logo

संकटाको बेलामा खटाएको ठाउमा गएर काम नगर्ने स्वास्थ्यकर्मी प्रहरी नियन्त्रणमा

      7/30/2020 गते 00 00 मा प्रकाशित     1146   पटक पढिएको

कोरोना भाइरसको संक्रमणलाई नियन्त्रण गर्ने प्रयासमा असहयोग गर्ने केही स्वास्थ्यकर्मीलाई प्रहरी बीरगंज महानगरपालिका कार्यालयबाट नियन्त्रणमा लिएको छ ।

 

जिल्ला संकट ब्यवस्थापन केन्द्रले कोरोना भाइरसको संक्रमण समुदाय स्तरमा परिक्षण गर्नकालागि बीरगंज महानगरपालिकासंग प्विधिक जनशक्ति माँग गरेको थियो ।

 

महानगरले ३० जना आफना कर्मचारीलाई परिक्षण तिब्र बनाउन स्वाब संकलन लगायतका काममा सहभागि हुनकालागि पठाएको थियो । काममा जान अटेर गरि बसेका त्यस्ता स्वास्थ्यकर्मीहरुलाई प्रहरीले आज कार्यालय परिसरबाट नियन्त्रणमा लिएको हो । 


नियन्त्रणमा परेका स्वास्थ्यकर्मीले भने  कोरोना महामारी नियन्त्रणको अभियानमा पूर्वाग्रही तरिकाले महानगरले खटाएको भन्दै गुनासो पोख्न बिहीबार बिहान महानगरपालिका जाँदा  एक्कासी प्रहरीले नियन्त्रणमा लिएका बताएका छन ।  

 पर्सा प्रहरी उपरीक्षक गंगा पन्तले भने जिम्मेवारी अनुसार काममा नगाएका स्वास्थ्यकर्मीचारीलाई खटाएको ठाउमा किन नगएको हो भन्ने बुझ्न जिल्ला प्रहरी कार्यालय पर्सामा झिकाएको बताउनु भयो । उहाँले २५ जना स्वास्थ्यकर्मीलाई नियन्त्रणमा लिएको बताउनु भयो  ।

जिल्ला सकंट ब्यवस्थापन समितिले जनशक्ति माँग गरे अनुरुपमा ३० जनालाई पठाइएको महानगरपालिका स्वास्थ्य महाशाखा प्रमुख अरुण महतो ले बताउनु भयो ।

 

आलोपाले खट्ने बिषय भएकोले यसमा पूर्वाग्रही हुनु पर्ने कुनै कारण नरहेको बताउदे यो कोभिड बिरुद्धको अभियानमा स्वास्थ्यकर्मीले आफनो कर्तब्य निर्वाह गर्ने बेला भएको बताउनु भयो । उहाँले सेवा र सुविधामा बारेमा पछि पनि छलफल गर्न सकिने भन्दै काममै नजानु गलत भएको बताउनु भयो ।  खटाएको काममा नजाने स्वास्थ्यकर्मीलाई महानगरले पनि कारवाही गर्ने महतोले जानकारी दिए

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

मेडिकल ब्यवसायी दुर्गा प्रसाई साधारण तारेखमा रिहा

बीरगंज ।  ‘राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ महाभियानका संयोजक एवं मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई अदालतले हिरासतमुक्त गर्न आदेश दिएको छ ।

बसको ठक्करबाट जलेश्वरमा पैदल यात्री साहको मृत्यु

बर्दिवास । महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरमा आज बिहान यात्रुवाहक बसले ठक्कर दिँदा एक पैदल यात्रीको मृत्यु भएको छ ।

खेलकुद

मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता शुरु ,पूर्वमन्त्री जयसवालले गरे उद्धघाटन

सिमरा । मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता मंगलबारदेखि सिमरामा सुरु भएको छ । राष्ट्रिय स्तरको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुने खेलाडी छनोट गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो ।

नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगितामाअ आज  चात्यासा फुटबल क्लब र विराटनगर भिड्ने

गोलबजार  । सिरहाको गोलबजार नगरपालिकाद्वारा आयोजित नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो दिनको खेलमा सलहेश युवा क्लब, सिरहा विजयी भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.