logo

माधव नेपालको जिल्लाका एसपार्टीका प्रभावशाली नेताहरु एमालेमा फर्किए

 इसीमाना सम्वाददाता     २०७९ चैत १० गते ०९: ४३ मा प्रकाशित     582   पटक पढिएको

चन्द्रपुर । नेकपा एसका अध्यक्ष तथा पुर्व प्रधानमन्त्री माधब कुमार नेपाल नेतृत्वको नेकपा एसका रौतहट जिल्लाका प्रभाबशाली ३१ जना नेताहरु शुक्रबार नेकपा एमालेमा फर्किएका छन ।

नेकपा एसको तर्फबाट चन्द्रपुर नगरपालिकाका नगर प्रमुखका प्रत्यासी, युवा नेता बाबुराम दाहालले देश बनाउने अडान नेकपा एमाले पार्टीमै रहेको र आफनो तनमन सबै एमालेमै रहेको कारणले गर्दा पनि पुरानै घर प्यारो लागेर फर्किएको बताए ।

 


घरका छोरा छोरी रिसाएर कहिलेकही बाहिर गए जस्तै बाटो बिराएर गएकोमा आत्मसमिक्षा गरेर नै आफुले पसिना बगाएर बनाएको पुरानो पार्टीमा फर्किन पाउदा हर्षित भएको युवा नेता दाहालले बताए ।

 


गत २०७९ बैशाख ३० गते भएको स्थानीय तहको निर्वाचन र २०७९ मंसिर ४ गते भएको संघिय तथा प्रदेश सभाको निर्वाचनमा पार्टीका अध्यक्ष माधब कुमार नेपालको भुमिका देखेर नै उनीबाट पार्टी नचल्ने निस्कर्ष निकालेर नेकपा एमालेमा फर्किएको दाहालको भनाइ रहेको छ ।


दाहाल नेकपा एसको चन्द्रपुर नगर कमिटी अध्यक्ष हुदै प्रदेश कमिटिका सदस्यको जिम्मेबारीमा थिए । युवा नेता दाहालले नेकपा एमालेमा रहदा तत्कालीन रौतहट क्षेत्र नं. ६ को २ कार्यकाल क्षेत्रिय अध्यक्षको रुपमा पनि काम गरिसकेका छन ।


यस्तै नेकपा एसको प्रदेश कमिटी सदस्य तथा नेकपा एसका पुराना नेता अमर आले , नेकपा एसका मधेश प्रदेशका सचिबालय सदस्य तथा गरुडाका प्रभाबशाली नेता शेख कलिमुल्लाह पनि एमालेमा फर्किएका छन ।

सोही कार्यक्रम माफर्त पुरानो घर नेकपा एमाले पार्टीमा फर्किनेहरुमा नेकपा एसका पुराना तथा प्रभाबशाली नेता टिका बहादुर कार्की,जिल्ला कमिटी सदस्यहरु बिनोद चौधरी,राजन थापा,रामकुमार खडका,मधुसुदन धिताल,रामचन्द्र दाहाल,नागेन्द्र राउत चौरसिया,सन्नी कुमार जयसवाल,ननीपत सहनी,बलीराम सहनी,शम्भु प्रसाद गुप्ता,वनपती देबी सहनी रहेका छन ।


यस्तै नेकपा एस गरुडा नगर कमिटिका अध्यक्ष श्याम नन्दन सहनी,गरुडा नगर समितिका सदस्यहरु मोहन सहनी,होस नारायण यादब,सुरेश चौधरी,लाल बहादुर राउत,शेख अनबर,कमलकान्त मिश्र,कपिलदेब मण्डल,शेख मजहर आलम,पारस सहनी,शेख रेयाज,राम सेवक राय लगायत नेकपा एस छाडेर एमालेमा फर्किएको नेता कलिमुल्लाहले जानकारी दिएका छन ।


नेकपा एमालेमा फर्किनेहरुलाइ नेकपा एमालेका पोलिटब्युरो सदस्य तथा मधेश प्रदेशका सह इन्चार्ज पुरुषोतम पौडेलले स्वागत गरेका थिए ।


कार्यक्रममा गरुडा नगरपालिकाका नगर प्रमुख कन्थमणी जयसवाल,पार्टीका मधेश प्रदेश सदस्य रामजी साह लगायतको नेताहरुको उपस्थिती रहेको थियो ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

मेडिकल ब्यवसायी दुर्गा प्रसाई साधारण तारेखमा रिहा

बीरगंज ।  ‘राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ महाभियानका संयोजक एवं मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई अदालतले हिरासतमुक्त गर्न आदेश दिएको छ ।

बसको ठक्करबाट जलेश्वरमा पैदल यात्री साहको मृत्यु

बर्दिवास । महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरमा आज बिहान यात्रुवाहक बसले ठक्कर दिँदा एक पैदल यात्रीको मृत्यु भएको छ ।

खेलकुद

मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता शुरु ,पूर्वमन्त्री जयसवालले गरे उद्धघाटन

सिमरा । मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता मंगलबारदेखि सिमरामा सुरु भएको छ । राष्ट्रिय स्तरको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुने खेलाडी छनोट गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो ।

नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगितामाअ आज  चात्यासा फुटबल क्लब र विराटनगर भिड्ने

गोलबजार  । सिरहाको गोलबजार नगरपालिकाद्वारा आयोजित नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो दिनको खेलमा सलहेश युवा क्लब, सिरहा विजयी भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.