logo

वीरगंजमा प्रेस युनियनको प्रभात फेरी,संचारबिरोधी कानून बन्दै गरेको भन्दै सचेत रहन सचिव चौहानको आग्रह

 इसीमाना सम्वाददाता     २०८० जेठ १३ गते ०५: १० मा प्रकाशित     528   पटक पढिएको

वीरगञ्ज । नेपाल प्रेस युनियनको ३२ औ स्थापना दिवसको अवसरमा वीरगंजमा प्रभात फेरी सम्पन्न भएको छ । नेपाल प्रेस युनियन पर्सा शाखाको आयोजनामा आज बिहान निकालिएको प्रभात फेरि वीरगञ्जको घण्टाघर चौक हुदैँ माईस्थान, आदर्शनगर, घडीअर्वा पोखरी हुदै नगर परिक्रमा गरि पुन घण्टाघर चोकमा आएर कोण सभामा परिणत भएको थियो ।

 

कोणसभालाई सम्बोधन गर्दै नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव दीपेन्द्र चौहानले श्रमजीवी पत्रकारहरुको पेशागत हितको आन्दोलनमा पत्रकारहरुको संस्था आवश्यक रहेको बताए ।

उनले प्रेस तथा अभिब्यक्ति स्वतन्त्रको रक्षाकोलागि आज पत्रकारहरु सचेत हुनु पर्ने बताए ।उनले संघ प्रदेश तथा स्थानीय सरकारले बनाउदै गरेका कानूनहरु संचारमेत्री नभएकोले पनि पत्रकारहरुले सचेतता अपनाउन आवश्यक रहेको बताए ।

 

कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य के.सी.लामिछाने मधेस प्रदेश महासचिव श्याम बन्जारा, नेपाल पत्रकार महासंघ पर्साका अध्यक्ष अनुप तिवारी, नेपाल प्रेस युनियनका केन्द्रिय सदस्य श्रीराम रायमाझी, निलिमा पौडेल र दिलिपराज कार्की लगायतको उपस्थित रहेको थियोे ।


नेपाल प्रेस युनियनका जिल्ला अध्यक्ष बिजय महताको अध्यक्षतामा भएको कार्यक्रमको संचालन सचिव इरफमान अलीले गरेका थिए।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

भारतको लद्दाखमा राज्यको माग र स्वायत्तताका लागि चर्कियो आन्दोलन,४ को मृत्यु,भाजपा कार्यालयमा आगजनी

लेह ।  लद्दाखमा राज्यको माग र छैठौँ अनुसूचीमा समावेश गर्नुपर्ने आन्दोलन तीव्र बनेको छ।

प्रवासी नेपाली मंच स्लोभाकियाको अध्यक्षमा रुद्र किसन चयन

बेल्जियम । प्रवासी नेपाली मन्च स्लोभाकियाले रुद्र किसनलाई मन्चको अध्यक्ष चुनेको छ । मन्चको प्रथम अनलाइन भेलाले किसनको अध्यक्षतामा नयाँ कार्यसमिति चुनेको हो। भेलाले  ३१ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो।

समाज

पत्रकार कर्णमाथि भएको आक्रमणप्रति महासंघको गम्भीर ध्यानाकर्षण, दोषीमाथि कडा कारबाहीको माग

जनकपुरधाम । नेपाल पत्रकार महासंघ मधेश प्रदेश समितिले पत्रकार राजेश कर्णमाथि भएको शारीरिक आक्रमणप्रति गम्भीर ध्यानाकर्षण जनाउँदै घटनाको तीव्र निन्दा गरेको छ।

मधेश प्रदेश प्रहरी प्रमुख डीआईजी थपलियाको निर्देशन, अपराध नियन्त्रणमा कुनै सम्झौता हुँदैन

वीरगन्ज। मधेश प्रदेश प्रहरी प्रमुख डीआईजी गोविन्द थपलियाले मातहतका प्रहरी अधिकृतहरूलाई संगठनको अनुशासन र अपराध नियन्त्रणमा पूर्ण प्रतिबद्ध रहन कडा निर्देशन दिएका छन्।

खेलकुद

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।

वीरगंज युनाइटेडलाई टाइब्रेकरमा हराउँदै प्रतिभा युवा क्लब फाइनलमा प्रवेश

ठोरी ।स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा जारी चौथो ठोरी गोल्डकप–२०८२ अन्तर्गत हिजो सम्पन्न दोस्रो सेमिफाइनल खेलमा आयोजक प्रतिभा युवा क्लब बिजयबस्तीले वीरगंज युनाइटेडलाई रोमाञ्चक टाइब्रेकरमा पराजित गर्दै फाइनलमा स्थान सुनिश्चित गरेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.