logo

सामुदायिक विद्यालयमा अनुसन्धानमुलक शिक्षाको शुरुवात मन्त्री अन्सारीले गरे उद्घाटन

 इसीमाना सम्वाददाता     २०८० सावन १ गते ०७: ५६ मा प्रकाशित     516   पटक पढिएको

बीरगंज ।मधेश प्रदेशका उद्योग, वाणिज्य तथा पर्यटन राज्यमन्त्री रहबर अंसारीको अथक प्रयासले सामुदायिक विद्यालय हरपतगंज—२० र बहुअरी बीरगंज—१४ स्थित उम्मे कुलसुम लिलबनात (कन्या विद्यालय) विद्यालयमा अनुसन्धानमुलक शिकाई केन्द्र संचालनमा आएको छ ।

 

पर्सा जिल्लाको हरपतगंजको सामुदायिक विद्यालय तथा बहुअरीको कन्या विद्यालय (बनात) मा अनुसन्धानमुलक शिकाई केन्द स्थापना गरिएको हो ।

आधुनिक कक्षा संचालनको उदघाटन अन्सारीले गरे । उनले शिकाई केन्द्रको संचालन सानो काम भएको चर्चा गर्दा अगामी दिनमा ठुल ठुला कामहरु गरेर शिक्षामा गुणात्मक परिर्वतन ल्याइने बताए ।

मधेश प्रदेशमा पहिलो पल्ट यस्ता आधुनिक कक्षा संचालन भएको छ । आधुनिक शिक्षाको पहुचबाहिर रहेका आम जनताका सन्तानलाई आधुनिक शिक्षाको पहुचमा पुर्याउन केन्द्रले महत्वपूर्ण भूमिका खेल्ने बिश्वास गरिएको छ ।

 

केन्द्रको संचालनले सरकारी विद्यालयमा अनुसन्धानमुलक सिकाई केन्द्रको संचालनका माध्यमले गाँउघरका गरिब, जेहेन्दार विद्यार्थीहरुलाई गुणत्मक शिक्षा दिएर आत्मनिर्भर बनाउने दिशामा फ्डको मार्ने प्रयास भएको स्थानीय बुद्धिजीवीको बुझाई छ ।

 

मंत्री अन्सराीले गरिब किसानका छोराछोरी पनि आधुनिक शिक्षाको माध्यमले सबैसंग प्रतिस्पर्धा गर्न सकुन भन्ने अभिप्रायले आधुनिक प्राविधिक कक्षा संचालनमा ल्याएको स्पष्ट पारे ।

 

यसबाट विद्यार्थी र शिक्षक दुवैले परम्परागत शिक्षण विधिहरू भन्दा बाहिर गएर प्रयोगात्मक शिक्षा, गतिविधिहरू, र प्रविधि र अन्य नवीन उपकरणहरूको प्रयोगमा आफुलाई केन्द्रित गरी गुणस्तरीय शिक्षा हासिल गर्नेछन्।

मधेश प्रदेशमा थुप्र्रै नेता र विद्वानहरु रहेका छन् तर कसैले गाउँ घरका र गरिब जनताका बालबालिकाका लागि आधुनिक कक्षा संचालनमा नल्याएको दुखेसो पोख्दै मंत्री अन्सराीले भने“ मेरो कार्यकालमा जति सक्छु गाँउ तथा शहरका सरकारी विद्यालयहरुमा यस्ता खाले पुर्ण आधुनिक प्राविधिक सहितका कक्षा संचालनमा ल्याएर शैक्षिक सुधारमा सधै तत्पर रहने छु ”।


कार्यक्रममा वीरगंज महानगरपालिका वडा नं २० का वडाध्यक्ष रामकिशोर सिंह,नेपाल शिक्षक महासंघका अध्यक्ष तिर्थराज यादव लगायतको सहभागिता रहेको थियो ।

 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

समाज

सशस्त्र प्रहरी पर्सा द्वारा संचालीत विपद् स्वयंसेवक परिचालन विस्तारित  तालिम समापन

वीरगंज । सशस्त्र प्रहरी बल नेपाल १३ नम्बर हेडक्वार्टरले संचालन गरेको “विपद् स्वयंसेवक परिचालन विस्तारित तालिम ” समापन भएको छ ।

आचार संहिता पालना नगरे नागरिकमा पत्रकारिता प्रतिको विश्वास घट्ने वक्ताहरुको चेतावनी

वीरगन्ज । पत्रकारिता क्षेत्रमा कार्यरत सञ्चारकर्मीहरूले आचारसंहिताको पालना नगरेसम्म पत्रकारिताले आर्जन गरेको विश्वास र साख गुम्ने जोखिम बढ्दै गएको बताएका छन् ।

खेलकुद

वीरगञ्ज प्रिमियर लिगको तेस्रो संस्करणको ट्रफि सार्वजनिक

वीरगन्ज । वीरगञ्जमा ‘टिम आदर्शनगर’ को आयोजनामा हुने वीरगञ्ज प्रिमियर लिगको तेस्रो संस्करण (बीपीएल–३) ट्रफी सार्वजनिक गरिएको छ ।

प्रधानमन्त्री कप क्रिकेटः सुदूरपश्चिम प्रदेशलाई हराउदै मधेस प्रदेश पाँच विकेटले विजयी

वीरगञ्ज । प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत आजको खेलमा मधेस प्रदेश पाँच विकेटले विजयी भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.