logo

किसान बिरोधी सरकार बिरुद्ध राजमार्गमा किसान महासंघको चक्काजाम, क्षतीपूर्ती दिन माँग

 इसीमाना सम्वाददाता     २०८० सावन १२ गते ०२: ४२ मा प्रकाशित     565   पटक पढिएको

हरिवन। अखिल नेपाल किसान महासंघले सर्लाहीको हरिवनमा दुई घन्टा पूर्व पश्चिम राजमार्गमा चक्का जाम गरेको छ ।

 


किसानका समस्याहरुप्रति तीनै तहको सरकार उदासिन रहेकोले आफहरु सडकमा उत्रिनु परेको महासंघ मधेश प्रदेशका सह सचिव अन्जना पन्त कडरियाले बताइन ।

No description available.

सरकार किसानका समस्या हल गर्न इच्छुक देखिदैन, आन्दोलनको माध्यमले सरकारलाई किसानका समस्या हल गर्न बाध्य बनाउनु पर्ने आवश्यकता भएकोले महासंघ सडकमा उत्रिएको उनले बताइन ।


अखिल नेपाल किसान महासंघ मधेश प्रदेश कमिटीले लम्कीस्किन रोगलाई महामारी घोषणा गरि मरि पशुहरुको क्षतीपुर्ती दिन तीनै तहका सकारसंग माग गरेको छ । महासंघले मधेश प्रदेशलाई सुख्खा क्षेत्र घोषणा गरि किसानका निम्ति राहतको प्याकेज घोषण गर्न माँग गरेको छ ।

No description available.

महासंघले उखुको अनुदान रकम प्रति क्वीन्टल ७)० रुपैता तत्काल भूक्तानी गर्न माँग गरेको छ । त्यसैगरि रसायनीक मलको आफूर्ती गर्दै आएको दावी गरेको बर्तमान सरकारलाई किसान प्रति जिम्मेवार हुन आग्ह गर्दै मलको आपूर्ती गर्न झूठो बोलेर किसानको अपमान नगर्न चेतावनी समेत दिएको छ ।


महासंघले बिहिवार १२ गते १२ बजे सर्लाहीको हरिवनमा गरेको चक्काजाममा कार्यक्रममा किसान महासंघका मधेश प्रदेशका पदाधिकारी सदस्य तथा अगुवा किसान र  सर्लाहीका किसानहरुको सहभागिता रहेको महासंघका मधेश प्रदेशका सचिव उमेश गुप्ताले जानकारी दिए ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

भारतको लद्दाखमा राज्यको माग र स्वायत्तताका लागि चर्कियो आन्दोलन,४ को मृत्यु,भाजपा कार्यालयमा आगजनी

लेह ।  लद्दाखमा राज्यको माग र छैठौँ अनुसूचीमा समावेश गर्नुपर्ने आन्दोलन तीव्र बनेको छ।

प्रवासी नेपाली मंच स्लोभाकियाको अध्यक्षमा रुद्र किसन चयन

बेल्जियम । प्रवासी नेपाली मन्च स्लोभाकियाले रुद्र किसनलाई मन्चको अध्यक्ष चुनेको छ । मन्चको प्रथम अनलाइन भेलाले किसनको अध्यक्षतामा नयाँ कार्यसमिति चुनेको हो। भेलाले  ३१ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो।

समाज

पत्रकार कर्णमाथि भएको आक्रमणप्रति महासंघको गम्भीर ध्यानाकर्षण, दोषीमाथि कडा कारबाहीको माग

जनकपुरधाम । नेपाल पत्रकार महासंघ मधेश प्रदेश समितिले पत्रकार राजेश कर्णमाथि भएको शारीरिक आक्रमणप्रति गम्भीर ध्यानाकर्षण जनाउँदै घटनाको तीव्र निन्दा गरेको छ।

मधेश प्रदेश प्रहरी प्रमुख डीआईजी थपलियाको निर्देशन, अपराध नियन्त्रणमा कुनै सम्झौता हुँदैन

वीरगन्ज। मधेश प्रदेश प्रहरी प्रमुख डीआईजी गोविन्द थपलियाले मातहतका प्रहरी अधिकृतहरूलाई संगठनको अनुशासन र अपराध नियन्त्रणमा पूर्ण प्रतिबद्ध रहन कडा निर्देशन दिएका छन्।

खेलकुद

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।

वीरगंज युनाइटेडलाई टाइब्रेकरमा हराउँदै प्रतिभा युवा क्लब फाइनलमा प्रवेश

ठोरी ।स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा जारी चौथो ठोरी गोल्डकप–२०८२ अन्तर्गत हिजो सम्पन्न दोस्रो सेमिफाइनल खेलमा आयोजक प्रतिभा युवा क्लब बिजयबस्तीले वीरगंज युनाइटेडलाई रोमाञ्चक टाइब्रेकरमा पराजित गर्दै फाइनलमा स्थान सुनिश्चित गरेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.