logo

कालिकामा एमाले पुरानै लयमा फर्कियो

 इसीमाना सम्वाददाता     २०८० बैशाख ५ गते ०८: ५४ मा प्रकाशित     541   पटक पढिएको

भरतपुर । चितवनको कालिका नगरपालिकामा नेकपा एमालेले आफ्नो चुनावी प्रचार प्रसारलाई आक्रमक रुपमा अगाडि बढाएको छ ।

 

दैनिक भइरहेका घरदैलो र भेटघाटमा पार्टीका गतिविधिमा जनसहभागिता बढाउदै लगेको एमालेले आफ्नो पुरानो जनमत फर्काउनेगरी अभियान चलाइरहेको स्थानीय नेताहरुले बताएका छन् ।

 


पालिकामा रहेका सवै वडामा घरदैलो र जागरण अभियानलाई तीव्रता दिएको एमाले कालिका नगर कमिटीका अध्यक्ष केशव लामाले जानकारी दिए । टोलस्तरमा सामूहिक छलफल र घरघरमै भेटघाट भइरहेको बताउँदै लामाले हिजोका कमीमजोरी मसिनो गरी समीक्षा भएकाले पार्टी पुरानै लयमा फर्किएको बताए ।


नेकपा एमालेले अयोजना गरेको मिसन ग्रास रुट अभियानमा टोलटोलमा पुगेको एमालेले अहिले चुनावी अभियानमा जनस्तरमै पुगेको अध्यक्ष लामाले बताए । यसअघि मंसिर ४ मा भएको निर्वाचनमा कम मत प्राप्त भएपछि पालिकास्तरका नेता कार्यकर्ता आफ्नो जनमत फर्काउने अभियानमा लागेका थिए ।


चितवन निर्वाचन क्षेत्र २ मा पर्ने कालिकामा अहिले सबैको चासो रहेको छ । गत स्थानीय तहको निर्वाचनमा प्रमुख र उपप्रमुख जितेको एमालेले प्रतिनिधि सभाको चुनावमा सोचे अनुसारको मत प्राप्त गर्न सकेको थिएन । वैशाख १० गते हुने उप निर्वाचनका लागि एमालेले पार्टीका जिल्ला अध्यक्ष रामप्रसाद न्यौपानेलाई उम्मेदवार बनाएको छ ।


उम्मेदवारसँगैको घरदैलो कार्यक्रममा विगतको भन्दा धेरै जनसहभागिता बढेको अध्यक्ष लामाले जानकारी दिए । निर्वाचनको प्रचार प्रासरका क्रममा देखिएको जनसहभागिताले यसपटक कालिकामा एमालेले मत बढाउने अधार देखिएको जानकारी दिँदै एमालेका प्रदेश कमिटी सदस्य एवम् कालिका नगर इन्चार्ज टीका रिजालले धेरै भ्रमहरु चिरिएको र पार्टीको अभियान टोल स्तरमा पुगेको जानकारी दिए ।

 

कालिकमा एमाले पुरानै लयमा फर्किएको बताउदै उनले गत स्थानीय तहमा पार्टीलाई प्राप्त भएको मत यसपटकको उपनिर्वाचनमा ल्याउन सक्नेगरी आन्तरिक तयारी सहितको अभियान चलाइएको जनकारी दिए । ११ वडा रहेको पालिकामा अहिले चुनावी अभियान चलिरहेको छ ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

मेडिकल ब्यवसायी दुर्गा प्रसाई साधारण तारेखमा रिहा

बीरगंज ।  ‘राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ महाभियानका संयोजक एवं मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई अदालतले हिरासतमुक्त गर्न आदेश दिएको छ ।

बसको ठक्करबाट जलेश्वरमा पैदल यात्री साहको मृत्यु

बर्दिवास । महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरमा आज बिहान यात्रुवाहक बसले ठक्कर दिँदा एक पैदल यात्रीको मृत्यु भएको छ ।

खेलकुद

मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता शुरु ,पूर्वमन्त्री जयसवालले गरे उद्धघाटन

सिमरा । मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता मंगलबारदेखि सिमरामा सुरु भएको छ । राष्ट्रिय स्तरको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुने खेलाडी छनोट गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो ।

नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगितामाअ आज  चात्यासा फुटबल क्लब र विराटनगर भिड्ने

गोलबजार  । सिरहाको गोलबजार नगरपालिकाद्वारा आयोजित नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो दिनको खेलमा सलहेश युवा क्लब, सिरहा विजयी भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.