logo

चुनवाको परिणाम सार्वजनीक पछि नेविसंघले लगायो ताला, शैक्षीक वतावरण नबिगार्न अखिलको अपिल

 इसीमाना सम्वाददाता     २०७९ चैत ६ गते ०७: २८ मा प्रकाशित     752   पटक पढिएको

वीरगञ्ज । वीरगञ्ज नर्सिङ क्याम्पसमा स्ववियु निर्वाचनको परिणाम सार्वजनीक भएपछि नेपाल बिद्यार्थी संघले क्याम्पस प्रशासनको कार्यकक्षमा तालाबन्दी गरेको छ ।


हिजो भएको स्ववियु चुनावबाट अध्यक्षमा मानिषा चौधरी र प्रत्यक्षतर्फ एक सदस्यबाहेक सबै अनेरास्ववियुका उम्मेदवार निर्वाचित भएका छन् ।

नेविसंघबाट स्मृति थापा सदस्यमा निर्वाचित भएकी छन् । तर नेपाल विद्यार्थी संघले धाँधली भएको भन्दै क्याम्पस प्रमुख जमुना भट्टराईको राजीनामा माग गरेको छ र क्याम्पस प्रमुख र क्याम्पस प्रशासनमा तालाबन्दी गरेको छ ।

 

नेविसंघले उम्मेदवारी मनोनयनको समयदेखि नै क्याम्पस प्रमुखको भूमिका शंकास्पद रहेको आरोप लगाएको छ ।

यसैवीच अनेरास्ववियुले एक बिज्ञप्ति जारी गरि निर्वाचनको परिणाम स्वीकार गरि लोकतान्त्रिक चरित्र देखाउन नेपाल बिद्यार्थी संघलाई सुझाव दिएको छ ।

 

अनेरास्ववियु क्याम्पस इकाई कमिटी अध्यक्ष मालती बस्नेतले लोकतान्त्रिक पद्धतिअनुसार सम्पन्न भएको निर्वाचनको नतिजा प्रकाशित भएपछि तालाबन्दी गरी नेविसंघले शैक्षिक वातावरण विगार्न खोजेको आरोप लगाइएको छ ।

 

निर्वाचन लोकतन्त्रको मूल मर्म भएको बताउदै त्यसको नतिजालाई सम्मान गर्न समेत उनले बिज्ञप्ति मार्फत अपिल गरेकी छन ।
क्याम्पस प्रमुख भट्टराईले भने आफूले विद्यार्थीसँग अनेरास्ववियुका लागि भोट नमागेको बताएकी छन् ।

 

स्ववियु निर्वाचन निष्पक्ष ढंगले सम्पन्न भएको र चुनावको अघिल्लो दिन शान्ति सुरक्षाको अवस्था बुझ्न होस्टल राउण्ड गरेको उनको भनाइ छ । मतपरिणाम घोषणा भएको केहीबेरमा आचारसंहिता उल्लंघनको आरोप लगाउँदै नेपाल विधार्थी संघका नेता कार्यकर्ताले तालाबन्दी गरेको क्याम्पस प्रमुख भट्टराईले बताइन्। क्याम्पस प्रमुखबाट भट्टराईलाई हटाएर अर्कैलाई क्याम्पस प्रमुख बनाउने षडयन्त्र अनुरुप नेबिसंघले तालाबन्दी गरेको स्रोतको दावी छ । निर्वाचनमाको बिषयमा बिवाद झिकेर क्याम्पस प्रमुख हटाउन छलखेल हुदै गरेको उनले बताए ।
 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

समाज

निजगढ नगरपालिका–९ पश्चिम लच्कामा  मोटरसाइकल ठोक्किँदा दुईको मृत्यु

निजगढ ।  पूर्वपश्चिम राजमार्गअन्तर्गत बाराको निजगढमा बुधवार दिउँसो दुई मोटरसाइकल एकापसमा ठोक्किँदा दुवै मोटरसाइकलका चालकको मृत्यु भएको छ ।

तिर्थ स्मृति प्रतिष्ठानद्वारा बरिष्ठ समाजसेवी बख्रेल सम्मानीत

काठमाण्डौ । बरिष्ठ समाजसेवी चन्द्रप्रसाद बख्रेल तिर्थ स्मृति प्रतिष्ठान नेपालबाट सम्मानीत भएका छन ।  काठमाण्डौ सामाखुशी स्थित लिंकन कलेजमा मंगलवार आयोजीत एक कार्यक्रका वीच उनलाई सम्मान गरिएको हो ।

खेलकुद

गोलबजार मेयर गोल्ड कप चैत तेस्रो सातादेखि, बिजेताले ४ लाख ४४ हजार ४ सय ४४ रुपैया पुरस्कार पाउने

गोबजार ।  नवौँ संस्करणको मेयर गोल्ड कप फुटबल प्रतियोगिता चैत २३ देखि २९ गतेसम्म सञ्चालन हुने भएको छ । गोलबजार नगरपालिकाले पत्रकार सम्मेलनमार्फत प्रतियोगिताको तालिका सार्वजनिक गरेको हो ।

वीरगञ्ज प्रिमियर लिगको तेस्रो संस्करणको ट्रफि सार्वजनिक

वीरगन्ज । वीरगञ्जमा ‘टिम आदर्शनगर’ को आयोजनामा हुने वीरगञ्ज प्रिमियर लिगको तेस्रो संस्करण (बीपीएल–३) ट्रफी सार्वजनिक गरिएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.