logo

अबको राष्ट्रपति एमालेको उम्मेदवार नै बन्ने पक्काः एमाले उपमहासचिव गुरुङ्ग

 इसीमाना सम्वाददाता     २०७९ माघ २९ गते १०: ४२ मा प्रकाशित     522   पटक पढिएको

वीरगंज । नेपाल कम्युनिष्ट पार्टी एमालेका उप महासचिव पृथ्वी सुब्बा गुरुङले अबको राष्ट्रपति एमालेको उम्मेदवार नै बन्ने बताए।

आइतवार वीरगंजमा आयोजित प्रेस चौतारी नेपालको संगठन सुदृढीकरण कार्यशाला गोष्ठि लाई सम्बोधन गर्दै उप महासचिव गुरुङले पुस १० मा सत्तागठबन्धन दलबीच भएको सहमति अनुसार राष्ट्रपति एमालेकै बन्ने बताएका हुन।

 

राष्ट्रपतिको निर्वाचनपछि सत्तागठबन्धन टुट्ने हल्ला हौवा मात्रै भएको उप महासचिव गुरुङले बताए।

उप महासचिव गुरुङले पुष १० मा एमाले र माओवादीबीच भएको सहमतिमा प्रधानमन्त्री र सभामुख आलोपालो हुने तथा राष्ट्रपति एमालेले पाउने सहमति भएको थियो र सोही अनुरूप राष्ट्रपति एमालेकै उम्मेदवार हुने जनाए ।

माओवादी केन्द्रको हालैको बैठकले पनि एमाले सहितको राष्ट्रिय सहमति खोज्ने निर्णय गरेकाले सत्तागठबन्धनबाट एमालेले अगाडि सार्ने उम्मेदवार नै राष्ट्रपति बन्ने उप महासचिव गुरुङले बताए ।

 

उप महासचिव गुरुङले दल बाहिरको व्यक्तिलाई राष्ट्रपति बनाउने कुरा एमालेलाई स्वीकार्य नहुने जनाए।

एमालेले अहिलेको सत्ता गठबन्धनलाई टिकाएर मुलुकमा राजनीतिक स्थायित्व, विकास र समृद्धिको बाटोमा अगाडि बढाउने उप महासचिव गुरुङले बताए।

 

गण्डकी प्रदेशका पूर्वमुख्यमन्त्री समेत रहेका गुरुङले राष्ट्रिय स्वतन्त्र पार्टीलाई पुन सरकारमा फर्काउने, जनता समाजवादी पार्टी र नागरिक उन्मुक्ति पार्टीलाई पनि सरकारमा सामेल गराउने तयारी भइरहेको बताए।

 

गुरुङले सुदूरपश्चिम प्रदेशमा फेरि एमालेकै सरकार बन्ने परिस्थिति बन्दै गएको जनाए। कार्यक्रममा नेकपा एमालेको जनसंगठन संयन्त्रका संयोजक पूर्व स्वास्थ्यमंत्री भानुभक्त ढकालले संकगठलाई कामकाजी बनाउन आवश्यक रहेको बताए । उनले प्रेस चौतारी नेपालचुस्त दुरुस्त रुपमा संचालन गर्नकालागि कतिपय संरचनागत सुधार आवश्यक रहेको बताए ।

 


नेकपा एमालेका प्रचार बिभागका उउ्रमुख बिष्णु रिजाल,जनसंगठन संयन्त्रका सह संयोजक रचना खडका , केन्द्रीय सदस्य अरविन्द सिंह नेकपा एमाले पर्साका अध्यक्ष जयप्रकाश थारु नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य के.सी लामिछाने लगायतले शुभकामना मन्तब्य ब्यक्त गरेका थिए ।

 

प्रेस चौतारी नेपालका केन्द्रीय अध्यक्ष गणेश बस्नेतको अध्यक्षतामा भएको कार्यक्रम प्रेस चौतारी नेपालका महासचिव हिरामना लामाले संचालन र पर्साका अध्यक्ष श्याम बन्जाराले स्वागत भाषण गरेका थिए ।


कार्यशालमा केन्द्रीय सचिवालयको तर्फबाट आधारपत्र प्रस्तुत गरिएको थियो । आधारपत्रमा ७ वटा समुह बनाई छलफल गरि प्रस्तुती गरिएको थियो । सोमवार प्रेस चौतारी नेपालको केन्द्रीय समितिको बैठक बस्ने कार्यसूची रहेको महासचिव हिरामान लामाले बताए ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

भारतको लद्दाखमा राज्यको माग र स्वायत्तताका लागि चर्कियो आन्दोलन,४ को मृत्यु,भाजपा कार्यालयमा आगजनी

लेह ।  लद्दाखमा राज्यको माग र छैठौँ अनुसूचीमा समावेश गर्नुपर्ने आन्दोलन तीव्र बनेको छ।

प्रवासी नेपाली मंच स्लोभाकियाको अध्यक्षमा रुद्र किसन चयन

बेल्जियम । प्रवासी नेपाली मन्च स्लोभाकियाले रुद्र किसनलाई मन्चको अध्यक्ष चुनेको छ । मन्चको प्रथम अनलाइन भेलाले किसनको अध्यक्षतामा नयाँ कार्यसमिति चुनेको हो। भेलाले  ३१ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो।

समाज

पत्रकार कर्णमाथि भएको आक्रमणप्रति महासंघको गम्भीर ध्यानाकर्षण, दोषीमाथि कडा कारबाहीको माग

जनकपुरधाम । नेपाल पत्रकार महासंघ मधेश प्रदेश समितिले पत्रकार राजेश कर्णमाथि भएको शारीरिक आक्रमणप्रति गम्भीर ध्यानाकर्षण जनाउँदै घटनाको तीव्र निन्दा गरेको छ।

मधेश प्रदेश प्रहरी प्रमुख डीआईजी थपलियाको निर्देशन, अपराध नियन्त्रणमा कुनै सम्झौता हुँदैन

वीरगन्ज। मधेश प्रदेश प्रहरी प्रमुख डीआईजी गोविन्द थपलियाले मातहतका प्रहरी अधिकृतहरूलाई संगठनको अनुशासन र अपराध नियन्त्रणमा पूर्ण प्रतिबद्ध रहन कडा निर्देशन दिएका छन्।

खेलकुद

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।

वीरगंज युनाइटेडलाई टाइब्रेकरमा हराउँदै प्रतिभा युवा क्लब फाइनलमा प्रवेश

ठोरी ।स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा जारी चौथो ठोरी गोल्डकप–२०८२ अन्तर्गत हिजो सम्पन्न दोस्रो सेमिफाइनल खेलमा आयोजक प्रतिभा युवा क्लब बिजयबस्तीले वीरगंज युनाइटेडलाई रोमाञ्चक टाइब्रेकरमा पराजित गर्दै फाइनलमा स्थान सुनिश्चित गरेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.