logo

प्रेस बलियो नभए लोकतन्त्रको पनि दिगोपन हुदैनः केन्द्रीय सचिव चौहान

 इसीमाना सम्वाददाता     २०८० सावन २१ गते ०८: ३७ मा प्रकाशित     608   पटक पढिएको

कलैया । नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव दीपेन्द्र चौहानले प्रेस बलियो नभए लोकतनत्रपनि दिगो रहन नसक्ने बताएका छन ।

 

बाराको सदरमुकाम कलैयामा रहेको करणराज पार्टी पैलेसमा तराइ इन्ट«पेनर हाउस प्रा.ली. द्वारा संचालित तराइ संचार राष्ट्रिय दैनिकको बिमोचन गर्दै चौहानले यस्तो बताएका हुन ।

अहिले स्वतन्त्रत प्रेसलाइ आँकुश लगाउने काम सरकारले गरीरहेको हुदा पत्रकार र पत्रकारीता क्षेत्रलाइ कमजोर पार्ने नियतले लिइएको उद्देश गलत रहेको बताउदै सचिव चौहानले त्यस्तो नगर्न आग्रह समेत गरे ।

मुलुकमा बेतिथि बढिरहेको र भ्रष्टाचार बढिरहेको हुदा मुलुकमा आर्थिक संकटको सामना गर्नुपरेको बताउदै चौहानले सभ्य समाजको निर्माण र कानूनी राज्यको प्रत्याभूत हुने काम गर्न सम्बन्ध सबैलाइ आग्रह गरे ।

फरक प्रसङ्गमा चौहानले राज्यबाट नै गैर नागरिकलाई नागरिक बनाउने काम गरेर मुलुकमा थप अन्यौलता सृजना गर्न खोजेको घटना प्रती सजग र सचेत रहन आग्रह गरे ।

No description available.

श्रमजीवी पत्रकारहरुको सेवा सुबिधा नदिइ विभिन्न संचार माध्यमहरुले आफ्नो सञ्चारगृहबाट विभिन्न बनाइ विभिन्न आरोपहरु लगाउदै निस्कासन गर्ने काम निकै दुःखद भएको चर्चा गर्दै चौहानले त्यस्लाइ रोक्न पत्रकार महासङ्हले पहल गरीरहेको बताए ।

 

सोहि कार्यक्रमलाई सम्बोधन गर्दै बारा निर्वाचन क्षेत्र न १ का संघीय सांसद अच्युत मैनालीले बर्तमान सरकारले जनताको काम प्रभावकारी गर्न सकेको आरोप लगाए । नेता मैनालीले गणतन्तलाई कमजोर गर्न देशी बिदेशी शक्ति लागिपरेको भन्दै संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्न सबै राजनीति दलहरु एकै थलोमा पुग्नु पर्ने बताए ।

 

पत्रकारहरुलाई कुनै पार्टी बिशेषको नभइ स्वतन्त्र निस्पक्ष रुपमा समाचार सम्प्रेषण गर्न आग्रह गरे । कसैलाइ माथिगर्ने, कैसैलाइ तल पार्ने गरि समाचार सम्प्रेषण नगर्न उनले आग्रह गरे ।

 

बारा निर्वाचन क्षेत्र न १ लाई बिकासउन्मुख क्षेत्रक रुपमा बिकास गर्न आफु लागि परेको जानकारी दिए । सोही कार्यक्रमलाई सम्बोधन गर्दै नेपाल पत्रकार महासङ्हका केन्द्रीय के.सी. लामिछानेले पत्रकारहरुलाइ गाली गरेर मात्र राजनीति दलहरु उम्कने काम गर्नु गलत भएको बताए ।

 

मुलुकमा शान्ति स्थायित्व कायम राख्न एवम निरंकुश राजतन्त्रबाट मुक्त गराउनका निमित्त पत्रकारहरुले सडकमा ओर्लेर खेलेको भुमिका नबिर्सिन राजनीति दलहरुलाइ आग्रह गरे ।

 

पत्रकारीता पेशा आफैमा जोखिम र चुनौतीपुर्ण रहेतापनी सेवाको भावना लिइ रातदिन नागरिकलाई सुसूचित गर्ने काम गरिरहेको बताए । उनले राजनीतिक दल र त्यसको बलमा निर्वाचित भएका जनप्रतिनिधिहरुले गणतनत्रको प्रतिफल आधारभूत जनताको घरसम्मा पर्याउनृ पर्ने दायित्व निर्वाह नगरेको दावी गरे ।

No description available.

लामिछानेले राजनीतिक दलको अर्कमण्यताका कारण जनतामा गणतन्त्रप्रति निराशा पैदा भएको चर्चा गर्दै बलिदानीको जगमा स्थापित संघीय लोकतान्त्रिक गणतन्त्रलाई जनातको शासन ब्यवस्थाको रुपमा स्थापित गर्न दलहरु जिम्मेवार हुनु पर्ने बताए ।

तराइ इन्टपेनर हाउस प्रालीका अध्यक्ष गुरु प्रसाद गौतमको अध्यक्षमा सप्पन्न बिमोचन कार्यक्रममा जिल्ला समन्वय समितिकि उपप्रमुख चन्डिका उप्रेती सापकोटा,नेपाल पत्रकार महासंघ मधेश प्रदेशका महासचिव श्याम बन्जारा, नेपाल प्रेस युनियनका केन्द्रीय सदस्य गणेश रिजाल, मधेस प्रदेशका अध्यक्ष सत्यप्रकाश श्रेष्ठ, प्रमुख जिल्ला अधिकारी नवराज सापकोटा, बारा नागरिक समाजका अध्यक्ष उमेशलाल दास, नेपाली काङ्ग्रेसका महासमिति सदस्य लुकेस सिंह, माओवादी केन्द्रका युवा नेता मुकेश साह, जनमत पार्टी बाराका अध्यक्ष शिवनाथ पटेल, नागरिक उन्मुक्ति पार्टिका अध्यक्ष रामचन्द्र चौधरी, निजगढ नगरपालिकाका पुर्व नगरप्रमुख सुरेश कुमार खनाल, प्रेस चौतारीका अध्यक्ष दिवाकर भण्डारी, खेलकुद पत्रकार महासङ्हका अध्यक्ष सुनिल गाउले, पर्यटन पत्रकार संघका अध्यक्ष पवन यादव लगायतकाले पत्रीकाको उत्त्तोतर प्रगतीको कामना गरेका थिए ।

पत्रिकाको कार्यकारी सम्पादक सिकेन्द्र पासवानले संचालन गरेको कार्यक्रममा स्वागत मन्तव्य पत्रिकाका सह सम्पादक प्रहलाद तिमिल्सिनाले गरेका थिए ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

मेडिकल ब्यवसायी दुर्गा प्रसाई साधारण तारेखमा रिहा

बीरगंज ।  ‘राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ महाभियानका संयोजक एवं मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई अदालतले हिरासतमुक्त गर्न आदेश दिएको छ ।

बसको ठक्करबाट जलेश्वरमा पैदल यात्री साहको मृत्यु

बर्दिवास । महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरमा आज बिहान यात्रुवाहक बसले ठक्कर दिँदा एक पैदल यात्रीको मृत्यु भएको छ ।

खेलकुद

मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता शुरु ,पूर्वमन्त्री जयसवालले गरे उद्धघाटन

सिमरा । मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता मंगलबारदेखि सिमरामा सुरु भएको छ । राष्ट्रिय स्तरको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुने खेलाडी छनोट गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो ।

नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगितामाअ आज  चात्यासा फुटबल क्लब र विराटनगर भिड्ने

गोलबजार  । सिरहाको गोलबजार नगरपालिकाद्वारा आयोजित नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो दिनको खेलमा सलहेश युवा क्लब, सिरहा विजयी भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.