logo

समाजवादी मोर्चाले वीरगंज सन्देश सभा गर्ने

 इसीमाना सम्वाददाता     २०८० भदौ ५ गते ०३: ५९ मा प्रकाशित     1103   पटक पढिएको

बीरगंज । समाजवादी मोर्चा, नेपालले बीरगंजमा भदौ ८ गते प्रदेश स्तरीय सन्देश सभा तथा अन्तरकृया गर्ने निर्णय गरेको छ ।

 

मोर्चाको भदौ ४ गते सम्पन्न बैठकले सातै प्रदेशमा सन्ेश सभा गर्ने निर्णय गरेको थियो । सोही निर्णय अनुसार बीरगंजमा ८ गते सन्देशसभा गर्ने तयारी मोर्चा गरेको हो ।

 

मोर्चा सम्बद्ध पार्टीका जिल्ला तहको नेतृत्वको संयुक्त बैठकले ८ गते कार्यक्रम गर्ने तय गरेको जनता समाजवादी पार्टीका पर्सा सचिव तवरेज अहमदले जानकारी दिए ।

सोमवार समाजवादी मोर्चा, नेपाल सम्बद्ध पर्सा जिल्लामा रहेका दलहरूको सयुक्त बैठक जनता समाजवादी पार्टी नेपालका जिल्ला अध्यक्ष श्री रामनरेश प्रसाद यादवको अध्यक्षता एवम् जनता समाजवादी पार्टी नेपालको केन्द्रिय कार्यकारीणि समिति सदस्य तथा निबर्तमान मुख्यमन्त्री लालबाबू राउतको विशेष उपस्तिथिमा बैठक बसि विभिन्न निर्णयहरु गरेको सचीव अहमदले जानकारी दिए ।

 

समाजवादी मोर्चा, नेपालले गर्ने सन्देश सभा तथा अन्तरक्रिया कार्यक्रमलाई सभ्य, भब्य र सफल बनाउन आ आफ्नो पार्टीका सम्पूर्ण तह र तप्का नेताकार्यकर्ताहरुलाई कार्यक्रममा सहभागीताका लागी अहवान गर्ने निर्णय भएको हा ।

 

बैठकले कार्यक्रमलाई अझै ब्यव्स्थित बनाउन जनता समाजवादी पार्टी नेपाल पर्सा जिल्ला अध्यक्ष रामनरेश प्रसाद यादवको संयोजक्त्व्मा ७ सदस्यीय कार्यक्रम ब्यवस्थापन समिति गठन गरेको छ ।

 

सदस्यहरुमा नेकपा एसका तर्फबाट जिल्ला अध्यक्ष बालगोपाल थापा, शंकरलाल कर्ण, माओवादीका तर्फबाट रामदरश प्रसाद कुश्वाहा, सुरेन्द्र गुप्ता, जसपाका जिल्ला सचीव तबरेज अहमद लगायतका रहेका छ्न । साथै कार्यक्रमका सूचना र सन्देश प्रवाह गर्नका लागि भोलि मोर्चा सम्बद्ध पत्रकारहरुसंग बैठक बसि छलफल गर्ने समेत निर्णय भएको छ ।

 

बैठकमा माओवादी पार्टीका केन्द्रिय सदस्य एवम् जितपुर सिमरा उप महानगरपालिका नगर प्रमुख राजन पैडेल, जसपा मधेस प्रदेश उपाध्यक्ष बृजमोहन तिवारी, माओवादीका तर्फबाट रामदरश प्रसाद कुश्वाहा,नेकपा एसका तर्फबाट शंकरलाल कर्ण र बृजलाल पासवान लगायतको उपस्तिथि रहेको थियो ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

समाज

सशस्त्र प्रहरी पर्सा द्वारा संचालीत विपद् स्वयंसेवक परिचालन विस्तारित  तालिम समापन

वीरगंज । सशस्त्र प्रहरी बल नेपाल १३ नम्बर हेडक्वार्टरले संचालन गरेको “विपद् स्वयंसेवक परिचालन विस्तारित तालिम ” समापन भएको छ ।

आचार संहिता पालना नगरे नागरिकमा पत्रकारिता प्रतिको विश्वास घट्ने वक्ताहरुको चेतावनी

वीरगन्ज । पत्रकारिता क्षेत्रमा कार्यरत सञ्चारकर्मीहरूले आचारसंहिताको पालना नगरेसम्म पत्रकारिताले आर्जन गरेको विश्वास र साख गुम्ने जोखिम बढ्दै गएको बताएका छन् ।

खेलकुद

वीरगञ्ज प्रिमियर लिगको तेस्रो संस्करणको ट्रफि सार्वजनिक

वीरगन्ज । वीरगञ्जमा ‘टिम आदर्शनगर’ को आयोजनामा हुने वीरगञ्ज प्रिमियर लिगको तेस्रो संस्करण (बीपीएल–३) ट्रफी सार्वजनिक गरिएको छ ।

प्रधानमन्त्री कप क्रिकेटः सुदूरपश्चिम प्रदेशलाई हराउदै मधेस प्रदेश पाँच विकेटले विजयी

वीरगञ्ज । प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत आजको खेलमा मधेस प्रदेश पाँच विकेटले विजयी भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.