logo

प्रजिअ मार्फत प्रधानमंत्रीलाई एमालेले बुझायो ज्ञापन

 इसीमाना सम्वाददाता     २०८० सावन २३ गते ०४: ४२ मा प्रकाशित     492   पटक पढिएको

वीरगन्ज । नेकपा एमाले पर्साले विभिन्न माग राख्दै जिल्ला प्रशासन कार्यालय पर्सा पर्सामा मार्फत प्रधानमंत्रीलाई मंगलवार ज्ञापनपत्र बुझाएको छ । लामोसमयसम्म भएको सुक्खापनले अहिलेसम्म धान रोपाँई आधा मात्रै गर्न पाएको, सरकारले सिँचाईको उचित व्यावस्थापन नगरको भन्दै मधेसलाई सुक्खाक्षेत्र घोषणा गरी विशेष राहतको व्यावस्था गर्न माग गरेको छ ।

 

त्यस्तै अहिले मधेसमा चापाकलहरु सुक्दै गएको र पिउने पानीको हाहाकार भएको अवस्था रहेकोले पिउने पानीको उचित व्यावस्थापन गर्न तथा अघोषित लोडसेडिङले जनतालाई पर्न गरेको असुविधा प्रति पनि एमालेको ध्यानाकर्षण भएको भन्दै यसलाई शीघ्र समाधान गर्न माग गरेको छ ।

 

साथै किसानले पालेका पशु चौपायामा लम्पी स्किनका कारण गाईभैंसी मरेर नोक्सान भएकोले सरकारले लम्पी स्कित रोग विरुद्धको भ्याक्सिन चाडो भन्दा चाडो उपलब्ध गराउन तथा किसानको मरेको पशुचौपायाको क्षतिपूर्तिको व्यावस्था गर्न समेत माग गरेको छ ।

 

नेकपा एमाले पर्साका संयोजक डाक्टर विश्वम्भर शर्माको नेतृत्वमा गएको टोलीमा नेकपा एमालेका केन्द्रीय सदस्य, अरविन्द सिंह, प्रदेश सभा सदस्य बिना शर्मा वीरगन्ज महानगर सचिव सुन्दर कुर्मी, रन्जु फूयाल ,अमल यादव ,पकाहमैनपुर गाउँपालिका अध्यक्ष अकलेश साह लगायत नेता कार्यकर्ताहरुको सहभागिता रहेको थियो ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

मेडिकल ब्यवसायी दुर्गा प्रसाई साधारण तारेखमा रिहा

बीरगंज ।  ‘राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ महाभियानका संयोजक एवं मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई अदालतले हिरासतमुक्त गर्न आदेश दिएको छ ।

बसको ठक्करबाट जलेश्वरमा पैदल यात्री साहको मृत्यु

बर्दिवास । महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरमा आज बिहान यात्रुवाहक बसले ठक्कर दिँदा एक पैदल यात्रीको मृत्यु भएको छ ।

खेलकुद

मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता शुरु ,पूर्वमन्त्री जयसवालले गरे उद्धघाटन

सिमरा । मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता मंगलबारदेखि सिमरामा सुरु भएको छ । राष्ट्रिय स्तरको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुने खेलाडी छनोट गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो ।

नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगितामाअ आज  चात्यासा फुटबल क्लब र विराटनगर भिड्ने

गोलबजार  । सिरहाको गोलबजार नगरपालिकाद्वारा आयोजित नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो दिनको खेलमा सलहेश युवा क्लब, सिरहा विजयी भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.