logo

दुई तिहाइ भन्दा बढी मतले संविधान संशोधन विधेयक पारित, राष्ट्रियतामा अभुतपूर्व एकता 

      6/13/2020 गते 00 00 मा प्रकाशित     1044   पटक पढिएको

काठमाडौं, ३० जेठ २०७७ । प्रतिनिधि सभाले दुई तिहाइ भन्दा बढी मतले संविधान संशोधन विधेयक पारित गरेको छ।

नेपालको संविधानको अनुसूची–३ मा उल्लेखित निशान छापमा नेपालको नक्शा पनि अंकित भएको कारण लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्र समेटेर नयाँ नक्शा जारी गरेपछि संविधान संशोधन गर्नु परेको हो।

आजको बैठकमा कानून, न्याय तथा संसदीय मामिलामन्त्री डा‍. शिवमाया तुम्बाहाङ्फेले पेश गरेको विधेयक पारित भएको हो।

सभामुख अग्निप्रसाद सापकोटाले नेपालको संविधान (दोस्रो संशोधन) विधेयक पारित भएको घोषणा गरेका छन्।

संविधान संशोधन विधेयक पारित गर्नको लागि भएको मतदानमा संविधान संशोधनको पक्षमा २५८ मत परेको थियो। उक्त मत तत्काल संसद‍्मा कायम रहेको सांसदहरूको संख्याको दुई तिहाइ भन्दा बढी हो।

सभाभुखले संविधान संशोधन विधेयक पारित भएको घोषणा गर्दा संसद्‌मा तालीको गडगडाहट चलेको थियो।

प्रतिनिधि सभाबाट पारित भएको संविधान संशोधन प्रस्ताव राष्ट्रिय सभाले पनि पारित गरेर राष्ट्रपतिले प्रमाणित गरेपछि सरकारले जारी गरेको नयाँ नक्शा संविधानको अङ्ग बन्छ।

सरकारले दर्ता गरेको नेपालको संविधान ९दोस्रो संशोधन० विधेयकको प्रस्तावमा सांसद सरिता गिरीले संशोधनको प्रस्ताव दर्ता गराएकी भएपनि सभामुख अग्निप्रसाद सापकोटाले उनको संशोधन प्रस्ताव अस्वीकृत गरिदिएका थिए।

आफ्नो संशोधन प्रस्ताव अस्वीकृत भएपछि गिरी संसद् बैठक छाडेर बाहिरिएकी थिइन्।

आजको बैठकको शुरूमा कानूनमन्त्री तुम्बाहाङ्फेले संविधान संशोधन प्रस्तावमाथि दफावार छलफल गरियोस् भन्ने प्रस्ताव गरेकी थिइन्। उक्त छलफल प्रस्तावमा भाग लिँदै सांसदहरूले नेपालको भौगोलिक अखण्डता कायम गर्नेबारे महत्वपूर्ण प्रस्ताव आज पारित हुन लागेको बताएका थिए।

सांसदहरूको छलफल सकिएपछि कानूनमन्त्री तुम्बाहाङ्फेले सभामा उठेका प्रश्नको जवाफ दिएकी थिइन्। त्यसपछि उक्त विधेयक पारित गरियोस् भन्ने अर्को प्रस्ताव कानूनमन्त्री तुम्बाहाङ्फेले राखेकी थिइन्।

र, त्यसपछि मत विभाजन गरिएको थियो। सरकारले ७ जेठमा नेपालको राजनीतिक नक्शा जारी गरेको थियो। जसमा पश्चिममा भारतले अतिक्रमण गरेको लिम्पियाधुरासम्मको भूभाग समेटिएको छ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

भारतको लद्दाखमा राज्यको माग र स्वायत्तताका लागि चर्कियो आन्दोलन,४ को मृत्यु,भाजपा कार्यालयमा आगजनी

लेह ।  लद्दाखमा राज्यको माग र छैठौँ अनुसूचीमा समावेश गर्नुपर्ने आन्दोलन तीव्र बनेको छ।

प्रवासी नेपाली मंच स्लोभाकियाको अध्यक्षमा रुद्र किसन चयन

बेल्जियम । प्रवासी नेपाली मन्च स्लोभाकियाले रुद्र किसनलाई मन्चको अध्यक्ष चुनेको छ । मन्चको प्रथम अनलाइन भेलाले किसनको अध्यक्षतामा नयाँ कार्यसमिति चुनेको हो। भेलाले  ३१ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो।

समाज

पत्रकार कर्णमाथि भएको आक्रमणप्रति महासंघको गम्भीर ध्यानाकर्षण, दोषीमाथि कडा कारबाहीको माग

जनकपुरधाम । नेपाल पत्रकार महासंघ मधेश प्रदेश समितिले पत्रकार राजेश कर्णमाथि भएको शारीरिक आक्रमणप्रति गम्भीर ध्यानाकर्षण जनाउँदै घटनाको तीव्र निन्दा गरेको छ।

मधेश प्रदेश प्रहरी प्रमुख डीआईजी थपलियाको निर्देशन, अपराध नियन्त्रणमा कुनै सम्झौता हुँदैन

वीरगन्ज। मधेश प्रदेश प्रहरी प्रमुख डीआईजी गोविन्द थपलियाले मातहतका प्रहरी अधिकृतहरूलाई संगठनको अनुशासन र अपराध नियन्त्रणमा पूर्ण प्रतिबद्ध रहन कडा निर्देशन दिएका छन्।

खेलकुद

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।

वीरगंज युनाइटेडलाई टाइब्रेकरमा हराउँदै प्रतिभा युवा क्लब फाइनलमा प्रवेश

ठोरी ।स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा जारी चौथो ठोरी गोल्डकप–२०८२ अन्तर्गत हिजो सम्पन्न दोस्रो सेमिफाइनल खेलमा आयोजक प्रतिभा युवा क्लब बिजयबस्तीले वीरगंज युनाइटेडलाई रोमाञ्चक टाइब्रेकरमा पराजित गर्दै फाइनलमा स्थान सुनिश्चित गरेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.