logo

चौतारीको बैठक सम्पन्न, भ्रम फैलाउने र कमजोर बनाउन खोज्नेलाई कारवाही गरिने

 इसीमाना सम्वाददाता     २०७९ चैत २८ गते ०१: ३३ मा प्रकाशित     569   पटक पढिएको

बीरगंज । प्रेस चौतारी नेपाल पर्सा शाखाको बैठक आज रोयल पार्टी प्यालेसमा सम्पन्न भएको छ । अध्यक्ष श्याम बन्जाराको सभापतित्वमा बसेको बैठकले चौतारीलाई थप प्रभावकारी र गतिशिल बनाउनको लागि महत्वपूर्ण निर्णय गरेको छ ।

 

बैठकले चौतारीका इन्चार्ज शत्रुघन नेपाललाई हटाउने निर्णय गरेकोमा यसमा गम्भीर आपत्ती जनाउने निर्णय गर्नुका साथै एक महिनाभित्र पुन इन्चार्जमा स्थापित गर्न केन्द्रलाई आग्रह गर्ने र अन्यथा आन्दोलन गर्ने निर्णय गरेको छ ।

बैठकमा गएको माघ २९ गते वीरगंजमा सम्पन्न केन्द्रीय कार्याशाला तथा केन्द्रीय कमिटीको बैठकको ब्यवस्थापनको बिषयमा समिक्षा गरेको छ ।

 

केन्द्रीय बैठक तथा कार्यशाला गोष्ठीमा केन्द्रले स्थानीय कमिटीको परामर्श बिना सम्मानित ब्यक्तिहरुलाई आतित्थ्यता नगराएर गम्भिर भूल गरेको ठहर गर्दै अब उप्रान्त यस्ता कमजोरी नगर्न आग्रह गर्ने निर्णय गरेको छ । आउँदो बैठकमा कार्याशाला तथा केन्द्रीय कमिटीको बैठकको आर्थिक हरहिसाव कोषाध्याक्षले पेश गर्ने निर्णय गरेको छ ।


बैठकले चौतारीको १ सय १६ जना साधारण सदस्यहरुको अभिलेख, परिचयपत्र, र नयाँ सदस्यता दिने प्रक्रिया अघि बढाउन उपाध्याक्ष तुलसी भण्डारी र सचिब राजेन्द्र सिंह नेपालीलाई जिम्मेवारी दिने निर्णय गरेको छ ।

 

चौतारीलाई कमजोर बनाउन लागेकाहरुको पहिचान गरि बैठकहरुमा समिक्षा गर्ने र चौतारीलाई बदनाम गराउन भ्रम छर्ने र अतिरञ्जना युक्त प्रचार गर्नेहरुलाई कारवाही गर्ने निर्णय गरेको छ ।

 

साथै बैठकले नेपाल पत्रकार महासंघ केन्द्रले चलाएको सदस्यता सुद्धिकरण अभियानमा कडाइका साथ प्रस्तुुत हुन र योग्य पत्रकारलाई महासंघको सदस्यता दिन आग्रह गर्ने निर्णय गरेको छ ।

 

बैठकले बैठकमा चौतारीका उपाध्याक्ष तुलसी भण्डारी, सचिब राजेन्द्र सिंह नेपाली, सहसचिव सन्तोष पटेल, कोषाध्याक्ष राकेश साह, सदस्यहरु आनन्द पटेल, आरोहण साह, नेहाल खान, प्रकाश तिवारी, नितेष कर्ण, राजन रौनियार, शम्भु महतो थारु, मन्सुर खान, सञ्जय दास थारु, निलम चौधरी, पन्नालाल प्रसाद, अखलेस साह लगायतको सहभागिता रहेको थियो ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

समाज

निजगढ नगरपालिका–९ पश्चिम लच्कामा  मोटरसाइकल ठोक्किँदा दुईको मृत्यु

निजगढ ।  पूर्वपश्चिम राजमार्गअन्तर्गत बाराको निजगढमा बुधवार दिउँसो दुई मोटरसाइकल एकापसमा ठोक्किँदा दुवै मोटरसाइकलका चालकको मृत्यु भएको छ ।

तिर्थ स्मृति प्रतिष्ठानद्वारा बरिष्ठ समाजसेवी बख्रेल सम्मानीत

काठमाण्डौ । बरिष्ठ समाजसेवी चन्द्रप्रसाद बख्रेल तिर्थ स्मृति प्रतिष्ठान नेपालबाट सम्मानीत भएका छन ।  काठमाण्डौ सामाखुशी स्थित लिंकन कलेजमा मंगलवार आयोजीत एक कार्यक्रका वीच उनलाई सम्मान गरिएको हो ।

खेलकुद

गोलबजार मेयर गोल्ड कप चैत तेस्रो सातादेखि, बिजेताले ४ लाख ४४ हजार ४ सय ४४ रुपैया पुरस्कार पाउने

गोबजार ।  नवौँ संस्करणको मेयर गोल्ड कप फुटबल प्रतियोगिता चैत २३ देखि २९ गतेसम्म सञ्चालन हुने भएको छ । गोलबजार नगरपालिकाले पत्रकार सम्मेलनमार्फत प्रतियोगिताको तालिका सार्वजनिक गरेको हो ।

वीरगञ्ज प्रिमियर लिगको तेस्रो संस्करणको ट्रफि सार्वजनिक

वीरगन्ज । वीरगञ्जमा ‘टिम आदर्शनगर’ को आयोजनामा हुने वीरगञ्ज प्रिमियर लिगको तेस्रो संस्करण (बीपीएल–३) ट्रफी सार्वजनिक गरिएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.