logo

दुई तिहाइ भन्दा बढी मतले संविधान संशोधन विधेयक पारित, राष्ट्रियतामा अभुतपूर्व एकता 

      6/13/2020 गते 00 00 मा प्रकाशित     1159   पटक पढिएको

काठमाडौं, ३० जेठ २०७७ । प्रतिनिधि सभाले दुई तिहाइ भन्दा बढी मतले संविधान संशोधन विधेयक पारित गरेको छ।

नेपालको संविधानको अनुसूची–३ मा उल्लेखित निशान छापमा नेपालको नक्शा पनि अंकित भएको कारण लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्र समेटेर नयाँ नक्शा जारी गरेपछि संविधान संशोधन गर्नु परेको हो।

आजको बैठकमा कानून, न्याय तथा संसदीय मामिलामन्त्री डा‍. शिवमाया तुम्बाहाङ्फेले पेश गरेको विधेयक पारित भएको हो।

सभामुख अग्निप्रसाद सापकोटाले नेपालको संविधान (दोस्रो संशोधन) विधेयक पारित भएको घोषणा गरेका छन्।

संविधान संशोधन विधेयक पारित गर्नको लागि भएको मतदानमा संविधान संशोधनको पक्षमा २५८ मत परेको थियो। उक्त मत तत्काल संसद‍्मा कायम रहेको सांसदहरूको संख्याको दुई तिहाइ भन्दा बढी हो।

सभाभुखले संविधान संशोधन विधेयक पारित भएको घोषणा गर्दा संसद्‌मा तालीको गडगडाहट चलेको थियो।

प्रतिनिधि सभाबाट पारित भएको संविधान संशोधन प्रस्ताव राष्ट्रिय सभाले पनि पारित गरेर राष्ट्रपतिले प्रमाणित गरेपछि सरकारले जारी गरेको नयाँ नक्शा संविधानको अङ्ग बन्छ।

सरकारले दर्ता गरेको नेपालको संविधान ९दोस्रो संशोधन० विधेयकको प्रस्तावमा सांसद सरिता गिरीले संशोधनको प्रस्ताव दर्ता गराएकी भएपनि सभामुख अग्निप्रसाद सापकोटाले उनको संशोधन प्रस्ताव अस्वीकृत गरिदिएका थिए।

आफ्नो संशोधन प्रस्ताव अस्वीकृत भएपछि गिरी संसद् बैठक छाडेर बाहिरिएकी थिइन्।

आजको बैठकको शुरूमा कानूनमन्त्री तुम्बाहाङ्फेले संविधान संशोधन प्रस्तावमाथि दफावार छलफल गरियोस् भन्ने प्रस्ताव गरेकी थिइन्। उक्त छलफल प्रस्तावमा भाग लिँदै सांसदहरूले नेपालको भौगोलिक अखण्डता कायम गर्नेबारे महत्वपूर्ण प्रस्ताव आज पारित हुन लागेको बताएका थिए।

सांसदहरूको छलफल सकिएपछि कानूनमन्त्री तुम्बाहाङ्फेले सभामा उठेका प्रश्नको जवाफ दिएकी थिइन्। त्यसपछि उक्त विधेयक पारित गरियोस् भन्ने अर्को प्रस्ताव कानूनमन्त्री तुम्बाहाङ्फेले राखेकी थिइन्।

र, त्यसपछि मत विभाजन गरिएको थियो। सरकारले ७ जेठमा नेपालको राजनीतिक नक्शा जारी गरेको थियो। जसमा पश्चिममा भारतले अतिक्रमण गरेको लिम्पियाधुरासम्मको भूभाग समेटिएको छ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

मेडिकल ब्यवसायी दुर्गा प्रसाई साधारण तारेखमा रिहा

बीरगंज ।  ‘राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ महाभियानका संयोजक एवं मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई अदालतले हिरासतमुक्त गर्न आदेश दिएको छ ।

बसको ठक्करबाट जलेश्वरमा पैदल यात्री साहको मृत्यु

बर्दिवास । महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरमा आज बिहान यात्रुवाहक बसले ठक्कर दिँदा एक पैदल यात्रीको मृत्यु भएको छ ।

खेलकुद

मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता शुरु ,पूर्वमन्त्री जयसवालले गरे उद्धघाटन

सिमरा । मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता मंगलबारदेखि सिमरामा सुरु भएको छ । राष्ट्रिय स्तरको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुने खेलाडी छनोट गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो ।

नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगितामाअ आज  चात्यासा फुटबल क्लब र विराटनगर भिड्ने

गोलबजार  । सिरहाको गोलबजार नगरपालिकाद्वारा आयोजित नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो दिनको खेलमा सलहेश युवा क्लब, सिरहा विजयी भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.