logo

राजनीतिमा प्रतिस्पर्धा, महासंकटमा सहकार्य, नागरिकमा उत्साह

      6/22/2020 गते 00 00 मा प्रकाशित     1475   पटक पढिएको

स्थानीय तहको निर्वाचनमा वीरगन्ज महानगरपालिकाको नेतृत्व गर्न चुनावी मैदानमा प्रतिस्पर्धा गरेका फरक राजनीतिक दलका नेताहरु कोभिड–१९ महामारी विरुद्ध लड्नलाई भने ध्रुविकृत भएको देखिएका छन् ।

वीरगन्ज महानगरपालिकाले कोभिड–१९ विरुद्धको संघर्षको नेतृत्व लिएर जसरी नागरिक जिम्मेवारी पूरा ग¥यो अन्ततः त्यहि अभियानमा प्रदेश नम्बर २ का मुख्यमन्त्री समेत समाहित हुने वातावरण बन्यो । महानगरपालिकाले खरिद गरेको पीसीआर मेशिन हस्तान्तरण कार्यक्रममा प्रमुख अतिथिको रुपमा सहभागी भएर पर्सावासीलाई सहानुभूति प्रकट गर्नुभयो ।  यसअघि महानगर प्रमुख विजय कुमार सरावगीले शुरु गरेको कोरोना भाईरस विरुद्धको संघर्षमा साथ दिन आफ्नो निजी अस्पताल हस्तान्तरण गरेर कोभिड विरुद्धको मोर्चामा नेकपा महानगर अध्यक्ष रहबर अन्सारी  नगर प्रमुख सरावगीसँगै उभिनुभएको थियो ।

महानगर प्रमुख विजय कुमार सरावगीको कोरोना भाईरस विरुद्धको संघर्षमा पर्साका राजनीतिक दलको नेतृत्व, संविधानसभा सदस्य नागेन्द्र चौधरी, विचारी यादव, प्रतिनिधिसभा सांसद पुष्पा कर्ण समेतको सहयोग रह्यो । महानगरपालिका प्रमुख सरावगीले लिएको अडान सही र जनहितमा रहेको देखेर नै प्रदेशसभा सदस्यहरु रमेश पटेल, रागिनीदेवी वर्णवाल, डा.अञ्जु यादव, ओमप्रकाश शर्मा, वीरगन्जका उद्योगी व्यवसायीहरु र पर्सेली जनताले साथ दिएका छन् ।

यो अभियानमा नागरिक स्तरबाट, नागरिक समाज र विभिन्न संघ संस्थाहरुले समेत महानगर नेतृत्वको साथ पायो । महानगर प्रमुख मेयरको नागरिकप्रतिको जिम्मवारपूर्ण भूमिकाकै कारणले अहिले महानगरवासीमा मात्रै होईन राजनीति स्तरमा नै प्रभाव देखिन थालेको छ ।

पछिल्लो समयमा जनता समाजवादी पार्टीका जिल्ला अध्यक्ष तथा स्थानीय तहको निर्वाचनमा तेश्रो नम्बरमा रहनुभएका राजेशमान सिंह र महानगर प्रमुख विजय कुमार सरारवगी विकास निर्माण देखिएको सहकार्यले राजनीतिक वृत्तमा तरंग ल्याएको छ । यो खालको सहकार्यले स्थानीय स्तरमा गुणात्मक विकास र राजनीतिमा सुद्धिकरणलाई स्थापित गर्ने विश्वास राजनीतिक विश्लेषकहरुले गरेका छन् । 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

मेडिकल ब्यवसायी दुर्गा प्रसाई साधारण तारेखमा रिहा

बीरगंज ।  ‘राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ महाभियानका संयोजक एवं मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई अदालतले हिरासतमुक्त गर्न आदेश दिएको छ ।

बसको ठक्करबाट जलेश्वरमा पैदल यात्री साहको मृत्यु

बर्दिवास । महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरमा आज बिहान यात्रुवाहक बसले ठक्कर दिँदा एक पैदल यात्रीको मृत्यु भएको छ ।

खेलकुद

मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता शुरु ,पूर्वमन्त्री जयसवालले गरे उद्धघाटन

सिमरा । मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता मंगलबारदेखि सिमरामा सुरु भएको छ । राष्ट्रिय स्तरको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुने खेलाडी छनोट गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो ।

नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगितामाअ आज  चात्यासा फुटबल क्लब र विराटनगर भिड्ने

गोलबजार  । सिरहाको गोलबजार नगरपालिकाद्वारा आयोजित नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो दिनको खेलमा सलहेश युवा क्लब, सिरहा विजयी भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.