logo

सत्तागठबन्धनदलको निर्णयको प्रतिकुल हुने गरि गौर हत्याकाण्डको छानविन गर्ने गृहमंत्रीको भनाई

 इसीमाना सम्वाददाता     २०८० भदौ १० गते ०३: ०० मा प्रकाशित     761   पटक पढिएको

वीरगन्ज। गठबन्धन दलहरुको निर्णयको प्रतिकुल हुनेगरि उपप्रधान तथा गृहमन्त्री नारायणकारी श्रेष्ठले गौर हत्या काण्डका दोषीलाई कारवाही हुने बताएका छन ।

 

आइतबार वीरगन्जमा प्रेस सेन्टर नेपाल पर्साले आयोजना गरेको पत्रकार सम्मेलनमा गृहमंत्री श्रेष्ठले गौर हत्याकाण्ड प्रकरणमा सरकारले पीडितसंग गरिएको सहमति अनुसार छानबिन गरी दोषीलाई कारबाही हुने बताएका हुन ।

 

सरकारले पीडित पक्षसंग श्रावण २३ गते ५ बूँदे सहमति गरेको थियो । तर सत्तारुढ दलका शीर्ष नेताहरूको श्रावण २९ गते बसेको बैठकले गौर हत्याकाण्डको छानबिन नगर्ने निर्णय गरेको थियो। प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारुढ शीर्ष नेताहरूको बैठकले गौर हत्याकाण्डबारे छानबिन नगर्ने निर्णय गरेको हो।

 

गौर हत्याकाण्डका पीडितले १० लाख रुपैयाँका दरले राहत पाइसकेको र मृतक शहिद घोषणा हुने क्रममै रहेकाले यसलाई राजनीतिक ढंगले अगाडि बढाउने निर्णय गठबन्धनले गरेको हो।

तर सरकारले सहमतिपत्रमा तत्कालीन सरकारद्वारा सहिद घोषणा गरिएका गौर घटनाका मृतकहरूको विवरण नेपाल राजपत्रमा प्रकाशन गर्ने मृत्यु भएका तर सहिद घोषणा हुनबाट छुटेकालाई सहिद घोषणाको प्रक्रिया अगाडि बढाउने उल्लेख गरिएको छ ।

 

रौतहटको गौर स्थित राइसमिलको चौरमा २०६३ साल चैत ७ गते तत्कालीन नेकपा माओवादी र तत्कालीन मधेसी जनअधिकार फोरम बिच भएको भिडन्तमा २७ जनाको मृत्यु भएको थियो ।

 

गृहमन्त्री श्रेष्ठले गौर हत्या काण्ड प्रकरणका पीडित पक्षसंग गृहमन्त्रालयले गरेको पाँच बुँदे सहमतिबाट सरकार पछाडि नहटेकोपनि प्रष्ट पारे । श्रेष्ठले भने,‘ सरकार कानूनी शासनलाई स्थापित गर्न प्रतिबद्ध छ।

 

कुनैपनि सन्दर्भमा काुननको उल्ल्ंघन हुन दिदैनौ । गौर हत्याकाण्डका पिडित पक्षसंग भएको सहमति अनुसार त्यसमा छानबिन हुदैंछ । गृहमन्त्री श्रेष्ठले गिरीबन्धु टि स्टेट प्रकरण बारेपनि अनुसन्धान गर्न सम्बन्धित निकायलाई निर्देशन दिइसकेको जानकारीपनि गराए । अहिलेको सरकार मुख्यत सुशासन , समृद्धि र सामाजिक न्याय स्थापित गर्न केन्द्रित रहेको उनले बताए ।

 

उनले भने,‘ मुलुकमा यत्रो ठूलो राजनीतिक परिवर्तन त भयो तर आम जनताले यत्रो ठूलो राजनीतिक परिवर्तनबाट प्राप्त उपलब्धीको साँच्चिकै अनुभूती गर्न नपाएको हाम्रो निष्कर्ष छ ।

 

त्यसैले मुलुकमा सुशासन स्थापित गरी समृद्धिको यात्रा तर्फ अगाडि बढाउँदै राजनीतिक परिवर्तनका उपलब्धीको अनुभूती जनतालाई गराउने संकल्पका साथ सरकार अगाडि बढिरहेको उनले बताए ।

 

मिटरब्याजी विरुद्धको कानुन निर्माण , नक्कली भुटानी शरणार्थी प्रकरण संलग्नलाई कारबाही , ललिता निवास र सुन तस्करी प्रकरणमा चलिरहेको अुसन्धान लगायतका कामले नै सरकार सुशासनको दिशामा बढेको कुरा प्रष्ट भएको उनले बताए ।

 

धरानमा गौ हत्याको विषयलाई लिएर भइरहेको पछिल्लो घटनाक्रम बारे गृहमन्त्री श्रेष्ठले मुलुकमा धार्मिक सहिष्णुता बिथोल्ने छुट कसैलाई पनि नभएको बताए । उनले भने,‘ यस घटनामा संलग्नहरुलाई संविधान र कानुन अनुसार कारबाही हुन्छ नै ।

 

त्यसका लागि प्रकृया अगाडि बढिसकेको छ । प्रेस सेन्टर पर्साका अध्यक्ष दिपक गौतमको अध्यक्षतामा भएको पत्रकार सम्मेलनमा प्रेस सेन्टरका केन्द्रिय सदस्यद्वय निरज पिठाकोटे मगर र जगत राईका साथै नेकपा माओवादी केन्द्रका नेता कार्यकर्ताकोपनि उपस्थिती थियो ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

समाज

सशस्त्र प्रहरी पर्सा द्वारा संचालीत विपद् स्वयंसेवक परिचालन विस्तारित  तालिम समापन

वीरगंज । सशस्त्र प्रहरी बल नेपाल १३ नम्बर हेडक्वार्टरले संचालन गरेको “विपद् स्वयंसेवक परिचालन विस्तारित तालिम ” समापन भएको छ ।

आचार संहिता पालना नगरे नागरिकमा पत्रकारिता प्रतिको विश्वास घट्ने वक्ताहरुको चेतावनी

वीरगन्ज । पत्रकारिता क्षेत्रमा कार्यरत सञ्चारकर्मीहरूले आचारसंहिताको पालना नगरेसम्म पत्रकारिताले आर्जन गरेको विश्वास र साख गुम्ने जोखिम बढ्दै गएको बताएका छन् ।

खेलकुद

वीरगञ्ज प्रिमियर लिगको तेस्रो संस्करणको ट्रफि सार्वजनिक

वीरगन्ज । वीरगञ्जमा ‘टिम आदर्शनगर’ को आयोजनामा हुने वीरगञ्ज प्रिमियर लिगको तेस्रो संस्करण (बीपीएल–३) ट्रफी सार्वजनिक गरिएको छ ।

प्रधानमन्त्री कप क्रिकेटः सुदूरपश्चिम प्रदेशलाई हराउदै मधेस प्रदेश पाँच विकेटले विजयी

वीरगञ्ज । प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत आजको खेलमा मधेस प्रदेश पाँच विकेटले विजयी भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.