logo

जसपाको सखुवा प्रसौनी पालिका कमिटीको अध्यक्षमा जयसवाल चयन

 इसीमाना सम्वाददाता     २०८० भदौ २३ गते १०: ४५ मा प्रकाशित     1360   पटक पढिएको

बीरगंज । जनता समाजवादी पार्टी (जसपा) पर्साले संगठन सुदृढीकरणलाई तिव्रता दिएको छ । संगठन निर्माण र सुदृढीकरण अभियानअन्र्तगत शनिवार पर्साको सखुवाप्रसौनी गाउँपालिकामा ३१ सदस्यीय पालिका समिति पुर्नगठन गरिएको छ ।

 

गाउँपालिकाका पूर्व अध्यक्ष प्रदीप जैसवालको अध्यक्षतामा ३१ सदस्यीय कमिटी गठन गरिएको जसपा पर्साका सचिव तबरेज अहमदले जानकारी दिए ।

 

अहमदका अनुसार समितिमा श्रीराम पासवान, जयप्रकाश थारु, नाजिर हुसैन लगायत रहेका छन् । समिति पुर्नगठनका क्रममा जसपाका केन्द्रीय सदस्य फिरोज मन्सुरले जनता समाजवादी पार्टी परिवर्तनकारी पार्टी भएको दाबी गरे ।

 

समाजवादको उद्देश्य जसपाले मात्रै हाँसिल गर्ने बताउँदै उनले सबैलाई जसपामा संगठीत हुन आह्वान गरे । जसपा पर्साका अध्यक्ष रामनरेश यादवले संगठन निर्माण र सुदृढीकरणको विकल्प नरहेको बताए ।

 

संगठन सुदृढीकरण भएमा मात्रै पार्टीका मुद्दा स्थापित हुने यादवको विश्वास छ । अहिले जसपा पर्सा संगठन निर्माण र बिस्तारकै क्रममा रहेको बताउँदै उनले २०८४ को निर्वाचनमा फेरी पर्सालाई जसपामय बनाउने दाबी गरे ।

 

कार्यक्रममा नेपाली कांग्रेस र नेकपा एमाले परित्याग गरेर २५ जना जसपामा प्रवेश गरेको जसपा पर्साका सचिव तबरेज अहमदले जानकारी दिए । नवप्रवेशीहरुलाई कार्यक्रमका प्रमुख अतिथि जसपाका केन्द्रीय सदस्य फिरोज मन्सुुर, जसपा पर्साका अध्यक्ष रामनरेश यादव लगायतले अबिर र माला लगाएर पार्टीमा स्वागत गरेका थिए ।

 

कार्यक्रममा जसपा पर्साकी कोषाध्यक्ष एवम् सखुवाप्रसौनी गाउँपालिका उपाध्यक्ष शर्मिला बिष्ट महतो, प्रदेश सभा समन्वय समितिका क्षेत्रीय अध्यक्ष उपेन्द्र यादव, सल्लाहकार शिवनाथ साह, श्रीराम गिरी, इकाई कमिटी अध्यक्ष अशोक साह, चिरञ्जीवि महतो, सद्धाम हुसैन, रुपलाल यादव लगायतको उपस्थिति रहेको थियो ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

मेडिकल ब्यवसायी दुर्गा प्रसाई साधारण तारेखमा रिहा

बीरगंज ।  ‘राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ महाभियानका संयोजक एवं मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई अदालतले हिरासतमुक्त गर्न आदेश दिएको छ ।

बसको ठक्करबाट जलेश्वरमा पैदल यात्री साहको मृत्यु

बर्दिवास । महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरमा आज बिहान यात्रुवाहक बसले ठक्कर दिँदा एक पैदल यात्रीको मृत्यु भएको छ ।

खेलकुद

मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता शुरु ,पूर्वमन्त्री जयसवालले गरे उद्धघाटन

सिमरा । मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता मंगलबारदेखि सिमरामा सुरु भएको छ । राष्ट्रिय स्तरको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुने खेलाडी छनोट गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो ।

नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगितामाअ आज  चात्यासा फुटबल क्लब र विराटनगर भिड्ने

गोलबजार  । सिरहाको गोलबजार नगरपालिकाद्वारा आयोजित नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो दिनको खेलमा सलहेश युवा क्लब, सिरहा विजयी भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.