logo

कोरोना संक्रमण रोकथामको बिषयमा राजनीतिक दलको चासो,जसलिने होडमा वहियातको प्रचारबाजी

      6/11/2020 गते 00 00 मा प्रकाशित     1367   पटक पढिएको

पर्साका राष्ट्रीय राजनीतिक दलले आज समाजका बिभिन्न सरोकार समुहका प्रतिनिधिहरुलाई बोलाएर कोभिड बिरुद्धको लडाईको पर्साको अवस्था र आगामी दिनमा चाल्नु पर्ने कदमका बारेमा सुझाव लिएको छ ।

 

जिल्ला समन्वय समिति पर्साका सभापति नेक महम्द अन्सारीको अध्यक्षतामा भएको बैठकमा बिभिन्न संस्थाबाट प्रतिनिधित्व गरेका ब्यक्तिहरुले अहिले सम्मको अवस्था बिश्लेषणका साथ आगामी दिनमा चाल्नु पर्ने कदमको बारेमा सुझाव दिएका थिए । 


राजनीतिक दल तथा बिभिन्न संस्थाहरुले बीरगंज महानगरपालिकाले पिसीआर खरिदकालागि अगाडि सारेको प्रक्रियाको बारेमा चासो राखेका थिए ।

 

प्रदेश सरकारले पिसीआर मेशिन दिने भनिरहेको बेलामा महानगरले चन्दा उठाएर पिसीआर किन्नु उचित होला र ? भन्ने प्रश्नहरु पनि उठाइएको थियो ।

 

बैठकमा पिसीआर मेशिनको आवशयकताको बिषयमा सम्बन्धीत क्षेत्रका ब्यक्तिहरुले प्रष्ट पार्ने भएकोले चिकित्सक र अस्पताल संचालकलाई समेत बोलाइएको नेपाली कांग्रेस पर्साका सभापति अजय कुमार द्विवेदीले बताउनु भयो ।

 

पिसीआर मेशिन प्राविधिक कुरा भयो त्यस बिषयमा चिकित्सकको राय आवश्यक ठानेर उहाँहरुलाई बोलाइएको थियो उहाँले भन्नु भयो “उहाँहरुको कुरा सुन्दा पिसीआर मेशिनको आवश्यकता रहेको छ भन्ने बुझिएको छ । 


गण्डक अस्पताललाई कोभिड अस्पतालको रुपमा संचालन गरेर महानगरले आफनो स्रोत र साधन खर्च गरेको भन्दै असन्तोष समेत ब्यक्त गरिएको थियो ।

 

तर कोभिड अस्पताल ब्यवस्थापनको  जिम्मेवारी पाएको प्रदेश सरकारले आफनो दायित्व निर्वाह नगर्दा महानगरले नागरिकको जीवन रक्षाकालागि त्यतीबेला चालेको कदम ठिक रहेको नेकपा पर्साका अध्यक्ष प्रभू हजराले बताउनु भयो । कोभिड अस्पताल संचालनको आर्थिक दायित्वबाट महानगरलाई अलग पार्नु पर्छ त्यसकोलागि सर्वदलीय प्रयास गरिने उहाँले बताउनु भयो । 


बैठकमा, क्रेडीट लिने बिषयमा कतिपय जिम्मेवार  ब्यक्तिहरुले गरेको  हल्का टिप्पणी र कामले संकटलाई ब्यवस्थापन र नागरिकको सुरक्षाको काम ठोस हुन नसकेको बिचार समेत ब्यक्त गरिएको थियो ।

 

कोरोना बिरुद्धको एकिकृत लडार्इको आवश्यकता रहेको बेला जसलिने होडमा केही जिम्मेवार मान्छेहरु वहियातको प्रचारबाजीमा लागेको बिचार ब्यक्त गरिएको थियो ।

 

 हिजोका दिनमा बिभिन्न पक्षबाट कमजोरी भए अव त्यसलाई सच्याएर अगाडि बढने हो जनता समाजवादी पार्टीका अध्यक्ष रामनरेश यादवले भन्नु भयो। अव कोभिड अस्पतालको संचालन, आइसोलेशन र क्वारेन्टिनको ब्यवस्थापनको बिषयमा राजनीति क्षेत्रबाट लिनु पर्ने पहलकदमीकालागि आफूहरु क्रियाशिल हुने बताउनु भयो । 


बैठकमा पिसीआर मेशिनको खरिद त्यसको संचालनकालागि चाहिने भिटिएम किट,रिएजेन्ट र जनशक्ति ब्यवस्थापनका बिषयमा महानगरको तयारीका बिषयमा आवश्यक जानकारी लिएर अगाडि बढने नेपाली कांग्रेस पर्साका सभापति द्विवेदीले बताउनु भयो । 


बैठकमा नेपाल पत्रकार महासंघ प्रदेश २ का अध्यक्ष दीपेन्द्र चौहान, उपाध्यक्ष के.सी.लामिछाने,नेशनल मेडिकल कलेजका प्रवन्ध निर्देशक बसरुद्धिन अन्सारी, डा. निरज सिंह, डा. उदयनारायण सिंह नेपाली कांग्रेस पर्साका सचिव श्याम पटेल जनता समाजवादी पार्टी पर्साका सचिव तवरेज अहमद, नेपाल शिक्षक महासंघ पर्साका सचिव बिनोद गिरी, नागरिक समाजका अगुवा डा.दीपक शाक्य , बीरगंज महानगरपािलका स्वास्थ्य महाशाखा प्रमुख अरुण कुमार महतोे जिल्ला जनस्वासथ्य कार्यालय पर्साका अधिकृत जयमोद ठाकुर लगायतले अहिलेको अवस्था र आगामी दिनमा चाल्नु पर्ने कदमका बारेमा आ आफ्ना सुझावहरु राख्नु भएको थियो । 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

समाज

सशस्त्र प्रहरी पर्सा द्वारा संचालीत विपद् स्वयंसेवक परिचालन विस्तारित  तालिम समापन

वीरगंज । सशस्त्र प्रहरी बल नेपाल १३ नम्बर हेडक्वार्टरले संचालन गरेको “विपद् स्वयंसेवक परिचालन विस्तारित तालिम ” समापन भएको छ ।

आचार संहिता पालना नगरे नागरिकमा पत्रकारिता प्रतिको विश्वास घट्ने वक्ताहरुको चेतावनी

वीरगन्ज । पत्रकारिता क्षेत्रमा कार्यरत सञ्चारकर्मीहरूले आचारसंहिताको पालना नगरेसम्म पत्रकारिताले आर्जन गरेको विश्वास र साख गुम्ने जोखिम बढ्दै गएको बताएका छन् ।

खेलकुद

वीरगञ्ज प्रिमियर लिगको तेस्रो संस्करणको ट्रफि सार्वजनिक

वीरगन्ज । वीरगञ्जमा ‘टिम आदर्शनगर’ को आयोजनामा हुने वीरगञ्ज प्रिमियर लिगको तेस्रो संस्करण (बीपीएल–३) ट्रफी सार्वजनिक गरिएको छ ।

प्रधानमन्त्री कप क्रिकेटः सुदूरपश्चिम प्रदेशलाई हराउदै मधेस प्रदेश पाँच विकेटले विजयी

वीरगञ्ज । प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत आजको खेलमा मधेस प्रदेश पाँच विकेटले विजयी भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.