logo

प्रेस तथा अभिब्यक्ति बिरोधी सूचनाका बिरुद्ध सप्तरीका पत्रकार आन्दोलीत, मैनवत्ती बालेर गरे बिरोध

 इसीमाना सम्वाददाता     २०८० सावन २४ गते ०८: ४७ मा प्रकाशित     630   पटक पढिएको

राजबिराज । जिल्ला प्रशासन कार्यालय, सप्तरीले कार्यालय परिसरमा अनुमती विना फोटो, भिडियो खिच्न लगाएको रोक बिरुद्ध नेपाल पत्रकार महासंघ सप्तरीले आन्दोलन शुरु गरेको छ ।

 


सप्तरीका पत्रकारले नेपाल पत्रकार महासंघ सप्तरीको अगुवाईमा प्रहरी, प्रशासनको बर्बर दमन, आक्रमण र निषेध विरुद्ध आन्दोलन शुरु गरेका हुन । नेपाल पत्रकरा महासंघ सप्तरीले बुधवार बेलुका ८ बजे भित्र जिल्ला प्रशासन कार्यालयलाई आफनो प्रेस स्वतन्त्रता बिरोधी सूचना फिर्ता लिन माँग गरेको थियो । प्रशानसले आफनो माँगको सुनवाई नगरेपछि महासंघले बिरोध स्वरुप मैनवती वालेर प्रेस स्वतन्त्रताको खोजी गरेको हो ।


जिल्ला प्रशासन कार्याल सप्तरीले मंगलबार सूचना जारी गरी पत्रकारसहित सर्वसाधारणलाई बिना अनुमति फोटो, भिडियो खिच्न रोक लगाएको हो । जिप्रकाद्वारा जारी सूचनामा अनुमति विना फोटो खिची सामाजिक संजाल, अनलाइन, पत्र–पत्रिकामा राखेको फोटो र भिडियो पाईएमा कारबाही गर्ने चेतावनी दिएको छ ।


सहायक प्रमुख जिल्ला अधिकारी लेबन काश्यप अधिकारीले जारी गरेको सूचनामा कार्यालयमा सेवा लिन आउने सेवाग्राही, पत्रकार, सर्वसाधारणले बिना अनुमति यस कार्यालय परिसरभित्रको फोटो, भिडियो खिची सामाजिक संजाल, अनलाइन, पत्र पत्रिकामा राखेको पाइएकोले कर्मचारीको ब्यक्तिगत गोपनियताको हक र कार्यालयको सुरक्षा संबेदनसिलताका कारण आदेशानुसार यो सूचना जारीगरिएको उल्लेख छ ।

आदेश विपरीत गतिविधि गरे\गराइएको पाइएमा प्रचलित कानुन बमोजिम कार्वाही हुने जारी सुचना मार्फत चेतावनी समेत दिईएको छ । सप्तरी जिल्ला प्रशासन कार्यालयको अभिब्यक्ति स्वतन्त्रता बिरोधी सूचनाको बिरुद्ध नेपाल पत्रकार महासंघ सप्तरीले कडा प्रतिक्रिया सार्वजनीक गर्दै आन्दोलनको चेतावनी दिएको छ ।

 

शाखाका अध्यक्ष श्रवणदेव र सचिव आर एन बिश्वासले संयुक्त रुपमा जारी गरेको बिज्ञप्तिमा नेपालको संविधानको प्रस्तावनामै पूर्ण प्रेस स्वतन्त्रताको ग्यारेन्टी गरिएपनि त्यसका विपरित जिल्ला प्रशासन कार्यालय सप्तरीको पछिल्लो सूचनालाई ‘शाही कालिन उर्दी’ भन्दै सूचना फिर्ता लिन माँग गरेका छन ।


प्रेस स्वतन्त्रता विरोधी कुनै पनि उर्दी आफुहरुलाई मान्य नहुने भन्दै विज्ञप्तिमा श्रावण २४ गते बुधबार राती ८ बजेसम्म त्यस्तो उर्दीपुर्ण सूचना फिर्ता नलिए आन्दोलनमा उत्रने चेतावनी दिईएको थियो ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

मेडिकल ब्यवसायी दुर्गा प्रसाई साधारण तारेखमा रिहा

बीरगंज ।  ‘राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ महाभियानका संयोजक एवं मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई अदालतले हिरासतमुक्त गर्न आदेश दिएको छ ।

बसको ठक्करबाट जलेश्वरमा पैदल यात्री साहको मृत्यु

बर्दिवास । महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरमा आज बिहान यात्रुवाहक बसले ठक्कर दिँदा एक पैदल यात्रीको मृत्यु भएको छ ।

खेलकुद

मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता शुरु ,पूर्वमन्त्री जयसवालले गरे उद्धघाटन

सिमरा । मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता मंगलबारदेखि सिमरामा सुरु भएको छ । राष्ट्रिय स्तरको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुने खेलाडी छनोट गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो ।

नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगितामाअ आज  चात्यासा फुटबल क्लब र विराटनगर भिड्ने

गोलबजार  । सिरहाको गोलबजार नगरपालिकाद्वारा आयोजित नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो दिनको खेलमा सलहेश युवा क्लब, सिरहा विजयी भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.