिदेखि विभिन्न संघ संस्थाहरुले कोरोना कोषमा सहयोग गरिरहेका छन् ।

सार्वजनिक सूचना मार्फत आह्वान गरेको विषयलाई पनि जनताको उच्च आस्था बोकेको सम्मानित सदनमा घर घरमा गएर चन्दा उठाएको भनी भूmट बोलेर सम्मानित सदनलाई नै भ्रममा राख्ने प्रयास गर्नुभएको छ । एकजना जनताको जनप्रतिनिधिले सम्मानित सदनमा अर्को सरकारको विषयमा यसरी भूmटो बोलेर बदनाम गर्न खोज्नु पदीय मर्यादा विपरीतको कार्य पनि हो । 
 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

भारतको लद्दाखमा राज्यको माग र स्वायत्तताका लागि चर्कियो आन्दोलन,४ को मृत्यु,भाजपा कार्यालयमा आगजनी

लेह ।  लद्दाखमा राज्यको माग र छैठौँ अनुसूचीमा समावेश गर्नुपर्ने आन्दोलन तीव्र बनेको छ।

प्रवासी नेपाली मंच स्लोभाकियाको अध्यक्षमा रुद्र किसन चयन

बेल्जियम । प्रवासी नेपाली मन्च स्लोभाकियाले रुद्र किसनलाई मन्चको अध्यक्ष चुनेको छ । मन्चको प्रथम अनलाइन भेलाले किसनको अध्यक्षतामा नयाँ कार्यसमिति चुनेको हो। भेलाले  ३१ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो।

समाज

पत्रकार कर्णमाथि भएको आक्रमणप्रति महासंघको गम्भीर ध्यानाकर्षण, दोषीमाथि कडा कारबाहीको माग

जनकपुरधाम । नेपाल पत्रकार महासंघ मधेश प्रदेश समितिले पत्रकार राजेश कर्णमाथि भएको शारीरिक आक्रमणप्रति गम्भीर ध्यानाकर्षण जनाउँदै घटनाको तीव्र निन्दा गरेको छ।

मधेश प्रदेश प्रहरी प्रमुख डीआईजी थपलियाको निर्देशन, अपराध नियन्त्रणमा कुनै सम्झौता हुँदैन

वीरगन्ज। मधेश प्रदेश प्रहरी प्रमुख डीआईजी गोविन्द थपलियाले मातहतका प्रहरी अधिकृतहरूलाई संगठनको अनुशासन र अपराध नियन्त्रणमा पूर्ण प्रतिबद्ध रहन कडा निर्देशन दिएका छन्।

खेलकुद

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।

वीरगंज युनाइटेडलाई टाइब्रेकरमा हराउँदै प्रतिभा युवा क्लब फाइनलमा प्रवेश

ठोरी ।स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा जारी चौथो ठोरी गोल्डकप–२०८२ अन्तर्गत हिजो सम्पन्न दोस्रो सेमिफाइनल खेलमा आयोजक प्रतिभा युवा क्लब बिजयबस्तीले वीरगंज युनाइटेडलाई रोमाञ्चक टाइब्रेकरमा पराजित गर्दै फाइनलमा स्थान सुनिश्चित गरेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.