logo

मधेशका भाषामा बुलेटिन प्रकाशन गर्न राससलाई मधेश सरकारले सघाउने मंत्री पटेलको प्रतिवद्धता

 इसीमाना सम्वाददाता     २०८० असार ५ गते ०८: २० मा प्रकाशित     559   पटक पढिएको

वीरगञ्ज । मधेस प्रदेश सरकारका वन तथा वातावरण मन्त्री रमेश प्रसाद कुर्मी पटेलले मधेश प्रदेशमा बोलिने भाषाको भाषिक बुलेटिन प्रकाशन गर्न राससलाई प्रदेश सरकारले सहयोग गर्ने बताएका छन ।

 


राससको सहकार्यमा मधेश प्रदेश आमसञ्चार प्राधिकरण जनकपुरधामको आयोजनामा आजदेखि पर्साको वीरगञ्जमा सुरु भएको राससका सञ्चारकर्मीहरुको दुई दिने अभिमुखीकरण कार्यक्रमको उद्घाटन गर्नुहुँदै मन्त्री पटेलले मधेस प्रदेशमा बोलिने मैथिली, भोजपुरी लगायतको भाषामा बुलेटिन प्रकाशन गर्न प्रदेश सरकारले राससलाई २५ लाख रुपैया उपलब्ध गराउने प्रतिवद्धता जनाएका हुन ।


भाषा र संस्कृतिको संरक्षण र समर्वद्धनको लागि प्रदेश सरकार प्रतिबद्ध रहेको उल्लेख गर्दै मन्त्री पटेलले राज्य र जनतालाई जोड्न राससले पुलको भुमिका निर्वाह गर्ने सुन्न पाउदा खुशी लागेको बताए ।

 

कार्यक्रममा राससका कार्यकारी अध्यक्ष धर्मेन्द्र झाले राससलाई अन्तराष्ट्रिय स्तरको समाचार एजेन्सी बनाउने र डिजिटल प्रविधिमा लैजान लागेको बताए ।


रासस देशको जिम्मेवार संस्था रुपमा रहेको चर्चा गर्दै अध्यक्ष झाले रासस “मिडिया अफ दि मिडिया ”रहेको बताए ।


झाले राससलाई तीनै तहको सरकारले आवश्यक सहयोग गर्नुपर्ने बताए । उनले अहिले सम्म राससले नेपाली र अग्रेजी भाषा मात्र बुझेको चर्चा गर्दै अव राससले हाम्रा अन्य भाषहरु पनि बुझने वबतारण बनाउन आफूहरु लागि परेको र मधेश प्रदेश सरकारले त्यसमा सघाउन आवश्यक रहेको बताए ।


रासस नेपाली जनताको मुहारमा परिवर्तन ल्याउन क्रियाशिल रहेको बताउदै ।मधेस प्रदेशका मुख्यमन्त्रीका प्रेस सल्लाहकार सीताराम अग्रहरीले समाजमा राससको महत्व र आवश्यकता रहेको चर्चा गर्दै राससले विविसी झैं भाषिकरुपमा धेरै भन्दा धेरै सामग्री पस्किनुपर्नेमा जोड दिए ।


कार्यक्रममा मधेस प्रदेश सरकारका गृह तथा सञ्चार मन्त्रालयका सचिव उमेश कुमार ढकालले राससका समाचारहरु आधिकारिक रहने गरेकोे र सत्यतथ्य समाचारलाई ल्याउने माध्यमको रुपमा आफूले चिनेको बताए ।


कार्यक्रममा सामुदायिक रेडियो प्रशारक संघका पुर्व महासचिव गोविन्द देवकोटाले न्युज एजेन्सीको रुपमा रहेको राससले समावेशी सामग्री समाबेश गर्नुपर्ने धारणा ब्यक्त गरे ।


नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य के.सी. लामिछानेले राससले आफ्नो शुल्क घटाउने र ग्राहक बढाउनेतर्फ ध्यान दिन जरुरी रहेको बताए ।


आमसञ्चार प्राधिकरण मधेस प्रदेशका अध्यक्ष श्यामसुन्दर यादवको अध्यक्षतामा आयोजित कार्यक्रममा वीरगञ्ज महानगरपालिकाका महानगरप्रमुखका प्रेस सल्लाहकार महेश दासले पत्रकारहरुको क्षमता अभिबृद्धि गर्ने कार्यमा लगानी गर्दै आएको बताउनुहुँदै अगामी आर्थिक बर्षमा महानगरले राससको लागि केही बजेट बिनियोजन गर्ने बताए ।


सो अवसरमा राससमा कार्यरत समाचारदाता सत्यप्रसाद श्रेष्ठ, कार्यालय सहयोगी सुर्य प्रसाद बराल, पुर्वकर्मचारीहरु ईश्वरचन्द्र गौतम, हिमान्सु चौधरी, प्रभाषचन्द्र झा र वीरेन्द्र कर्णलाई सम्मान गरिएको छ ।

अभिमुखीकरण कार्यक्रममा मधेस प्रदेशका ८ वटै जिल्लाका ३० समाचारदाता तथा कर्मचारीहरुको सहभागिता छ ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

समाज

वीरगंज महानगरको आमसञ्चार समितिले पूर्णता पायो, महानगरको सूचना प्रणाली अझ सुदृढ र व्यवस्थित हुने प्रमुख सिंहको बिश्वास

वीरगंज  । वीरगंज महानगरपालिकाको आमसञ्चार प्रवर्द्धन तथा नियमन समितिले पूर्णता पाएको छ। यसअघि नै वरिष्ठ पत्रकार शत्रुघ्न नेपाल संयोजकमा नियुक्त भइसकेको समितिमा आज थप ११ जना सदस्य मनोनयन भएसँगै समितिले पूर्णता पाएको हो।

ठाकुुरराम बहुमुखी क्याम्पसको प्रमुखमा डा. यादव नियुक्त

वीरगन्ज । त्रिभूवन बिश्व बिद्यालयको आंगीक क्याम्पस मध्य तराईको प्रमुख शिक्षण संस्था ठाकुरराम बहुमुखी क्याम्पसको क्याम्पस प्रमुखमा डा. केशव यादव नियुक्त भएका छन ।

खेलकुद

गोलबजार मेयर गोल्ड कप चैत तेस्रो सातादेखि, बिजेताले ४ लाख ४४ हजार ४ सय ४४ रुपैया पुरस्कार पाउने

गोबजार ।  नवौँ संस्करणको मेयर गोल्ड कप फुटबल प्रतियोगिता चैत २३ देखि २९ गतेसम्म सञ्चालन हुने भएको छ । गोलबजार नगरपालिकाले पत्रकार सम्मेलनमार्फत प्रतियोगिताको तालिका सार्वजनिक गरेको हो ।

वीरगञ्ज प्रिमियर लिगको तेस्रो संस्करणको ट्रफि सार्वजनिक

वीरगन्ज । वीरगञ्जमा ‘टिम आदर्शनगर’ को आयोजनामा हुने वीरगञ्ज प्रिमियर लिगको तेस्रो संस्करण (बीपीएल–३) ट्रफी सार्वजनिक गरिएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.