logo

एमाले पर्सा अधिवेशनको तयारीमा नेताहरुको जिम्मेवारी तोकियो

 इसीमाना सम्वाददाता     २०८० सावन १६ गते ०९: ५६ मा प्रकाशित     593   पटक पढिएको

बीरगंज । नेकपा एमाले पर्साले सचिवालय गठन गरेको छ । पार्टीले असोजमा जिल्ला अधिवेशन गर्ने निर्णय गरेको छ ।

 

यस अघि २०७८ साल पुष २७ र २८ गते वीरगंजको नगरसभागृहमा आठौ जिल्ला अधिवेशन भएको थियो । बन्दसत्रमा नेतृत्व चयन हुन नसकेपछि बन्दसत्र स्थगित भएको थियो ।

 

पछि ०७८ चैत १९ गते बन्दसत्रको हवाला दिदै जयप्रकाश थारु अध्यक्ष फरमान अन्सारी उपाध्यक्ष मनोज गुप्ता सचिव संजीव मिश्र र प्रदुम्न चौहान उपसचिव पदाधिकारी चयन गरेको थियो ।

 

त्यतीबेला १३५ सदस्यीय जिल्ला कमिटी निर्माण भएको थियो । यो कमिटीले स्थानीय तह तथा संघ र प्रदेशको चुनावमा पार्टी पंक्ति परिचालन गर्न नसकेपछि फाल्गुन ५ मा पार्टी केन्द्रले कमिटीनै बिघठन गरेको थियो ।

 

डा.बिश्वम्भर शर्मालाई संयोजक बनाएर कमिटी घोषणा गरेको थियो । ०८० बैशाख १७ र १८ गते पार्टीको जिल्ला अधिवेशन गर्ने गरि पार्टी जिल्ला बिघठन गरिएको भएतापनि अधिवेशन हुन सकेको थिएन ।

 

अहिले पार्टीले असोजमा अधिवेशन गर्ने भएको छ । अधिवेशन केन्द्रीत काम गर्न सचिवालय तोकिएको र अन्य जिम्मेवारी तय गरिएको पार्टी स्रोतले जनाएको छ ।

 

डा. शर्मा बाहेक अन्य पदाधिकारी सचिवालय सदस्यमा रहेका छन । ३१ सदस्यीय सचिवालय गठन भएको छ । बिभिन्न जनसंगठनका प्रमुखहरु तय गरिएका छन ।

 

प्रेस चौतारीको इन्चार्जमा एल.बि.शेख,खेलकुद महासंघमा शिवजी गुप्ता , मानव अधिकार एलायन्समा संजीव मिश्र पार्टी स्कूल बिभागमा अफजल अन्सारी र जनसंगठन प्रमुखमा मनोज गुप्तालाई जिम्मेवारी दिइएको छ ।

 

पर्सामा २०६२ सालमा जिल्ला अधिवेशन गरेपछि राम्रोसँग अधिवेशन हुन सकेको छैन । ०६७ सालमा एमाले पर्साको पार्टी कार्यालय र नगर सभा गृहमा गरी दुई ठाउँमा पार्टीको अधिवेशन भएको थियो । त्यसपछि ०७८ पुषमा भएको अधिवेशनले पनि पूर्ण कार्यकाल काम गर्न सकेन ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

मेडिकल ब्यवसायी दुर्गा प्रसाई साधारण तारेखमा रिहा

बीरगंज ।  ‘राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ महाभियानका संयोजक एवं मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई अदालतले हिरासतमुक्त गर्न आदेश दिएको छ ।

बसको ठक्करबाट जलेश्वरमा पैदल यात्री साहको मृत्यु

बर्दिवास । महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरमा आज बिहान यात्रुवाहक बसले ठक्कर दिँदा एक पैदल यात्रीको मृत्यु भएको छ ।

खेलकुद

मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता शुरु ,पूर्वमन्त्री जयसवालले गरे उद्धघाटन

सिमरा । मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता मंगलबारदेखि सिमरामा सुरु भएको छ । राष्ट्रिय स्तरको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुने खेलाडी छनोट गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो ।

नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगितामाअ आज  चात्यासा फुटबल क्लब र विराटनगर भिड्ने

गोलबजार  । सिरहाको गोलबजार नगरपालिकाद्वारा आयोजित नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो दिनको खेलमा सलहेश युवा क्लब, सिरहा विजयी भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.