logo

पर्सा एमाले कारवाही प्रकरण , ढंग बिनाको कारवाही बदर, पूर्ववत जिम्मेवारीमा रही काम गर्न निर्देशन

 इसीमाना सम्वाददाता     २०८० बैशाख २४ गते ०९: ३८ मा प्रकाशित     670   पटक पढिएको

वीरगन्ज । नेपाल कम्युनिष्ट पार्टी एमाले पर्साले ०७९ मंसीर ४ को चुनावमा पार्टीका उम्मेदवार बिरुद्ध अन्र्तघात गरेको भन्दै गरिएको कारवाहीलाई पार्टीको केन्द्रीय कमिटीले बदर गरेको छ ।

 


पार्टीका महासचिव शंकर पोख्रेलले आइतवार नेकपा एमालेको मधेश प्रदेश कमिटीलाई पत्र लेखि कारवाही बदर भएको र त्यसलाई कार्यान्वयन गर्नकालागि निर्देश गरेका छन ।

२०७९ चैत्र ७ गते पार्टी पर्सा जिल्ला कमिटीले तत्कालीन जिल्ला कमिटीका सचिव मनोज गुप्ता, जिल्ला सदस्यहरु यसवन्त यादव, बासुदेव थारु ,रामप्रित महतो र मौजीलाल साहलाई कारवाही गरेको थियो ।

 

पार्टीले तीन महिनाकालागि निलम्बन गरेको थियो । तर पार्टी केन्द्रीय कमिटीले पार्टी पर्सा जिल्ला कमिटीले गरेको कारवाही पार्टीको स्थापित बिधि र प्रक्रिया बिपरित रहेको ठहर गर्दै बदर गरेको हो । उनीहरुलाई पाटीका जिम्मेवारी एवं पार्टी सदस्यताबाट निलमबन गरिएको थियो ।


पार्टीबाट निलम्बन गरिएको सन्दर्भमा सम्बन्धित प्रतिनिधिसभा निर्वाचन समन्वय कमिटीका सचिव, प्रदेशसभा निर्वाचन समन्वय कमिटीका संयोजक र ६ वटा पालिका कमिटीका अध्यक्षहरूले सम्बन्धित तहको निर्वाचनको समीक्षा नगरी तथा सम्बन्धित तहको कमिटीको जानकारी बिना जिल्ला अध्यक्ष जय प्रकाश थारूको सिफारिसमा गरिएको कारबाही विधिसम्मत नरहेको भन्दै कारबाही बदर भएको पत्रमा उल्लेख छ ।

 

गुप्तासहितका कार्यकर्ताहरुलाई जिम्मेवारी अनुसार पार्टी काममा सक्रिय हुन र अभियोग तथा कारबाहीको सिफारिसका सन्दर्भमा देखिएको विवादका बारेमा आवश्यक छानविनका लागि केन्द्रीय संगठन विभागलाई जिम्मेवारी प्रदान गरिएको पत्रमा उल्लेख छ ।

 

कारवाही बदर गरि पूर्ववत जिम्मेवारीमा काममा लगाउन पार्टी केन्द्रले निर्देशन दिएको छ । तर अधिवेशनबाट निर्माण भएको जिल्ला कमिटी भंग भएको अवस्थामा जिम्मेवारी कसरी पप्त गर्ने भन्ने बिषय भने अन्यौलपूर्ण नै छ ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

मेडिकल ब्यवसायी दुर्गा प्रसाई साधारण तारेखमा रिहा

बीरगंज ।  ‘राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ महाभियानका संयोजक एवं मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई अदालतले हिरासतमुक्त गर्न आदेश दिएको छ ।

बसको ठक्करबाट जलेश्वरमा पैदल यात्री साहको मृत्यु

बर्दिवास । महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरमा आज बिहान यात्रुवाहक बसले ठक्कर दिँदा एक पैदल यात्रीको मृत्यु भएको छ ।

खेलकुद

मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता शुरु ,पूर्वमन्त्री जयसवालले गरे उद्धघाटन

सिमरा । मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता मंगलबारदेखि सिमरामा सुरु भएको छ । राष्ट्रिय स्तरको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुने खेलाडी छनोट गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो ।

नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगितामाअ आज  चात्यासा फुटबल क्लब र विराटनगर भिड्ने

गोलबजार  । सिरहाको गोलबजार नगरपालिकाद्वारा आयोजित नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो दिनको खेलमा सलहेश युवा क्लब, सिरहा विजयी भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.