logo

पर्दाफासडेलीको शुभारम्भ, समाचार प्रकाशन गरेर डिलिट गर्ने संचारमाध्यमलाई कारवाही हुन्छः अध्यक्ष बस्नेत

 इसीमाना सम्वाददाता     २०८० बैशाख २५ गते ०९: ४६ मा प्रकाशित     632   पटक पढिएको

वीरगंज । प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले कुनै पनि पत्रकार वा संचारमाध्यमले समाचार प्रकाशन वा प्रसारण गर्दा पूर्ण रुपमा आचारसंहिताको पालना गर्नुपर्ने बताएका छन् ।

 

धेरै जसो संचारमाध्यले एक पक्षीय कुरालाई मात्रै समेटी समाचार प्रकाशन गर्ने प्रवृतिका कारण आचार संहिता उल्लंघन भएको बताए ।


पर्दाफास मिडिया प्रा.लि.वीरगंज पर्साद्वारा संचालित पर्दाफास डेलीडटकमको उद्घाटन एवम् “मर्यादित पत्रकारिताको लागि पत्रकार आचारसहिता” विषय बिचार गोष्ठी कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष बस्नेतले कयौं संचारमाध्यमहरुले पटक–पटकको चेतावनीका बाबजुद पनि आचारसंहिता उलङघन गरेर समाचार प्रशासन गरेको टिप्पणी गरे ।

 

उनले पत्रकारको योग्यता निर्धारण गरिनु पर्नेमा आफनो मत जाहेर गर्दै आग्रहका आधारमा गरिने पत्रकारिताले कही नपुगिने बताए । समाचार त लेखिएला तरा समाजले त्यसलाई स्वीकार नगर्ने कुरा प्रति हेक्का राख्नु पर्नेमा उनले जोड दिए ।

वीरगंज स्थित क्लाशिक बैंकट हलमा सोमबार आयोजित सो कार्यक्रमका प्रमुख अतिथि समेत रहेका अध्यक्ष बस्नेतले पत्रकारिता बारे केही थाहै नभएका मान्छेहरु कार्ड र झोला बोकी पत्रकारले गर्नै नपाउने काम गरेर समग्र पत्रकारिता क्षेत्रलाई नै बदनाम गराउने गरेको चर्चा गर्दै अब यस्ता कार्य गर्नेलाई सुधार गर्ने तर्फ कदम चाल्नु पर्ने धारणा राखे ।

 

अनलाईनलाई विश्वसनिय बनाउन अविश्वनिय कुरा पोष्ट नगर्न आग्रह गर्र्दै अध्यक्ष बस्नेतले अनलाईनहरुमा समाचार प्रकाशन गरेर डिलेट गर्ने प्रबृतिको अन्त्य गर्नुपर्नेमा जोड दिए ।

 

छापा माध्यमहरुमा पनि बिहानै अनलाईनहरुमा आईसकेको समाचार कपी पेस्ट मात्रै आउने गरेलेकोले खोज पत्रकारिताको विकास गर्दै रचनात्मक कुराहरु तर्फ पनि कलम चलाउनु पर्नेमा जोड दिए ।

 

उनले नेपालमै पहिलो पल्ट आचारसंहिता बनाउने जिल्ला नै पर्सा रहेकोले आचारसहिता पाल्ना गर्नु पनि यहाँको पत्रकारको प्रथम दायित्व रहेको चर्चा गर्दै यहाँका अग्रहजहरुले पत्रकारिता क्षेत्रको विकासको लागि धेरै योगदान गरेको स्मरण गराए । पत्रपत्रिका वर्गीकरणको सन्दर्भमा उठेको जिज्ञासालाई सम्बोधन गर्दै अध्यक्ष बस्नेतले प्रेस काउन्सिल कुनै पनि व्यक्ति, पार्टीलाई नहेरी पत्रिकाको सम्पूर्ण विषयबस्तुलाई सुक्ष्म ढंगले नियालेर समितिले वर्गीकरण गर्ने गरेको बताए । कसैलाई वर्गीकरण प्रति चित्त नबुझे पुनरावलोकन÷पुनःमुल्यांकनको लागि आधार प्रमाण सहित निवेदन दिन सकिने बताए ।

 

कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रिय सचिव गोबिन्द चौलागाईले नागरिक समाजको शक्ति र विश्वास जित्ने तथ्यमा आधारित मर्यादित पत्रकारिता गर्न आग्रह गरे ।

 

‘‘सरकारको खरिद ऐनले गर्दा स्थानीय तहको बिज्ञापन समानुपातिक हुन नसकेको हो,’ उनले भने, ‘‘तर त्यो संयन्त्र पनि बनाउन छलफल भईरहेकोले केही समयमै समानुपातिक विज्ञापन प्रणाली लागु हुन्छ भने विश्वास ब्यक्त गरे ।’’ उनले कतिपय संचार संस्थाले श्रमजिवी पत्रकारहरुलाई तलब नै नदिएको गुनासो आईरहेको बेला पर्दाफास डेलीले ऐन अन्तर्गत नियुक्ति दिई राम्रो कामको सुरुवात गरेकोमा प्रशंसा गरे ।

 

नेपाल पत्रकार महासंघका केन्द्रिय सचिव दिपेन्द्र चौहानले एउटै व्यक्ति पत्रकारिता सँगै विभिन्न पेशा अंगालेकोले निष्पक्ष रुपले समाचार नआउने गरेको बताए । कुनै व्यक्ति सँग आफ्नो रिसिवि साध्नका लागि पनि हुदै नभएको गलत समाचार प्रकाशन प्रशारण गर्दा सम्पूर्ण पत्रकारिता जगत नै बदनाम हुदै गएकोमा चिन्ता व्यक्त गरे ।


अर्का वक्ता प्रेस काउन्सिल नेपालका सदस्य लालबाबु शेखले वर्गीकरणमा कसैलाई काखापाखा नगरी निष्पक्ष ढंगले वर्गीकरण गर्ने गरेको बताए ।

मिडिया काउन्सिल मधेश प्रदेशका कार्यवाहक अध्यक्ष कैलाश दासले पत्रकारले समाजमा रहेको बिकृती हटाउन कलम चलाउनु पर्ने कुरामा जोड दिदै अहिले खास गरि डिजिटल मिडियाले पत्रकार आचारसहिता उलंङघन गरिरहेको बताए ।

 

मधेश प्रदेशमा महिला पत्रकारहरुको संख्या एकदमै न्युन थियो तर काउन्सिलले तालिम संचालन गर्दै जाँदा अहिले महिला पत्रकारहरुको संख्या बढेकोमा खुसी व्यक्त गरे ।

 

यस्तै, नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य के.सी. लामिछानेले आचारसंहिताको पालना नै नगरि सामाजिक संजालमा जे पनि लेख्ने रवैयाले पत्रकारहरुको भविष्य समाप्त हुँदै गएकोमा चिन्ता व्यक्त गरे ।

 

डाक्टर, इन्जिनियर लगायत हरेक क्षेत्रमा जान डिग्री चाहिन्छ तर पत्रकारितामा जोकोही पनि सजिलै आएर पत्रकारिताको आडमा जेपनि गर्ने गर्दा पत्रकारिता पेशा संकटमा परेको बताए ।

 

उनले मनउन्सिलले पाठ्यक्रमको बिकास गरेर परीक्षा लिएर पास हुनेलाई मात्रै पत्रकार बन्ने बातावरण बनाउन आग्रह गरे । उनले पत्रकारिताको आडमा दलाली तस्करी र चाटुकारीता बढेको चर्चा गर्दै सुध्रिने वा सक्किने बाटो आफैले तय गर्नु पर्ने बताए ।

कार्यक्रममा नेपाल पत्रकार महासंघ मधेश प्रदेशका अध्यक्ष राजेश कर्ण,महासचिव श्याम बन्जारा नेपाल पत्रकार महासंघका पूर्व मध्यमाञ्चल संयोजक महेश दास,पर्साका प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मी, नेपाल पत्रकार महासंघ पर्साका उपाध्यक्ष युवराज खडका, वीरगंज कलेजका अध्यक्ष एवं शिक्षाविद्ध डा। दिपेन्द्र कुमार चौधरी, समाजवादी प्रेस संगठन नेपाल मधेश प्रदेशका कोषाध्यक्ष रामपुकार यादवलगायतले शुभकामना मन्तब्य ब्यक्त गरेका थिए ।

पर्दाफास डेलीडटकमका सञ्चालक÷सम्पादक राघव साहको सभापतित्वमा भएको सो कार्यक्रमको संचालन पत्रकार आनन्द पटेलले गरेका थिए ।

सो अवसरमा स्वास्थ्य तथा चिकित्सा क्षेत्रमा विशेष योग्दान पु¥याएका नारायणी अस्पताल वीरगंजका फिजिसियन डा.राकेश तिवारी, शिक्षा क्षेत्रमा विशेष योग्दान पु¥याएका वीरगंज कलेजका अध्यक्ष एवं शिक्षाविद्ध डा. दिपेन्द्र कुमार चौधरी, होटल तथा पर्यटन क्षेत्रमा योग्दान पु¥याएका होटल तथा पर्यटन व्यवसायी संघ पर्साका अध्यक्ष हरि पन्त, पत्रकारिता क्षेत्रमा योग्दान पु¥याउदै आएका सिराहा जिल्लाका युवा पत्रकार रामपुकार यादवलाई प्रमुख अतिथि बस्नेत र पर्दाफास दैनिकका सल्लाहकार सम्पादक हरिकिशोर मिश्रलाई विशिष्ट अतिथि चौलागाईले दोसल्ला ओढाई सम्मान पत्रसहित सम्मान गरेका थिए ।

 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

मेडिकल ब्यवसायी दुर्गा प्रसाई साधारण तारेखमा रिहा

बीरगंज ।  ‘राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ महाभियानका संयोजक एवं मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई अदालतले हिरासतमुक्त गर्न आदेश दिएको छ ।

बसको ठक्करबाट जलेश्वरमा पैदल यात्री साहको मृत्यु

बर्दिवास । महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरमा आज बिहान यात्रुवाहक बसले ठक्कर दिँदा एक पैदल यात्रीको मृत्यु भएको छ ।

खेलकुद

मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता शुरु ,पूर्वमन्त्री जयसवालले गरे उद्धघाटन

सिमरा । मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता मंगलबारदेखि सिमरामा सुरु भएको छ । राष्ट्रिय स्तरको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुने खेलाडी छनोट गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो ।

नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगितामाअ आज  चात्यासा फुटबल क्लब र विराटनगर भिड्ने

गोलबजार  । सिरहाको गोलबजार नगरपालिकाद्वारा आयोजित नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो दिनको खेलमा सलहेश युवा क्लब, सिरहा विजयी भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.