logo

बैधानिक प्रवन्धको उल्लंघन, पर्साका पाँचवटा स्थानीय तहले ल्याउन सकेनन बजेट

 इसीमाना सम्वाददाता     २०८० असार ११ गते ०८: ३५ मा प्रकाशित     451   पटक पढिएको

वीरगन्ज । एक महानगर ३ नगरपालिका र १० गाउँपालिका रहेको पर्सा जिल्लामा ९ वटा स्थाीनीय तहले नीति तथा कार्यक्रम र बजेट पेश गरेका छन । असार १० गते भित्र बजेट प्रस्तुत गरिसक्नु पर्ने बैधानिक ब्यवस्था अनुसार स्थानीय तहले बजेट र नीति तथा कार्यक्रम पेश गरेका हुन ।

पर्सा जिल्लाका पाँचवटा स्थानीय तहहरुले नीति तथा कार्यक्रम र बजेट ल्याउन सकेको छैन । छिपहरमाई, धोविनी, विन्दवासिनी, सखुवा प्रसौनी र कालिकामाई गाउँपालिकाले बजेट ल्याएका छैनन् ।

 

छिपहरमाई गाउँपालिकाले असार १५ गते नीति तथा कार्यक्रम र बजेट एकैपटक ल्याउने तयारी गरेको गाउँपालिका अध्यक्ष मनोज गुप्ताले बताए ।

विन्दवासिनी गाउँपालिका प्रमुख प्रशासकीय अधिकृतको राजु साहको जिल्ला समन्वय समिति पर्सामा सरुवा भएपछि बजेट ल्याउन ढिलो भएको हो । विन्दवासिनीमा असार अन्तिम सातामा मात्रै प्रमुख प्रशासकीय अधिकृत आउने भएकोले साउनमा मात्रै बजेट आउने सम्भावना रहेको अध्यक्ष प्रमोद तिवारीले बताए ।

 

त्यस्तै कालिकामाई गाउँपालिकामा कार्यरत प्रमुख प्रशासकीय अधिकृत अमित गिरीको जीराभवानी गाउँपालिकामा सरुवा भएको र नयाँ प्रमुख प्रशासकीय अधिकृत नवोनाथ यादव कार्यालयमा हाजिर नहुँदा बजेट ल्याउन ढीलो भएको छ ।

दुईतिन दिनमा प्रमुख प्रशासकीय अकिृत यादव हाजिर हुने जानकारी पाएकोले त्यसपछि तुरुन्तै बजेट ल्याउने कालिकामाई गाउँपालिकाका अध्यक्ष बशिष्ट कुमारले बताए ।

धोविनी गाउँपालिकामा भने राजनीतिक रुपमा सहमतीको अभाव रहेकोले बजेट आउन समस्या भएको हो , जसपाको तर्फबाट गाउँपालिका अध्यक्षमा निर्वाचित मदन चौहान कार्यपालिका र गाउँसभामा समेत अल्पमतमा रहेकोले बजेट ल्याउन ढिला भएको हो ।

 

१३ सदस्यीय कार्यपालिकामा अध्यक्षको पक्षमा ३ जना र बाँकी विपक्षी रहेकोले सहमति कायम गरेर बजेट ल्याउने प्रयासमा रहेको चौहानले बताए । यस्तै सखुवा प्रसौनी गाउँपालिका कार्यालयले पनि बजेट ल्याउन सकेको छैन ।

बजेट विनियोजन नै नभएको र पार्टीको अधिवेशनमा रहेकोले बजेट ल्याउन नसकेको उपाध्यक्ष शर्मिला विष्ट महतोले बताइन । पर्साको ठोरी गाउँपालिकाले भने अहिले नीति तथा कार्यक्रम मात्रै प्रस्तुत गरेको छ ।

 

बजेट ल्याउन चाहिँ दुईचार दिन ढिला हुने भएको छ । प्रदेशबाट पाउने बजेटहरुमा केही समस्या भएकोले बजेट ल्याउन ढिला भएको तर, असार २० गते भित्रमा बजेट ल्याईसक्ने गाउँपालिका अध्यक्ष लालबहादुर श्रेष्ठले बताए ।


असार १० गते पेश गरिएको बजेट असार मसान्त सम्ममा छलफल गरि सम्पूर्ण रुपमा पारित गरि सक्नु पर्छ । साउन १ गते देखी चालु अर्थिक वर्षको प्रारम्भ हुन्छ । १ गते देखी हुनै कुनै पनि कामको आर्थिक भूक्तानी आर्थिक वर्ष ८० /०८१ अर्थात चालु आर्थिक वर्षको बजेटबाट मात्र गर्न पाइन्छ ।

 

दैनीक प्रशासनीक र बिकासका काम, सामाजिक सुरक्षा भत्ताको बितरण तथा कर्मचारीहरुको पारिश्रमीकको भूक्तानी समेत प्रभावित हुन्छ । स्थानीय तहरुले असार मसन्त सम्म भएप िनबजेट ल्याउने र पास गर्ने गरेका छन ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

भारतको लद्दाखमा राज्यको माग र स्वायत्तताका लागि चर्कियो आन्दोलन,४ को मृत्यु,भाजपा कार्यालयमा आगजनी

लेह ।  लद्दाखमा राज्यको माग र छैठौँ अनुसूचीमा समावेश गर्नुपर्ने आन्दोलन तीव्र बनेको छ।

प्रवासी नेपाली मंच स्लोभाकियाको अध्यक्षमा रुद्र किसन चयन

बेल्जियम । प्रवासी नेपाली मन्च स्लोभाकियाले रुद्र किसनलाई मन्चको अध्यक्ष चुनेको छ । मन्चको प्रथम अनलाइन भेलाले किसनको अध्यक्षतामा नयाँ कार्यसमिति चुनेको हो। भेलाले  ३१ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो।

समाज

पत्रकार कर्णमाथि भएको आक्रमणप्रति महासंघको गम्भीर ध्यानाकर्षण, दोषीमाथि कडा कारबाहीको माग

जनकपुरधाम । नेपाल पत्रकार महासंघ मधेश प्रदेश समितिले पत्रकार राजेश कर्णमाथि भएको शारीरिक आक्रमणप्रति गम्भीर ध्यानाकर्षण जनाउँदै घटनाको तीव्र निन्दा गरेको छ।

मधेश प्रदेश प्रहरी प्रमुख डीआईजी थपलियाको निर्देशन, अपराध नियन्त्रणमा कुनै सम्झौता हुँदैन

वीरगन्ज। मधेश प्रदेश प्रहरी प्रमुख डीआईजी गोविन्द थपलियाले मातहतका प्रहरी अधिकृतहरूलाई संगठनको अनुशासन र अपराध नियन्त्रणमा पूर्ण प्रतिबद्ध रहन कडा निर्देशन दिएका छन्।

खेलकुद

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।

वीरगंज युनाइटेडलाई टाइब्रेकरमा हराउँदै प्रतिभा युवा क्लब फाइनलमा प्रवेश

ठोरी ।स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा जारी चौथो ठोरी गोल्डकप–२०८२ अन्तर्गत हिजो सम्पन्न दोस्रो सेमिफाइनल खेलमा आयोजक प्रतिभा युवा क्लब बिजयबस्तीले वीरगंज युनाइटेडलाई रोमाञ्चक टाइब्रेकरमा पराजित गर्दै फाइनलमा स्थान सुनिश्चित गरेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.