logo

बिपन्न परिवारको लागत संकलनमा वडाध्यक्षको अवरोध, महासंघ सचिव सहितलाई दूरब्यहार

 इसीमाना सम्वाददाता     २०८० भदौ २४ गते ११: २१ मा प्रकाशित     558   पटक पढिएको

परवानीपुर। बाराको परवानीपुर गाउँपालिका वडा नम्बर ५ का वडाध्यक्ष रामेश्वर कलवारले जनता आवास कार्यक्रम अन्र्तगतका नागरिकको लागत पूर्वाग्रहीरुपमा संकलन गरेको स्थानीयले आरोप लगाएका छन ।

सरकारले गरिब तथा विपन्नको घर बनाउन हरेक वडा कार्यालयमा आवश्यकता अनुसार फारम सङ्कलन गराइरहेको छ तर वडाध्यक्ष कलवारको हैकमवादीले सदियौँदेखि गरिबीको चपेटामा रहेका स्थानीयलाई भेदभाव गर्दै फारम भर्न दिएका छैनन । लागत संकलनमा समेत उनले पूर्वाग्रही चरित्र देखाएको स्थानीयको भनाई छ ।

अनुगमनमा आएका कर्मचारीहरूले मापदण्डमा पर्ने र आवश्यकताका आधारमा छुटेकाको फारम भर्न मिल्ने बताए पनि वडाअध्यक्ष कलवारले वडाको मेयर, उपमेयर आफै रहेको र आफूले सिफारिस गरेको बाहेक कसैको फर्म भर्न नदिने जिद्धी गरेका छन ।

 

उनले लागत संकलन पछि छानवीनका आधारमा बिपन्नको पहिचान भएर काम गर्ने प्रक्रिया भएकोले लागत संकलनमा अवरोध नगर्न आग्रह गरेका अखिल नेपाल किसान महासंघ मधेश प्रदेशका सचिव उमेश गुप्ता लगायतलाई हातपात तथा दुर्व्यवहार गरेका छन ।

निवेदन छुटेकालाई समावेश गराउन स्थानीयले गापा उपाध्यक्ष सुगान्धी देवी र उनका श्रीमान् अखिल नेपाल किसान महासंघका मधेश प्रदेशका सचिव नेता उमेश गुप्तालाई गुहारे पनि वडा अध्यक्ष कलवारले सहरी विकास कार्यालय मार्फत स्थानीयवासीको घर बनाउन खटिएका कर्मचारीहरूकै अगाडि फारम भर्न नदिई उल्टै हातपात तथा दुर्व्यवहार गरेका थिए ।

 

यस विषयमा वडा अध्यक्ष कलवारसँग बुझ्दा उनले भने, उपमेयरका श्रीमान् उमेश गुप्ताले घर बनाउन खटिएकालाई आफ्नो अनुकूल गर्न दबाब दिएकाले सामान्य विवाद भएको प्रतिक्रिया दिए ।

तर गुप्ताले भने मापदण्डमा पर्ने गरिब असहाय जोकोहीले पनि सरकारको सेवा लिन पाउन भन्ने उद्देश्यले छुटेकालाई समावेश गराउन खोज्दा आफू सहित छुटेका गरिब विपन्न स्थानीयहरूलाई हातपात तथा दुर्व्यवहार गरेको बताएका छन् ।

 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

भारतको लद्दाखमा राज्यको माग र स्वायत्तताका लागि चर्कियो आन्दोलन,४ को मृत्यु,भाजपा कार्यालयमा आगजनी

लेह ।  लद्दाखमा राज्यको माग र छैठौँ अनुसूचीमा समावेश गर्नुपर्ने आन्दोलन तीव्र बनेको छ।

प्रवासी नेपाली मंच स्लोभाकियाको अध्यक्षमा रुद्र किसन चयन

बेल्जियम । प्रवासी नेपाली मन्च स्लोभाकियाले रुद्र किसनलाई मन्चको अध्यक्ष चुनेको छ । मन्चको प्रथम अनलाइन भेलाले किसनको अध्यक्षतामा नयाँ कार्यसमिति चुनेको हो। भेलाले  ३१ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो।

समाज

पत्रकार कर्णमाथि भएको आक्रमणप्रति महासंघको गम्भीर ध्यानाकर्षण, दोषीमाथि कडा कारबाहीको माग

जनकपुरधाम । नेपाल पत्रकार महासंघ मधेश प्रदेश समितिले पत्रकार राजेश कर्णमाथि भएको शारीरिक आक्रमणप्रति गम्भीर ध्यानाकर्षण जनाउँदै घटनाको तीव्र निन्दा गरेको छ।

मधेश प्रदेश प्रहरी प्रमुख डीआईजी थपलियाको निर्देशन, अपराध नियन्त्रणमा कुनै सम्झौता हुँदैन

वीरगन्ज। मधेश प्रदेश प्रहरी प्रमुख डीआईजी गोविन्द थपलियाले मातहतका प्रहरी अधिकृतहरूलाई संगठनको अनुशासन र अपराध नियन्त्रणमा पूर्ण प्रतिबद्ध रहन कडा निर्देशन दिएका छन्।

खेलकुद

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।

वीरगंज युनाइटेडलाई टाइब्रेकरमा हराउँदै प्रतिभा युवा क्लब फाइनलमा प्रवेश

ठोरी ।स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा जारी चौथो ठोरी गोल्डकप–२०८२ अन्तर्गत हिजो सम्पन्न दोस्रो सेमिफाइनल खेलमा आयोजक प्रतिभा युवा क्लब बिजयबस्तीले वीरगंज युनाइटेडलाई रोमाञ्चक टाइब्रेकरमा पराजित गर्दै फाइनलमा स्थान सुनिश्चित गरेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.