logo

किसान बिरोधी सरकार बिरुद्ध राजमार्गमा किसान महासंघको चक्काजाम, क्षतीपूर्ती दिन माँग

 इसीमाना सम्वाददाता     २०८० सावन १२ गते ०२: ४२ मा प्रकाशित     706   पटक पढिएको

हरिवन। अखिल नेपाल किसान महासंघले सर्लाहीको हरिवनमा दुई घन्टा पूर्व पश्चिम राजमार्गमा चक्का जाम गरेको छ ।

 


किसानका समस्याहरुप्रति तीनै तहको सरकार उदासिन रहेकोले आफहरु सडकमा उत्रिनु परेको महासंघ मधेश प्रदेशका सह सचिव अन्जना पन्त कडरियाले बताइन ।

No description available.

सरकार किसानका समस्या हल गर्न इच्छुक देखिदैन, आन्दोलनको माध्यमले सरकारलाई किसानका समस्या हल गर्न बाध्य बनाउनु पर्ने आवश्यकता भएकोले महासंघ सडकमा उत्रिएको उनले बताइन ।


अखिल नेपाल किसान महासंघ मधेश प्रदेश कमिटीले लम्कीस्किन रोगलाई महामारी घोषणा गरि मरि पशुहरुको क्षतीपुर्ती दिन तीनै तहका सकारसंग माग गरेको छ । महासंघले मधेश प्रदेशलाई सुख्खा क्षेत्र घोषणा गरि किसानका निम्ति राहतको प्याकेज घोषण गर्न माँग गरेको छ ।

No description available.

महासंघले उखुको अनुदान रकम प्रति क्वीन्टल ७)० रुपैता तत्काल भूक्तानी गर्न माँग गरेको छ । त्यसैगरि रसायनीक मलको आफूर्ती गर्दै आएको दावी गरेको बर्तमान सरकारलाई किसान प्रति जिम्मेवार हुन आग्ह गर्दै मलको आपूर्ती गर्न झूठो बोलेर किसानको अपमान नगर्न चेतावनी समेत दिएको छ ।


महासंघले बिहिवार १२ गते १२ बजे सर्लाहीको हरिवनमा गरेको चक्काजाममा कार्यक्रममा किसान महासंघका मधेश प्रदेशका पदाधिकारी सदस्य तथा अगुवा किसान र  सर्लाहीका किसानहरुको सहभागिता रहेको महासंघका मधेश प्रदेशका सचिव उमेश गुप्ताले जानकारी दिए ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

मेडिकल ब्यवसायी दुर्गा प्रसाई साधारण तारेखमा रिहा

बीरगंज ।  ‘राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ महाभियानका संयोजक एवं मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई अदालतले हिरासतमुक्त गर्न आदेश दिएको छ ।

बसको ठक्करबाट जलेश्वरमा पैदल यात्री साहको मृत्यु

बर्दिवास । महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरमा आज बिहान यात्रुवाहक बसले ठक्कर दिँदा एक पैदल यात्रीको मृत्यु भएको छ ।

खेलकुद

मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता शुरु ,पूर्वमन्त्री जयसवालले गरे उद्धघाटन

सिमरा । मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता मंगलबारदेखि सिमरामा सुरु भएको छ । राष्ट्रिय स्तरको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुने खेलाडी छनोट गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो ।

नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगितामाअ आज  चात्यासा फुटबल क्लब र विराटनगर भिड्ने

गोलबजार  । सिरहाको गोलबजार नगरपालिकाद्वारा आयोजित नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो दिनको खेलमा सलहेश युवा क्लब, सिरहा विजयी भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.