logo

जब पार्टी अध्यक्ष यादवले आफै “निलम्वीत” लेख्नु भयो ,रौनीयारको संसदीय दलमै भयो अपमान

      6/28/2020 गते 00 00 मा प्रकाशित     1608   पटक पढिएको

संसदीय दलको बैठकको माइन्यूटमा  उपस्थितिमा हरिनारायण रौनीयारको हस्ताक्षर भयो । संसदीय दलको बैठकमा रौनीयारको उपस्थितिको कसैले  हेक्का राखेका थिएनन ।

 

जव उहाँले बैठक पुस्तिकामा हस्ताक्षर गर्नु भयो त्यतीबेलै  पर्साबाटै संसदमा प्रतिनिधित्व गर्ने अर्का साँसदले बैठकको ध्यानाकर्षण गराउनु भयो । उहाँले भन्नु भयो “हरि नारायण माननीय जीले हस्ताक्षर त गर्नु भयो उहाँ सासद नै हो की होइन भोली खोजी भयो भने यो निर्णयको अवस्था के होला ?” भन्दै ध्यानाकर्षण गराउनु भयो । 

 


पर्साबाटै प्रतिनिधित्व  गर्ने साँसदले संसदीय दलको बैठकमा यस्तो कुरा उठाएपछि रौनीयार सबैको नजरमा पर्नु भयो । १७ जना सासद रहेको समाजवादी पार्टीका ससदीय दलका सदस्यहरु मध्य रौनीयार बिरुद्ध भ्रष्टाचारको  मुद्धामा बिशेष अदालतमा चलीरहेकोले उहाँको सांसद पद निलम्वीत भएको छ । 

 


संसदीय दलको बैठकमा एकै पटक सन्नाटा छायो । सबै मुखामुख गर्न थाले । संसद पदबाटै निलम्वनमा परेका सांसद रौनीयारलाई नै संसदीय दलको बैठकमा किन बोलाइयो भन्ने गाईगुई चल्न थाल्यो ।

 

कतिपयले रौनीयार जी आफै बैठकमा आउन नहुने कानेखुशी चल्दै थियो त्यतीबेलै पूर्वमंत्री इस्तियाक राइनले दल एकताको सूचना सभामुखलाई दिने संसदीयदलको बैठकको माइन्यूटमा सासद पदनै स्थगन भएको ब्यक्तिको हस्ताक्षर बैठक पुस्तिामा हुदा त्यसले कानूनी मान्यता नपाउने तर्क गर्नु भएको थियो ।

 

राइनको तर्क सुनेपछि दलको बैठकको अध्यक्षता गरिरहनु भएका पार्टी अध्यक्ष उपेन्द्र यादवले माइन्यूट माँगेर आफैले हरि नारायण रौनीयारको नामको अगाडि “निलम्वीत” लेख्नु भएको थियो । 


समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टीबीच एकता भई जनता समाजवादी बने पनि संसदीय दलको एकता भएको छैन । त्यसैले दुबै पार्टी एक भएपनि संसद भित्र दुबै संसदीय दल कार्यरत रहेका छन । दुबै दल एक हुनलाई पुरा गर्नु पर्ने प्रक्रियामा दुबै दल रहेका छन । 

पछिल्लो पटक नेपालको निसान छाप परिर्वतनका बिषमा संसदमा दुबै पार्टीले आफना साँसदलाई व्हीप जारी गरेको थियो । दुबै पार्टीको एकता पछि संसदीय दलको बैठक मार्फत सभामुख समक्ष दुबै संसदीय दल एक भएको सूचना दिने प्रयोजनकालागि बसेको समाजवादी पार्टीको संसदीय दलको बैठकमा यस्तो भएको हो । । 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

मेडिकल ब्यवसायी दुर्गा प्रसाई साधारण तारेखमा रिहा

बीरगंज ।  ‘राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ महाभियानका संयोजक एवं मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई अदालतले हिरासतमुक्त गर्न आदेश दिएको छ ।

बसको ठक्करबाट जलेश्वरमा पैदल यात्री साहको मृत्यु

बर्दिवास । महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरमा आज बिहान यात्रुवाहक बसले ठक्कर दिँदा एक पैदल यात्रीको मृत्यु भएको छ ।

खेलकुद

मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता शुरु ,पूर्वमन्त्री जयसवालले गरे उद्धघाटन

सिमरा । मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता मंगलबारदेखि सिमरामा सुरु भएको छ । राष्ट्रिय स्तरको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुने खेलाडी छनोट गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो ।

नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगितामाअ आज  चात्यासा फुटबल क्लब र विराटनगर भिड्ने

गोलबजार  । सिरहाको गोलबजार नगरपालिकाद्वारा आयोजित नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो दिनको खेलमा सलहेश युवा क्लब, सिरहा विजयी भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.