logo

मुस्लिम संघको नाममा नेपाली कांग्रेसमा कब्जाको राजनीतिक शुरु, गुटगत ध्रुवीकरण तिब्र हुने

 इसीमाना सम्वाददाता     २०८० भदौ १७ गते ०९: २६ मा प्रकाशित     654   पटक पढिएको

वीरगञ्ज । नेपाली कांग्रेस निकट मुस्लिम संघ पर्सामा बिवाद देखिएको छ ।गत स्थानीय तहको निर्वाचनमा कांग्रेस छोडेर एमालेमा गई चुनाव लडेर हारेका बीरगंज महानगपालिका वडा २१ परवानीपुरका हविव मियालाई संघको अध्यक्ष घोषणा गरेपछि बिवाद देखिएको हो ।

 

मियालाई अध्यक्ष अस्वीकार गर्ने भन्दै संगठनका पूर्व अध्यक्ष जाकीर हुसेनले पत्रकार सम्मेलन गरि जानकारी गराएका छन । अध्यक्ष जाकीरले १६ गते नै एक सुचना जारी गरि संगठनको अधिवेशन स्थगीत गरिएको जनाएका थिए ।

 

उनले अधिवेशनको माइन्यूट अनधिकृत ब्यक्तिले कब्जा गरेर त्यो समुहले आफूसंग पनि दूरब्यहार गरेको भन्दै अधिवेशन स्थगीतको सूचना जारी गरेका थिए ।

नेपाली कांग्रेस पर्साका कार्यवाहक सभापति रामनारायण कुर्मी, सचिव नविन सिंह, रमेश पाण्डे लगायतले रजिष्टार खोसेर मनोमानी ढंगले समिति बिस्तार गरेको उनको आरोप छ ।

 

यसअघि शनिवार हबिब मियाँको अध्यक्षतामा मुस्लिम संगठनको नयाँ कार्यसमिति चयन भएको थियो । मुस्लिम संघको संगठन निर्माणमा मुस्लिम अगुवाको सल्लाह र सहभागिता हुनु पर्ने ठाउमा पार्टीका नेताहरुको हस्तक्षेपबाट समिति निर्माण भएको भन्दै संघका नेताहरुले नै असन्तुष्टि ब्यक्त गरेका छन ।

 

आइतवार नेपाल पत्रकार महासंघ पर्साको सभा कक्षमा पत्रकार सम्मेलनको आयोजना गर्दै उक्त समूहले शनिवार गठन भएको कार्यसमिति स्वीकार्य नहुने अडान राखेको हो ।

 

मुस्लिम संघको पर्साको अधिवेशन मार्फत नेपाली कांग्रेस पर्साको राजनीतिक धु्रविकरण पनि सार्वजनीक भएको छ । संघको आन्तरिक विवादसंगै नेपाली कांग्रेसका नेताहरुको कित्ता पनि परिर्वतनको संकेत देखिएको छ ।

 

संघको उद्धघाटन सत्रमा नेपाली कांग्रेसका १ नमबर क्षेत्रका सभापति अरविन्द गुप्तालाई अतिथि आशन ग्रहणमा निषेध गरिएपछि संघ नेपाली कांग्रेसको आन्तरिक राजनीति लडाईको अखडामा रुपान्तरित भएको हो ।

 

क्षेत्र नं २ का सभापति महम्मद शाहबुदिनले निषेधको राजनीति गरेको स्रोतको भनाई छ । नेपाली कांग्रेस पर्सा भित्र संस्थापन इतरको समुहमा रहेका शाहबुदिन अव सोही समुहमा टिक्न कठिन हुने अवस्थामा पुगेको स्रोतले जनायो ।

 

सतहमा मुस्लिम संघ देखिए पनि नेपाली कांग्रेस पार्टी भित्र कसको बर्चस्व कायम हुने भन्ने पार्टी सत्ता कब्जाको रिर्हसलका रुपमा यो विावादलाई हेरिएको छ ।

 

स्थानीय तहको चुनावमा एमाले बनेर चुनाव लडेका हविव मिया संघीय चुनावमा नेपाली कांग्रेसमा फर्किएका थिए । उनीमाथि भएको कारवाही फूकुवा नभएको जाकिर हुसेन पक्षको दावी छ ।

 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

समाज

सशस्त्र प्रहरी पर्सा द्वारा संचालीत विपद् स्वयंसेवक परिचालन विस्तारित  तालिम समापन

वीरगंज । सशस्त्र प्रहरी बल नेपाल १३ नम्बर हेडक्वार्टरले संचालन गरेको “विपद् स्वयंसेवक परिचालन विस्तारित तालिम ” समापन भएको छ ।

आचार संहिता पालना नगरे नागरिकमा पत्रकारिता प्रतिको विश्वास घट्ने वक्ताहरुको चेतावनी

वीरगन्ज । पत्रकारिता क्षेत्रमा कार्यरत सञ्चारकर्मीहरूले आचारसंहिताको पालना नगरेसम्म पत्रकारिताले आर्जन गरेको विश्वास र साख गुम्ने जोखिम बढ्दै गएको बताएका छन् ।

खेलकुद

वीरगञ्ज प्रिमियर लिगको तेस्रो संस्करणको ट्रफि सार्वजनिक

वीरगन्ज । वीरगञ्जमा ‘टिम आदर्शनगर’ को आयोजनामा हुने वीरगञ्ज प्रिमियर लिगको तेस्रो संस्करण (बीपीएल–३) ट्रफी सार्वजनिक गरिएको छ ।

प्रधानमन्त्री कप क्रिकेटः सुदूरपश्चिम प्रदेशलाई हराउदै मधेस प्रदेश पाँच विकेटले विजयी

वीरगञ्ज । प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत आजको खेलमा मधेस प्रदेश पाँच विकेटले विजयी भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.