logo

बिरोधीले भ्रम फैलाउछन जनताले एमालेको योगदान स्मरण गर्दै पहिलो पार्टी बनाउछनः एमाले सचिव भट्टराई

 इसीमाना सम्वाददाता     २०८० असार १९ गते ०५: ५९ मा प्रकाशित     420   पटक पढिएको

वीरगन्ज। नेकपा एमाले पर्साको नवौं जिल्ला अधिवेशन आउदो असोजको २२ र २३ गते हुने भएको छ । नेकपा एमालेको मंगलवार मनमोहननगर वीरगंज स्थित पार्टी कार्यालयमा भएको बैठकले अधिवेशनको मिति तय गरेको हो ।

 

नेकपा एमाले पर्साको गत वर्षको पुषमा भएको आठौ जिल्ला अधिवेशनले निर्माण गरेको जिल्ला कमिटीले पार्टी संचालनको काममा प्रभावकारी काम गर्न नसकेपछि पार्टीले पर्साको नेतृत्वमा डा. बिश्वम्भर शर्मालाई चयन गरेको थियो ।


डा. शर्माको अध्यक्षतामा र पार्टीका सचिव एवं मधेश प्रदेशका इन्चार्ज योगेश भट्टराईको प्रमुख आतिथ्यतामा भएको बैठकले जिल्ला अधिवेशनको तिथि तय गर्नुका साथै सबै कमिटी र जनसंगठनका सम्मेलनहरु समेत गर्ने निर्णय गरेको छ ।


बैठकलाई सम्बोधन गर्दै सचिव भट्टराईले पार्टीसंगै टोल टोलमा जनवर्गिय संगठनहरुको पनि कमिटी बिस्तार गर्न निर्देशन दिए । उनले आउँदो समयमा स्थानयि, प्रदेश र संघको निर्वाचनमा तल्लो कमिटीको सिफारीसलाई प्राथमिकतामा राखेर पार्टीले निर्णय गर्ने जनकारी दिए ।

 

उनले मधेश प्रदेशमा बिभिन्न माध्यमबाट नेकपा एमाले पार्टीको कार्यकार्तालाई डराउने र पार्टी प्रति भ्रम फैलाउने कार्य भएतापनि एमाले मधेश प्रदेशको सबभन्दा ठुलो पार्टी बनेको बताए ।

 

उनले भने बिरोधीहरुले भ्रम छर्दैगर्छन तर जनताले एमालेको योगदानलाई स्मरण गर्दै पहिलो पार्टी बनाउछन । उनले देश बिकाश गर्ने पार्टी नै एमाले रहेकोले एमालेलाई मजबुत बनाउन नेता कार्यकर्तालाई निर्देशन दिए ।

कार्यक्रममा नेकपा एमालेका पर्सा इन्चार्ज एवं पोलिटब्यूरो सदस्यअच्युत मैनाली, पोलिटव्युरो सदस्य पुरुषोत्तम पौडेल, लगायतकाले धारणा राखेका थिए । कार्यक्रममा एमालेका केन्द्रिय सदस्य राजकुमार गुप्ता, प्रभु हजरा, अरबिन्द सिंह ,निर्मला देवकोटा प्रदेश कमिटी सदस्य बिचारी यादव, शिव पटेल, जयप्रकाश थारु, जालीम मिया ,नराज शर्मा जिल्ला सचिव मनोज गुप्ता, ओविसीका केन्द्रिय उपाध्यक्ष अकलेश साह, नेपाल खेलकुद महासंघका केन्द्रिय सचिव शिवजी गुप्ता लगायतको उपस्थितिा रहेको थियो ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

भारतको लद्दाखमा राज्यको माग र स्वायत्तताका लागि चर्कियो आन्दोलन,४ को मृत्यु,भाजपा कार्यालयमा आगजनी

लेह ।  लद्दाखमा राज्यको माग र छैठौँ अनुसूचीमा समावेश गर्नुपर्ने आन्दोलन तीव्र बनेको छ।

प्रवासी नेपाली मंच स्लोभाकियाको अध्यक्षमा रुद्र किसन चयन

बेल्जियम । प्रवासी नेपाली मन्च स्लोभाकियाले रुद्र किसनलाई मन्चको अध्यक्ष चुनेको छ । मन्चको प्रथम अनलाइन भेलाले किसनको अध्यक्षतामा नयाँ कार्यसमिति चुनेको हो। भेलाले  ३१ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो।

समाज

पत्रकार कर्णमाथि भएको आक्रमणप्रति महासंघको गम्भीर ध्यानाकर्षण, दोषीमाथि कडा कारबाहीको माग

जनकपुरधाम । नेपाल पत्रकार महासंघ मधेश प्रदेश समितिले पत्रकार राजेश कर्णमाथि भएको शारीरिक आक्रमणप्रति गम्भीर ध्यानाकर्षण जनाउँदै घटनाको तीव्र निन्दा गरेको छ।

मधेश प्रदेश प्रहरी प्रमुख डीआईजी थपलियाको निर्देशन, अपराध नियन्त्रणमा कुनै सम्झौता हुँदैन

वीरगन्ज। मधेश प्रदेश प्रहरी प्रमुख डीआईजी गोविन्द थपलियाले मातहतका प्रहरी अधिकृतहरूलाई संगठनको अनुशासन र अपराध नियन्त्रणमा पूर्ण प्रतिबद्ध रहन कडा निर्देशन दिएका छन्।

खेलकुद

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।

वीरगंज युनाइटेडलाई टाइब्रेकरमा हराउँदै प्रतिभा युवा क्लब फाइनलमा प्रवेश

ठोरी ।स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा जारी चौथो ठोरी गोल्डकप–२०८२ अन्तर्गत हिजो सम्पन्न दोस्रो सेमिफाइनल खेलमा आयोजक प्रतिभा युवा क्लब बिजयबस्तीले वीरगंज युनाइटेडलाई रोमाञ्चक टाइब्रेकरमा पराजित गर्दै फाइनलमा स्थान सुनिश्चित गरेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.