logo

महासंघले घोषणा गर्यो ५ सदस्यीय वार्ता समिति , शिक्षक सरु्रवाको बिषयमा वार्ता नगर्ने मेयरको अडान

 इसीमाना सम्वाददाता     २०८० जेठ ८ गते ०५: १२ मा प्रकाशित     550   पटक पढिएको

वीरगञ्ज । वीरगञ्ज महानगरपालिका प्रमुख राजेशमान सिंहले शिक्षकहरुलाई आन्दोलन फिर्ता लिएर नियमित रुपमा विद्यालयमा पुगेर बालबालिकालाई पढाउने कार्यमा लाग्न आग्रह गरेका छन ।

 


उनले शिक्षा क्षेत्रमा आमूल सुधारको खाँचो रहेको र सुधारका बिषय बाहेक सरुवाको बिषयमा कसैसँग बार्ता नहुने स्पष्ट पारेका छन ।

 

तर शिक्षक महासंघले भने वीरगञ्ज महानगरपालिकासँग बार्ता गर्नको लागि महासंघका महानगर कमिटी अध्यक्ष विनोद मेहताको अध्यक्षतामा ५ सदस्यीय बार्ता समिति गठन गरेको पर्सा अध्यक्ष तिर्थराज यादवले बताएका छन ।

 

शिक्षक सरुवामा पूर्वाग्रह गरेको भन्दै नेपाल शिक्षक महासंघ आन्दोलनमा छ । सोमबार महासंघको नेतृत्वमा धर्ना कार्यक्रम संचालन गरेको छ । वीरगञ्ज महानगरपालिकाको मुल गेटमा व्यानर राखेर शिक्षकहरुले धर्ना दिएका हुन ।

 

नेपाल शिक्षक महासंघ पर्साका अध्यक्ष तिर्थराज यादवको नेतृत्वमा शिक्षकहरु आन्दोलनमा उत्रिएका हुन । मंगलवार (भोली) सम्ममा महानगरपालिकाले वार्ताको माध्यमले समस्या समाधान नगरे दोश्रो चरणको आन्दोलन गर्ने महासंघका पर्सा अध्यक्ष यादवको भनाई छ ।

 


स्थानीय सरकारलाई शिक्षक सरुवाको अधिकार नभएको भन्दै शिक्षक महासंघले शिक्षा ऐन २०२८ र नियमावली २०५९ अनुसार शिक्षा विकास समन्वय समितिलाई शिक्षक सरुवाको अधिकार हुनुपर्नेमा गैरकानुनी रुपमा महानगरले सरुवा गरेको अध्यक्ष यादवले बताए ।

 

शिक्षक महासंघले १५ बुँदे माग राखेर गत बैशाख २६ गते वीरगञ्ज महानगरपालिकालाई ज्ञापन पत्र बुझाएकोमा महानगरपालिकाको तर्फबाट कुनै सुनुवाई नभएको यादवको भनाई छ । हामीले उठाएका माग सम्वोधन नभए बुधवार देखि दोश्रो चरणको आन्दोलनको कार्यक्रम शुरु गरिने महासंघ पर्साका अध्यक्ष यादवले जानकारी दिए ।

 

वीरगञ्ज महानगरपलिकाको शैक्षिक प्रशासन महाशाखाले गैरकानुनी रुपमा शिक्षकहरुको सरुवा गरेको, शिक्षकहरुलाई डर, त्रास र धम्की दिने गरेको, चाकडी र चप्लुसी गर्नेलाई अवसर र काम गर्ने शिक्षकलाई दण्ड दिने महानगरको नीतिका विरुद्धको आन्दोलनमा आउनु परेको संघका अध्यक्ष यादवले भनाई छ ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

वीरगंज महानगरको आमसञ्चार समितिले पूर्णता पायो, महानगरको सूचना प्रणाली अझ सुदृढ र व्यवस्थित हुने प्रमुख सिंहको बिश्वास

वीरगंज  । वीरगंज महानगरपालिकाको आमसञ्चार प्रवर्द्धन तथा नियमन समितिले पूर्णता पाएको छ। यसअघि नै वरिष्ठ पत्रकार शत्रुघ्न नेपाल संयोजकमा नियुक्त भइसकेको समितिमा आज थप ११ जना सदस्य मनोनयन भएसँगै समितिले पूर्णता पाएको हो।

ठाकुुरराम बहुमुखी क्याम्पसको प्रमुखमा डा. यादव नियुक्त

वीरगन्ज । त्रिभूवन बिश्व बिद्यालयको आंगीक क्याम्पस मध्य तराईको प्रमुख शिक्षण संस्था ठाकुरराम बहुमुखी क्याम्पसको क्याम्पस प्रमुखमा डा. केशव यादव नियुक्त भएका छन ।

खेलकुद

गोलबजार मेयर गोल्ड कप चैत तेस्रो सातादेखि, बिजेताले ४ लाख ४४ हजार ४ सय ४४ रुपैया पुरस्कार पाउने

गोबजार ।  नवौँ संस्करणको मेयर गोल्ड कप फुटबल प्रतियोगिता चैत २३ देखि २९ गतेसम्म सञ्चालन हुने भएको छ । गोलबजार नगरपालिकाले पत्रकार सम्मेलनमार्फत प्रतियोगिताको तालिका सार्वजनिक गरेको हो ।

वीरगञ्ज प्रिमियर लिगको तेस्रो संस्करणको ट्रफि सार्वजनिक

वीरगन्ज । वीरगञ्जमा ‘टिम आदर्शनगर’ को आयोजनामा हुने वीरगञ्ज प्रिमियर लिगको तेस्रो संस्करण (बीपीएल–३) ट्रफी सार्वजनिक गरिएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.